2026 August 24/ 04:04: 14pm

बिष्णु घिमिरे, साउदी 
बैदेशिक रोजगारीको शिलसिलामा साउदी अरेबिया पुगेका झापा ३ का लक्ष्मी प्रसाद न्यौपाने डिप्रेसनका कारण स्वदेश फिर्ता भएका छन ।
साउदीको हाईपर पाण्डा कम्पनीको लागि जनरल लेवरको रुपमा  ५ डिसेम्बर २०२१ का दिन नेपालमा रहेको लक्की एच आर  सोलुसन प्रालिबाट साउदी पुगेका न्यौपाने काम गर्ने शिलशिलामा पारिवारिक समस्याका कारण डिप्रेसनमा पुगेका थिए  । विना सुचना ८ अक्टोबरबाट सम्पर्क विहिन रहेका न्यौपानेको खोजीमा नेपाली दूतावास तथा साउदीमा रहेका विभिन्न व्यक्ति तथा संस्थाहरूले खोजी अभियान जारी गरि १८ अक्टोबर  २०२२ का दिन सम्पर्कमा ल्याई पुनः कम्पनीलाई जिम्मेवारी लगाएका थिए । डिप्रेसनमा रहेका न्यौपानेको स्वास्थ्य, खाद्यान्न तथा आर्थिक सेवाका लागि कम्पनीमा कार्यरत नेपाली, झापाली समाज, लालिगुराँस रेष्टुरेन्ट तथा अन्य व्यक्तिले सहयोग गरेका थिए । विगत ११ महिना देखि डिप्रेसनका कारण बिमार रहेका न्यौपानेको स्वास्थ्य अवस्थामा सुधार लगत्तै नेपाली दूतावासले सम्बन्धित कम्पनीसँग समन्वय गरि स्वदेश फिर्ताका लागि कार्यरत कम्पनीले हवाई टिकटको व्यवस्था गरेको थियो ।
स्वदेश फिर्ताका लागि न्यौपानेको लागि झापाली समाजले आवश्यक  खर्च, लत्ताकपडा सहयोग गरेको थियो भने हिमालयन टुर एण्ड ट्राभल्सले साउदी देखि नेपाल घरसम्मको लागि यातायात खर्चको व्यवस्था गरेको थियो । उनी  १४ नोभेम्बरको २०२२ का दिन कतार एयरवेजबाट स्वदेश फिर्ता भएका छन् । १ बर्ष पहिला नेपाल स्थित प्रतिज्ञा ओभरसिसबाट साउदी जेद्दा स्थित एसिसी कम्पनीमा आएका महोत्तरीका ११ जना नेपाली कामदारलाई कम्पनीले आवश्यक इकामा कार्ड र अन्य सुविधाबाट बञ्चीत गराई अलपत्र पारेको अवस्थामा गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिती अल कासिम र नेपाली दूतावास रियादको सहयोगमा ११ जनलाई बहिर्गमन भिषा उपलब्ध गराई ६ जनालाई हवाई टिकट व्यवस्था गरि स्वदेश फिर्ता पठाईएको छ भने बाँकी ५जना स्वदेश फिर्ता हुने क्रम जारी छ भने  नेपाली राजदूतावास रियादले साउदीमा कार्यरत नेपाली कामदारको मध्यनजर गर्दै आगामी डिसेम्बर २ तारिख शुक्रबारका दिन दुतावासबाट १ हजार किलोमिटर टाढा पर्ने साउदी अरेबियाको अलजोफ–सकाकामा  स्थलगत राहदानी शिविर सञ्चालन गरी ई–पासपोर्टका लागि आवेदन लिई सहयोग गर्ने भएको छ ।