वासडोल / वासडोल सामुदायीक बहुदेश्यीय सहकारी संस्था लिमिटेडको १६ औ वार्षिक साधारण सभा बाट सुरेन्द्र महतको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।
समितीको उपाध्यक्ष राजन थापा सचिब रामकृष्ण कुवंर कोषाध्यक्ष कल्पना कुवंर सदस्यहरुमा श्याम बहादुर भुजेल, लक्ष्मी खड्का, गोकुल बहादुर कुवंर, प्रलाद सत्याल, उद्धब वाग्ले, आशिष शर्मा वाग्ले, हरी खड्का, पुजा हमाल र शान्ता थापा निर्वाचित हुनु भएको छ । त्यसै गरी लेखा तथा सुपरिबेक्षण समितीको संयोजक कञ्चन भुजेल, सदस्यमा गीता दाहाल र राम विक्रम खड्का निर्विरोध निर्वाचित हुनु भएको छ । सस्थाको १६ औ वार्षिक साधारण सभाको उद्घाटन बनेपा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष रामबहादुर कुवंरले गर्नु भएको थियो । कुवंरले वडामा रहेको सहकारीले सदस्यहितका लागी काम गर्न सुझाब दिनु भयो । बहुदेश्यीय नाम मात्र नभई सोहि अनुसारको सामुहकि लगानी गरी सदस्य मुखी बन्नु पर्ने कुवरले वताउनु भयो । बचत तथा ऋणको मात्र कारोबार नगरी रोजगार मुलक सामुहिक लगानी तर्फ जानु पर्ने र वडाले गर्नु पर्ने सहजीकरणका लागी तयार रहेको बताउनु भयो । सदस्यहरुलाई विभिन्न किसिमका सिपमुलक तालिम, कृषिमा लगानी, ब्यपार ब्यबसाय तर्फ लगानी गर्न सुझाब दिनु भयो । वडा बाट हुने सम्पुर्ण सहयोग र सहजीकरण गर्न तयार रहेको बताउदै कुवंरले स्थानिय सरकार र सहकारी समन्वय गर्दे अगाडी बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी महेन्द्रज्योती बास्डोल उप शाखाका सभापती तथा संस्थाका प्रमुख सल्लाहकार मुकुन्द शर्मा, वडा सदस्यहरु, विभिन्न सघं सस्थाका प्रतिनिधी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संसथाको आर्थिक बर्ष २०७८÷०७९को वार्षिक प्रतिबेदन रामकृष्ण कुवंरले आर्थिक प्रतिबेदन कोषाध्यक्ष हरीरशण विष्ट र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक उद्धब वाग्लेले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं १ करोड ७८ लाख ४३ हजार, कुल निक्षेप १३ करोड ५३ लाख २९ हजार, ऋण लगानी १४ करोड ८५ लाख १३ हजार रहेको जनाएको छ । संस्थाले सदस्यहरुका लागी विभिन्न कार्यक्रमहरु गर्दे आएको संस्थाका अध्यक्ष वकिल नाथ शर्माले वताउनु भयो । वार्षिक कार्यायोजनाका साथ सस्था अगाडी बढेको वताउदै शर्माले सदस्य अभिमुखीकरण तालिम, शिक्षा शिबिर, अध्ययन अबलोकन भ्रमण, सुत्केरी भेटघाट, रासनायीक मल खरिद विक्रि, वित्तिय साक्षरता लगाएतका विभिन्न सामाजिक कार्यहरु गर्दे आएको शर्माले वताउनु भयो । कार्यक्रममा ७० वर्ष भन्दा माथिका जेष्ठ सदस्यहरुलाई सम्मान, उत्कृष्ट शेयर सदस्य, ऋणी, बचत कर्ता र कर्मचारीलाई सम्मान गरिएको ब्यबस्थापक अनन्त प्रसाद तिमल्सिनाले जानकारी दिनु भयो । कार्यक्रम संस्थाका अध्यक्ष वकिलनाथ शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।
सम्बृद्धि साकोसमा पुनः साधुराम दाहाल
बनेपा÷ सम्बृद्धि बचत तथा ऋण सहकारीको चौथो अधिबेशन तथा १४ औ वार्षिक साधारण सभाबाट साधुराम दाहालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।
समितीको उपाध्यक्षमा रेवती प्रसाद दाहाल, सचिब पुष्पराज कोईराला कोषाध्यक्ष गणेश प्रसाद दाहाल सदस्यहरुमा विष्णु प्रसाद दाहाल, ईच्छाराम दाहाल, अन्जु कोईराला, समिता थापा, रेशम बहादुर महत रहनु भएको छ भने लेखा तथा सुपरिबेक्षण समितीको संयोजकमा श्याम कुमार दाहाल, सदस्यहरु उत्तर कुमार अधिकारी र रामचन्द्र कोईराला निर्वाचित हुनु भएको छ । संस्थाको आर्थिक वर्ष २०७८÷०७९को वार्षिक प्रतिबेदन सचिब पुष्पराज कोईराला आर्थिक प्रतिबेदन कोषाध्यक्ष रेवती प्रसाद दाहालले र लेखा तथा सुपरिवेक्षण समितीको प्रतिबेदन संयोजक श्याम कुमार दाहालले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजीं २ करोड ८१ लाख ३७ हजार, निक्षेप संकलन १३ करोड ९ लाख ५२ हजार, ऋण लगानी १३ करोड ५९ लाख ४१ हजार, कुल नाफा ८१ लाख १२ हजार रहेको जनाएको छ । कार्यक्रमको उद्घाटन बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीले गर्नु भएको थियो । अधिकारीले सहकारीहरुमा पारिवारीक रुपमा सञ्चालन भएका मात्रै समस्यामा आएका र सहकारीको निति ऐन अनुसार सञ्चालन भएका सहकारीहरुमा समस्या नआएको बताउनु भयो । सम्बृद्धि सहकारीले यस्तो आर्थिक सकंटमा समेत नाफामा गएकाले यस सहकारी प्रति सदस्यहरुको पुर्ण विश्वास रहेको वताउनु भयो । सहकारीहरुले पनि सहकारीको निति र ऐन अनुसार सदस्यमुखी सञ्चालन गर्न अनुरोध गर्नु भएको थियो । समस्या आउनु अघि नै सचेत रहन सञ्चालकलाई आग्रह गर्दे सदस्यहरु समेत चनाखो रहनु पर्ने अधिकारीले बताउनु भयो । कार्यक्रममा जिल्ला बचत सघंका अध्यक्ष जितेन्द्र नकर्मि, प्रेस सेन्टर वागमती प्रदेशका अध्यक्ष यदुनाथ देउपुरे, चेष्टा साप्ताहिकका सह सम्पादक लक्षमण तिमल्सिना लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा जेष्ठ सदस्य, एस ई ई उतिर्ण बाल सदस्य, उत्कृष्ट ऋणी, बचत कर्ता लगाएतलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष विष्णु प्रसाद दाहालले गर्नु भएको थियो भने सञ्चालन सचिब पुष्पराज कोईरालाले गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व अधयक्ष साधुराम दाहालले गर्नु भएको थियो ।
उमंग साकोसको छैठौ साधारण सभा सम्पन्न
बनेपा÷उमगं बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ वार्षिक साधारण सभा सस्थाका अध्यक्ष उमेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभामा सस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्य गर्दे आएको अध्यक्ष श्रेष्ठले वताउनु भयो । संसथाको वार्षिक प्रतिबेदन, आर्थिक प्रतिबेदन सभामा प्रस्तुत गरिएको थियो ।









