2026 August 24/ 07:06: 40pm

    बनेपा/बनेपा निश्ट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले गठन गरेको सामाजिक क्लव बनेपा निष्टले सामाजिक उत्तरदायित्व अन्र्तगत क्याम्पस, शिक्षक तथा विद्यार्थीहरुको सहयोगमा मानव कल्याण समाज काभ्रेमा सहयोग उपलब्ध गराएका छन् । कक्षा १२ अध्ययन गर्ने विद्यार्थीहरुको समुहले क्याम्पसमा अध्ययन गर्ने सबै विद्यार्थीहरुको सहभागितामा सहयोग संकलन गरेका थिए । 
    ‘सामाजिक कृयाकलाप अन्र्तगत केहि नयाँ कार्य गर्ने योजनाका साथ मानव कल्याण समाजमा रहेका सडक मानवहरुको उद्दार कार्यमा सहजता अपनाउन सहयोग जुटाउने निर्णय ग¥यौं’–क्लवका डाईरेक्टर समर्पण तिमल्सिनाले भन्नुभयो–‘शुरुमा एक जना विद्यार्थी मार्फत एउटा आलुृ र एउटा प्याज संकलन गर्ने योजना बनायौं र सफल पनि भयौं ।’ क्लव मास्टर शारदा खनालले विद्यार्थीहरुको अगुवाईलाई सबैलाई सहयोग पु¥याएको बताउनु भयो । विद्यार्थीहरुले नगद समेत संकलन गरी मानव कल्याण समाजमा रहेका सडक मानवहरुका लागि दुई बोरा चामल, मासको दाल ५ केजी, मुसुरोको दाल ५ केजी, जिरा १ केजी, धनियाँ, विस्कुट, केराउ, मेथी, नुन, मकै समेत गरी करिव १० हजार रुपैया बराबरको सामाग्री हस्तान्तरण गरेका छन् भने संकलित आलु र प्याज पनि सोहि केन्द्रमा हस्तान्तरण गरिएको थियो । सेवा घरका आमाबुबाहरुलाई खाद्यान्न, कपडा  र तरकारी सहयोग गरेकोमा सेवा घरका तर्फबाट धन्यवाद ब्यक्त गरिएको थियो । 
    मानव कल्याण समाज (सेवा घर) धुलिखेल शाखाको सेवाबाट प्रभावित भई सेवा घरका आमाबुवाहरुको लागि बनेपा–९, नयाँबस्ति स्थित निश्ट कलेजका शिक्षक रजिब श्रेष्ठ, शिक्षिका शारदा खनाल,  विद्यार्थीहरु समर्पण तिमिल्सिना, रोजन बञ्जारा, रेस्मा महत, रोजीता खत्री, अनुष्का राजभण्डारी, अर्जुन अधिकारी, निर्जला श्रेष्ठ, एरिका हमाल ठकुरी, प्रभुराम खड्का, एल्जिन देवान, दिपक खड्का लगायतको सहभागिता थियो ।