पनौती/सिद्धार्थ बनस्थली ईन्ष्टिच्युट मल्पीका संस्थापक स्व.लक्ष्मण राजवंशीको प्रतिमा अनावरण गरिएको छ ।
काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले उक्त प्रतिमाको अनावरण गर्नु भएको थियो । प्रमुख अतिथी डा. थापाले स्व. लक्ष्मण राजवंशीले काठमाडौ भ्याली भित्र मात्र नभई ग्रामीण भेगसम्म गुणस्तरीय शिक्षा प्रदान गर्न योगदान दिनु भएको बताउनु भयो । काठमाडौंमा २०३० सालमा विद्यालयको स्थापना गरी भ्याली बाहिर काभ्रेको पनौती मल्पीमा २०४४ सालमा स्थापना गरी गुणस्तरीय शिक्षा प्रदान गरेको बताउनु भयो । विद्यालयले समयको परिबर्तन सँगै अब अझै अब्बल र गुणस्तर शिक्षा प्रदान गर्नुपर्ने डा. थापाले बताउनु भयो । विश्वविद्यालयमा गुणस्तर निकाल्न जग बलियो हुनुपर्ने जग बलियो नभई घरको छानो राम्रो भएर नहुने थापाको भनाई रहेको थियो । विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीहरुको शिक्षा गुणस्तरको हुनु पर्ने डा. थापाले बताउनु भयो । कार्यक्रममा विद्यालयका प्रमुख गुठियार क्याप्टेन रामेश्वर थापाले उहाँले स्थापना गर्नु भएको विद्यालयको अझै विस्तार गर्दे लैजाने र राजवंशीले शिक्षा क्षेत्रमा देख्नु भएको सपना पुरा हुने बताउनु भयो । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष केशब थापाले स्व. लक्ष्मण राजवंशीको संक्षिप्त परिचय रख्नु भएको थियो । स्व. राजवंशी नेपालका गुणस्तरीय शिक्षा अभियान्ता, विभिन्न विद्याका साहित्यिक कृतिका सर्जक, उपकुलपति नेपाल भाषा एकेडेमी, संविधान सभा सदस्य, सिद्धार्थ बनस्थली इीन्ष्टच्यु, सिद्धार्थ बनस्थली क्याम्पस, सिद्धार्थ बनसथली स्कुल अफ मेनेजमेन्ट, बालाजु र सिद्धार्थ बनस्थल ईन्ष्टिच्युट मल्पीका संस्थापक बरिष्ठ शिक्षाविद् भएको बताउनु भयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल नारायण निरौलाले विद्यालयले २०५५ सालबाट एसएलसी दिदै आएको र हाल सम्म १ हजार भन्दा बढी विद्यार्थीहरु पास आउट भई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका विभिन्न संघ संस्था र निकायमा रहनु भएको बताउनु भयो । २ सय २४ जनाबाट पनौतीको मल्पीमा भाडामा शुरु गरिएको विद्यालय अहिले आफ्नै भवनबाट सञ्चालन गरी १२ कक्षासम्म सञ्चालन भैईरहेको जनाएको छ । कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, सिद्धार्थ बनस्थली ईन्टिच्युट बालाजुका प्रिन्सिपल रुपक राजवंशी, तेजगंगा बहुमुखी क्याम्पसका सस्थापक क्याम्पस प्रमुख डा. अम्भु भवानी कार्की, पनौती उद्योग बाणिज्य सघंका अध्यक्ष भोला थापालगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रिन्सिपल रेश्मा थापाले राख्नु भएको थियो भने सभापतित्व ब्यबस्थापन समिति अध्यक्ष केशब थापाले राख्नु भएको थियो ।









