2026 August 24/ 12:10: 08pm

धुलिखेल/पतंजली योग समिति काभ्रेको आयोजना र धुलिखेल नगरको संयोजनमा धुलिखेल नगरका  वडा नं. १ देखि १२ सम्म प्रत्येक दिन  वडामा दैनिक रुपमा योग शिविर सञ्चालन भैईरहेको छ । 
योग शिबिर गत  भाद्र २० गते वडा नं. १ मा आयोजित योग शिविरको सोही वडाका वडा अध्यक्ष सन्त बहादुर तामाङ्ग, भाद्र २१ गते वडा नं. २ को योग विज्ञान शिविरको कार्यपालिका सदस्य सिता पराजुली, नगर सभा सदस्य सूर्य प्रसाद ढुङ्गानाले संयुक्त रुपमा र भाद्र २२ गते वडा नं. ३ को योग विज्ञान शिविरको सोही वडाको वडा अध्यक्ष गणेश आचार्यले उद्घाटन गर्नुभएको थियो  । 
    योग विज्ञान शिविरहरुमा योगजागरण बारे पतंजली योग समिति बाग्मती प्रदेशका प्रमुख गु्रविन तौजलेले दैनिक योग अभ्यास र आहार विहारमा ध्यान दिन सके पारिवारिक स्वस्थता सुदृढ भई समाजमानै सकारात्मक सन्देश जाने भएको हुनाले प्रत्येक नागरिकले योग अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । पतंजली योग समिति धुलिखेल नगरका संयोजक विष्णू शर्माले स्वागत मन्तव्य तथा सभापतित्वको आसन गर्नुभएको थियो भने पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठ, गोल्मादेखि विद्यालयका प्रधानाध्यापक, धुलिखेल न.पा. का पूर्व उप प्रमुख विमला शर्मा, दयाराम महत, पतंजली योग समिति बाग्मती प्रदेश सदस्य सरिता शाक्य, स्वामी अमृत देव लगायबाट शुभकामना दिनुभएको कार्यक्रमको संचालन पतंजली योग समिति धुलिखेलका महामन्त्री पुष्पलाल श्रेष्ठले गर्नुभएको थियो । यसैविच धुलिखेल नगरपालिका वडा नं. ३ मा यथाशिघ्र चाँडो योग भवन निमार्ण गरिने धुलिखेल नगर कार्यपालिकाका सदस्य सिता पराजुलीले बताउनुभयो ।