दलित एक, महिला दुई
मसिंर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लाबाट ६७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । दर्ता गरेका मध्ये प्रतिनिधि सभा १ मा तेमाल घर भएका १ का ३२ बर्षिय पूर्णबहादुर विश्वकर्माले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । उनि जिल्लाका एक मात्र दलित समुदायका उम्मेदवार हुन् । त्यसमध्ये प्रतिनिधि सभा १ मा एक काठमाडौ १० बुद्धनगर घर भएकी ५६ बर्षिया रुकमणी श्रेष्ठले उम्मेदवारी दर्ता गरेकी छिन् । प्रतिनिधि सभातर्फ उनि एक मात्र महिला उम्मेदवार हुन् । त्यस्तै प्रतिनिधि सभा २ को प्रदेश सभा ‘ख’ मा मुना तामाङले नेमकिपाका तर्फबाट उम्मेदवारी दिएकी छिन् । जिल्लामा दुई मात्रै महिला उम्मेदवार छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमालेको तर्फबाट पूर्व राज्य मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामाले मनोनयन दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता पूर्व राज्यमन्त्री सुर्यमान दोङको मनोनयन दर्ता भएको छ । प्रदेश सभा तर्फ ‘क’ मा एमालेका दिलिप तामाङ र ‘ख’ मा एमालेका चन्द्र लामाको मनोनयन दर्ता भएको छ । चन्द्र यसअघि पनि सोहि प्रदेशबाट विजयी भई मन्त्री समेत भईसकेका छन् । गठबन्धनको तर्फबाट माओवादीका रत्न ढकाल ‘क’ प्रदेश र ‘ख’ प्रदेशमा नेपाली काँग्रेसका जिल्ला सभापति तिर्थ लामाको मनोनयन दर्ता भएको छ । प्रतिनिधि सभामा कमलबहादुर लामा मंगोल नेशनल, गणेशकुमार कपाली नेकपा माले, गोविन्दराज गिरी राप्रपा नेपाल, जीतबहादुर मोक्तान, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनका जोगमान लामा, जनता समाजवादी पार्टीका धनबहादुर तामाङ, स्वतन्त्रका निमा बल तामाङ, राप्रपाका पूर्णबहादुर विश्वकर्मा, नेमकिपाका पुर्ण सिं तामाङ, लोकतान्त्रिक समाजवादीका प्रकाश लामा, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका प्रशान्त केसी तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ, स्वतन्त्रतर्फ माधवप्रसाद कँडेल, राजन घोरसाईने, रुकमणी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर तामाङ रहेका छन् ।
सोहि प्रतिनिधि सभाको ‘क’ मा नेकपा मालेका ङेमा लामा, मंगोल नेशनल अर्गनाईजेशन चन्द्रमान लामा, स्वतन्त्र ठुले तामाङ, नेकपा एमालेका दिलिप भनिने दिलबहादुर तामाङ, राप्रपाका नन्दलाल श्रेष्ठ, नेमकिपाका प्रज्ञान अस्तानी मगर, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनका विजबहादुर लामा थिङ, जनता समाजवादी पार्टीका मानबहादुर तामाङको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै प्रदेश सभा ‘ख’ मा नेमकिपाका कृष्णबहादुर तामाङ, मंगोल नेशनल अर्गनाईजेशनका जनकबहादुर तामाङ, नेपाली काँग्रेसका तिर्थबहादुर लामा, स्वतन्त्र दुर्गाबहादुर घर्ति, नेपालका लागि नेपाली पार्टीका नरमान लोप्चन, स्वतन्त्र विशेश्वर बञ्जारा, जनता समाजबादी पार्टी नेपालका बुद्धबहादुर लामा र राप्रपाका सहदेव भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।
प्रतिनिधि सभा २ मा मंगोलनेशनल अर्गनाईजेशनका अचम्म लामा, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनका उत्तरमकुमार लामा, स्वतन्त्र कृष्ण खत्री, नेमकिपाका कृष्णकुमार बैद्य, नेपाल नौलो जनवादी पार्टीका गंगालाल श्रेष्ठ, नेकपा एमालेका गोकुल बास्कोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाई, स्वतन्त्र बोधनाथ न्यौपाने, मनोज पण्डित, राप्रपाका यसु आले मगर, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजबादीका योकबहादुर घिसिङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विजय तामाङ, नेपाली काँग्रेसका शिवप्रसाद हुमागाई, स्वतन्त्र शेषराज लामिछाने, जनता सामाजवादी नेपालका सिद्धिबहादुर जोशी र स्वतन्त्र स्वयम्भुराज शाक्य लगायत छन् ।
प्रदेश सभा ‘क’ मा एमालेका कुमारप्रसाद खकुरेल, नेमकिपाका सुर्यलाल तामाङ, हाम्रो नेपाल पार्टीका ताराबहादुर कुँवर, मंगोल नेशनल पार्टीका मुस्कान लामा, एकिृत समाजवादीका लक्ष्मण लम्साल र राप्रपाका रञ्जिव श्रेष्ठ रहेका छन् । प्रदेश ‘ख’ मा एमालेका कुमार थापा, नेमकिपाका मुना तामाङ, मंगोल नेशनल पार्टीका सुकमान तामाङ, नेपाली काँग्रेसका कञ्चनचन्द्र बादे, नेकपा मालेका दानबहादुर थापा, जसपाका विरबहादुर तामाङ, नेकपा समाजबादीका बसुन्धरा हुमागाई र राप्रपाका रामकृष्ण लामा तामाङले उम्मेदवारी दिएका छन् ।









