2026 August 24/ 10:11: 39pm

    काभ्रेबाट २८ वर्ष अघि प्रकाशन आरम्भ गरेको चेष्टा पत्रिका २९ वर्ष प्रवेश गरेको छ । प्रजातन्त्र प्राप्ती पछि जिल्लामा पहिलो पत्रिका रुपमा चेष्टा दर्ता भएको थियो । जिल्ला प्रशासन कार्यालय काभ्रेको रेकर्डमा २०५०÷२०५१ दर्ता नम्वर १ रहेको चेष्टा दर्तामा मात्रै नभई पाठकको मनमा पनि एक नम्वरमा रहन सफल भएका छ । 
    एक सय भन्दा धेरै पत्रिका प्रकाशनका लागि दर्ता भएका छन् । कोहि प्रकाशन आरम्भ भएर पनि पटक पटक बन्द भएका छन् । कोहि घिटिघिटी अवस्थामा छन् । बदलिँदो परिवेश, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संकट, विपद, सूचना प्रविधिका कारण जिल्लाबाट प्रकाशन भएका कयन पत्रिकाहरुका माझमा चेष्टाले अब्बलता कायम राखेको छ । तत्कालिन समयमा मासिक हुँदै २०५६ कार्तिक ११ गतेबाट साप्ताहिक रुपमा प्रकाशन भएको पत्रिका निरन्तर प्रकाशन भईरहेको छ । माओवादी शशस्त्र द्वन्द्व, राजाको सक्रिय शासनकाल, २०६२÷०६३ सालको जनआन्दोलन, संविधान सभा निर्वाचन र संविधान निर्माणमा खेलेको भूमिका, २०७२ सालको भुकम्प, विश्व ब्यापी फैलिएको कोरोना भाईरस, डेँगु तथा समय समयमा हुने विपद र नागरिकहरुका आवाजका लागि निरन्तर चेष्टाले वकालत गरिरहेको छ । पत्रिका मासिकबाट साप्ताहिक हुँदै पब्लिकेशनका रुपमा संचालित छ । पत्रिकाको नेतृत्व र सम्पादनको जिम्मेवारी अशोक ब्याञ्जुले गरिरहनु भएको छ । पत्रिकालाई यो स्थानसम्म ल्याउन विभिन्न भूमिका निर्वाह गर्नु हुने सम्पूर्णमा पत्रिकाको तर्फबाट आभार ब्यक्त गरिएको छ ।