2026 August 24/ 09:25: 08pm

    बनेपा/लायन्स क्लव अफ काभ्रे र नेपाल हार्ट फाउण्डेशन, बनेपाको संयुक्त प्रयास एवं लायन्स क्लब अन्तराष्ट्रिय फाउण्डेशनको उदार सहयोग मार्फत संचालन गर्ने गरी बनेपामा मुटु परिक्षणका लागि सहजता प्रदान गर्न अत्याधुनिक मेशिन ल्याईएको छ । मेशिन हस्तान्तरण तथा शुभारम्भ र हार्ट क्लिनिकको समुद्घाटन लायन्स क्लव अन्तराष्ट्रिय अध्यक्ष लायन ब्रायन ई शिहानले गर्नु भयो । 
    लायन्स क्लव अफ काभ्रे बनेपाका अध्यक्ष पदमसुन्दर श्रेष्ठले मेशिन र उपकरणका बारेमा पत्रकार सम्मेलनको आयोजना गरी उपकरण र संचालनका बारेमा जानकारी गराउनु भएको थियो । उक्त मेशिनसँगै इको, ईसीजी, अल्ट्रा साउण्ड, टीएमटी लगायतका उपकरणहरु छन् । काभ्रे शाखाका संस्थापक अध्यक्ष तथा हार्ट क्लिनिक प्रोजेक्ट अध्यक्ष रामराजा धौभडेलले मेशिनको आवश्यता, त्यसको प्रयोग र निरन्तरताको ब्यवस्थापनका लागि कार्य भईरहेको बताउनु भयो । बनेपाबाट राजधानी जानु पर्ने र राजधानी पुग्दा पनि सहजै एकै दिनमा मुटुको परिक्षण गर्न कठिन भएको परिस्थितिबाट बनेपामा नियमित मुटुको परिक्षण विशेषज्ञ चिकित्सकहरुबाटै गराउने उद्देश्यले लायन्समा आबद्ध तथा गैह् लायन्स सदस्यहरुको सहयोगबाट १ करोड ४८ लाख मुल्य बराबरका उपकरण प्राप्त गरेको संस्थापक अध्यक्ष धौभडेलले बताउनु भयो । लायन्स क्लव अफ काभ्रे बनेपाको आफ्नै भवन भएकाले थप खर्च नहुने अध्यक्ष श्रेष्ठले बताउनु भयो । 
    लायन्स क्लवले स्वास्थ्य शिविरहरु, विपद्मा सहयोग तथा ब्यक्ति र समुदायलाई हित हुने कार्य गर्दै आएको छ । काभ्रेको बनेपामा ४५ वर्ष अघि सामाजिक कार्यका लागि स्थापित भएको उक्त संस्थाले थुप्रै कार्यहरु गरेको छ । लायन्स वर्ष २०२२÷०२३ का लागि ५३ जना पदाधिकारीहरु कृयाशिल छन् । ३१ जना अध्यक्षहरुले आफ्नो कार्यकालमा विभिन्न कार्यहरु गरिसकेका छन् । अन्तराष्ट्रिय अध्यक्ष ब्रायन ई शिहाानलाई धुलिखेलको होराईजन होटलमा स्वागत सहितको आतिथ्यता गराईएको थियो । उपकरण खरिदका लागि ९४ जनाले ५० हजार भन्दा धेरै आर्थिक सहयोग उपलब्ध गराएका थिए । लायन रामराजा धौभडेलले नेपालको सन्दर्भमा लायन्स क्लव काभ्रे बनेपाका पदचापहरु विषय प्रस्तुती सार्वजनिक गर्नु भएको थियो । २०३४ साल चैत्र १७ गते बनेपा शाखाले चार्टर प्राप्त गरी कार्य प्रारम्भ गरेको उहाँले बताउनु भयो । १९ जना संस्थापकहरुले २०५३ सालमा आफ्नै भवन निर्माण गर्ने योजना अनुरुप बनेपा १ हालको वडा नम्वर ५ घोकेचौरमा भवन निर्माणका लागि रामराजा धौभडेलको संयोजकत्वमा १० सदस्यीय समिति गठन भएको थियो । श्रीमती चुन्तीमाया चाकुबजीले निशुल्क जग्गा प्रूदान गरी महेन्द्रलाल श्रेष्ठ र विजेन्द्र लाल श्रेष्ठले बाँकी जग्गाको भुक्तानी गर्नु भएको थियो । भवन निर्माण गर्न विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको संस्थापक धौभडेलले बताउनु भयो । हाल उक्त भवन र जग्गाको २ करोड भन्दा धेरै मुल्य पर्दछ । 
    अन्र्तराष्ट्रिय अध्यक्ष ब्रायन ई शिहानलाई स्थानीय विभिन्न संघ सस्थाका ब्यक्तिहरुले स्वागत गर्नु भएको थियो । सोहि अवसरमा लायन्स क्लवले नमोबुद्ध नगरपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।