2026 August 24/ 07:06: 25pm

धुलिखेल/जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा शुक्रबार धुलिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । पूर्व बागमती प्रदेश प्रमुख अनुराधा कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरिष्ठ कलाकार मनोज गजुरले लगायतले लैङ्गिक हिंसा विरुद्ध जनचेतनामुलक सन्देश उपलब्ध गराईएको थियो । 
    समन्वय समिति प्रमुख दिपक गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा १३ वटा पालिकाबाट एक एक जना महिला, प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डे लगायतलाई सम्मान गरिएको थियो । जिल्लाबाट निर्वाचित सांसदहरु, प्रमुख उपप्रमुख लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिल्लाका विभिन्न क्षेत्रबाट नागरिकहरुको उत्साहपूर्ण सहभागिता रहेको कार्यक्रममा लैङ्गिक हिंसा विरुद्ध घोषणापत्र जारी गरिएको थियो । कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालय, १३ वटै स्थानीय तह, १ सय ३५ वटै वडा र जिल्लामा भएका सबै संघ संस्थाहरुको प्रतिनिधित्व रहेको समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जानकारी दिनु भयो । लैङ्गिक हिसां न्यूनिकरणका लागि सामुहिक प्रतिबद्धता सहित जनचेतना अभिबृद्धि गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको समन्वय प्रमुख गौतमले जानकारी दिनुभयो । 
    कार्यक्रमको पुर्व सन्ध्यामा धुलिखेल बसपार्कबाट धुलिखेल रङ्गशालासम्म ब्यानर तथा प्लेकार्ड सहितको ¥याली र धुलिखेल रङ्गशालामा सास्कृतिक प्रस्तुति गरिएको थियो । कार्यक्रममा विभिन्न भेषभुषा र झाँकी, प्ले कार्ड तथा ब्यानर सहितको ¥याली आयोजना गरिएको थियो । महिला उद्यमिहरुद्वारा उत्पादित सामाग्रिहरुको स्टल, कानूनी सहायता डेस्क, महिला हिंसा बिरुद्धको चेतनामूलक सास्कृतिक कार्यक्रम तथा प्रहसन गरिएको थियो । मनोज गजुरेल, पशुपति शर्मा, अस्मिता अधिकारी, सुप्रिम मल्ल, आयुशा गौतम लगायत स्थानीय कलाकारहरुको समेत सहभागिता रहेको थियो । सन् १९८१ मा ल्याटिन अमेरिकाको डोमिनिकल गणराज्यबाट शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानले अन्तराष्ट्रिय स्तरमा तीन दशक पार गरिसकेको छ भने नेपालमा सन् १९९७ देखि सञ्चालन हुदै आएको छ । नेपालमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान यो वर्षमा मसिंर ९ गते देखि शुरु भएको हो । सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा बिरुद्धको अभियान भन्ने मुल नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो ।