प्रतिनिधि सभा उम्मेदवार शिवप्रसाद हुमागाईले संचारकर्मीहरुले उठाएका कयन प्रश्नको जवाफ आफूसँग नभएको बताए । गठबन्धनका आ–आफ्नै घोषणापत्रहरु आउने भएकाले त्यहि अनुसार बुझिदिन उनले अनुरोध गरे । २०४६ साल पछि आफु काँग्रेसको नेतृत्वमा सक्रिय भएकाले जिल्लाको विकास निर्माण र टोल बस्तीका समस्या सबै जानकारी भएको हुमागाईको भनाई थियो । २०५६ मा सांसद् हुँदा शुरु गरेका कयन योजनाहरु कार्यान्वयन गर्ने, अहिले शुरु भएका थुप्रै योजनाहरु पुरा गर्ने उनको प्रतिबद्धता थियो । सडक, खानेपानी तथा पर्यटन लगायतका क्षेत्रमा स्थानीय तहसँग समन्वय गरेर काम गर्ने हुमागाईले बताए । जग्गाको राजश्व घटाउने बताएका हुमागाईले जेठ महिना देखि नागरिकहरुले जग्गा खरिद विक्री गर्न नपाएको विषयमा भने चासो दिएनन् । रासायनिक मलको अभाव, डेँगी नियन्त्रण तथा नागरिकहरुका तमाम समस्यामा गठबन्धन नेतृत्वको सरकार मुकदर्शक भएको विषयमा मौन बसे । बरु उनले गठबन्धन दलमा रहेका अन्य दलहरु काँग्रेसको पाहुना भएको बताए । ‘गठबन्धनमा रहेका अन्य दल काँग्रेका पाहुना हुन्’–हुमागाईले भने । हुमागाईले जिल्लाको निर्वाचन समितिसँग विश्वस्त हुन नसकेको बताए । एलर्ट मात्रै होईन हाईएलर्ट भएको हुमागाईले बताए ।
प्रदेश सभा उम्मेदवार रत्न ढकालले मुलुक नेकपा माओवादीको एजेण्डामा हिडिरहेको बताए । तत्कालीन माओवादीबाट उम्मेदवार भई नेकपा हुँदै पुनः माओवादी केन्द्रमा रहेर काम गरिरहँदा जिल्लाको विकासका लागि आफ्नो तर्फबाट कमी नगरेको ढकालको भनाई थियो । उनले आफुले त्यतिखेर बनाएका योजना र सपना हावादारी रहेको महसुस भएको बताए । विकासका त्यस्ता सपना देखाउन नहुने रहेछ पछि महसुस भयो । मुलुक त्यसरी चल्न सक्दैन । सपना देखाएर मुलुक चल्न सक्दैन उनले भने । प्रदेश सभा उम्मेदवार तीर्थ लामाले गठबन्धनको औचित्य सहित गठबन्धनका तर्फबाट उम्मेदवार भएका ब्यक्तिहरुलाई निसंकोच मतदान गर्न अनुरोध गरे । नेकपा समाजवादीका उम्मेदवार लक्ष्मण लम्सालले आफुले गरेको विकासलाई आफुले गरेको भन्न नपाएको गुनासो गरे । उनले सडक, पुल जस्ता योजना निर्माणमा सांसदको भूमिका नहुने बताए । यस्ता कार्य हामी सांसदले गर्ने होईन । यस अघि हुमागाईले विकास निर्माण गरेको बताएका थिए । उनैलाई जवाफ दिदै लम्सालले विकास निर्माणमा सांसदको भूमिका नहुने बताएका थिए । तर पनि आफुले केहि केहि योजनामा रकम विनियोजन गरेको बताए ।









