2026 August 24/ 04:03: 59pm

बनेपा/२०३१ सालमा बनेपाको बहिटोलबाट चोरी भई २०३५ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेला परेको शाक्यमुनी भगवान बुद्धको मूर्ति छाउनीस्थित राष्ट्रिय संग्रालयबाट बनेपामा हिजो ल्याईएको छ । 
नगर प्रमुख शान्ति रत्न शाक्यले स्थानिय सरकारको संरक्षणमा रहने गरी बनेपामा ल्याईएको बताउनु भयो । लामो समय पश्चात बनेपा नगरपालिकाको संरक्षणमा रहने गरी उक्त मूर्ति पुरानै ठाउँमा राखिएको हो । राष्ट्रिय संग्रालयबाट मुर्तिलाई बाजा गाजा सहित बनेपामा ल्याई बनेपा नगर परिक्रमा गराईएको थियो । उक्त कार्यक्रममा नगर प्रमुख शान्ति रत्न शाक्य, उप–प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत शिब प्रसाद हुमागाई, वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, ९ का वडा अध्यक्ष नृपेश बादे ८ नम्बरका वडा सचिब रत्न श्रेष्ठ, लगाएतको सहभागिता रहेको थियो । ¥यालीमा बनेपामा बौद्ध धर्मालम्बीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।