निर्वाचन आयोगले उम्मेदवारहरुका बारेमा जनमत गर्न नपाउने विज्ञप्ती जारी गर्नु केहि दिन अघि काभ्रेमा ‘रुटिन अफ काभ्रे बन्द’ भन्ने नामक सामाजिक सञ्जालले काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवारहरु गोकुल बास्कोटा, शिवप्रसाद हुमागाई, मनोज पण्डित, दिनेश हुमागाई बीच मत सर्भेक्षण गराएको थियो । उम्मेदवारसँग कसैलाई मत नदिने भन्नेहरुलाई अप्सन राखिएको थियो । गठबन्धनका चार दलले नेपाली काँग्रेसका शिवप्रसाद हुमागाईले १७ प्रतिशत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार पूर्व मन्त्री गोकुल बास्कोटाले ४० प्रतिशत मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार मनोज पण्डितले ४ प्रतिशत र स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ७ प्रतिशत प्राप्त गरेका छन् । कसैलाई भोट नदिनेको प्रतिशत ३० रहेको छ । मतदानमा ३ हजार ५ सय जनाले भाग लिएका थिए ।
एमालेका गोकुल बास्कोटालाई हराउन भएको गठबन्धन भित्रका अनेक सकस देखिन थालेका छन् । नेकपा समाजबादीका अध्यक्ष समेत रहेका बागमती प्रदेशका कृषि मन्त्री बसुन्धरा हुमागाईको उम्मेदवारी फिर्ता लिन अनेक नौटकी भए । उम्मेदवारी फिर्ता लिने समय सकिएको ५ मिनेट पनि निर्वाचन आयोग पुगेका मन्त्री हुमागाई, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा लगायतले पार्टीको निर्णय भएकाले ढिला भए पनि उम्मेदवारी फिर्ता लिईदिन अनुरोध गरेका थिए । मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले मन्त्री भएकैले ५ मिनेट ढिला भए पनि उम्मेदवारी फिर्ता लिने निर्णय गरेका थिए । तर उम्मेदवारी फिर्तामा आनाकानी गरेको भन्दै सत्ता निकट गठबन्धनका जिल्ला नेता एवंम उम्मेदवार समेत रहेका ब्यक्तिले भट्टराईलाई टेलिफोनमै हकारेका थिए । मलाई चिन्या छस् ? काभ्रे थाहा छ ? भट्टराई भन्दै थिए नरिसाई कुरा गर्नुुुुुस न हजुर । उनले सुन्दै सुनेनन् । एकोहोरो झपारे पछि भट्टराईले फोन काटिदिए । उनले हपारेका बेला जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशी, अनुसन्धानका एसपी नगेन्द्र दाहाल र केहि पत्रकार सामुन्ने थिए । फोनमा बाहिरै कुरा सुनिए पछि भट्टराईले धम्कि आईरहेको फोन पनि काटिदिए । मान्छेको पनि नाम पनि लिएनन र भने पत्रकारहरु हजुरहरु एकछिन बाहिर गई दिनुस न है ।
यता बास्कोटाले भेलाहरुमा आरोप लगाईरहने गठबन्धनका नेताहरुलाई उम्मेदवारी खारेज किन नगरेको ? भनेर च्यालेन्ज गरेका छन् । ‘मैले संसद्मा हुँदा काँग्रेसका एक जना सांसद्ले त्यस्तै आरोप लगाईरहे । संसदको लेखा समितिले, महालेखा परिक्षकको कार्यालयले समेत उक्त घटनामा कुनै लेनदेन नभएको प्रतिवेदन बुझाएको छ । महालेखा परिक्षकको प्रतिवेदन २०७८÷२०७९ को पेज नम्वर ५०२ र ५२१ पेजमा उक्त कुरा उल्लेख छ । अनि सत्तामा भएका बेला अख्तियार, अदालतबाट मलाई दोषि करार गरेको भए हुने नि ? आरोप मात्रै लगाउने ? कांग्रेसका ति सांसदले पटक पटक आरोप मात्रै लगाए पछि मुकुन्द न्यौपानेले नछेकेको भए म कुट्ने योजनामा थिएँ । मेरो कुटाई खाने डरले ति सांसद ३ दिन संसद नै आएनछन् । मैले संसदको लबीमा समेत खोजें उनि भागिसकेछन् ।’ जिल्लामा गठबन्धनको मसला गोकुल विरुद्ध केहि छैन । मत सर्भेक्षण र मतदाताको घर दैलोमा पनि गोकुल विकासको बादशाह भएकाले उनलाई जिताउने भनेकाले आत्तिदै त्यहि अडियो प्रकरणको कुरा गर्न थालेका छन् । पूर्व मन्त्री बास्कोटाले आफुलाई मतदातालाई अन्याय नगरेको, यसअघिको निर्वाचनमा ब्यक्त गरेका प्रतिवद्धता अधिकांश पुरा गरेको, आफु माथी लागेको आरोप जाँच गराउन मन्त्रीबाट आफै राजिनामा दिएको बताउँँदै आएका छन् । देश र जनता भन्दा माथी आफु नभएकाले मतदाताले काभ्रेको विकास र समृद्धीको अभियानमा एमालेको भूमिका हेरेर मत दिन बास्कोटाले आग्रह गरिरहेका छन् ।









