2026 August 23/ 07:17: 19am

    बनेपा/बनेपा निष्टमा अध्ययनरत विद्यार्थी नेपालभरका विद्यालयबाट उत्कृष्ट भएका छन् । कक्षा १२ को विज्ञान विपषयमा देशभरका विद्यालयबाट बनेपा निष्ट कलेजमा अध्ययनरत विद्यार्थी उत्कृष्ट भएका हुन् । 
    ‘विज्ञान विषयमा बनेपा निष्टमा अध्ययनरत विद्यार्थी रजित दाहाल नेपाल टप भएका छन्’–कलेज प्रमुख दिपक भट्टले भन्नुभयो –‘विद्यालयको शैक्षिक वातावरण, गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य र विद्यार्थीको मेहनतले निष्ट कलेजमा अध्ययनरत विद्यार्थी उत्कृष्ट भएका हुन् ।’ उनले ३.९६ जिपिए ल्याएका छन् । त्यस्तै सोहि विद्यालयका रविन्द्र श्रेष्ठले ३.९० जिपिए ल्याएका छन् भने ब्यवस्थापन तर्फ सिम्रन धितालले ३.८६ प्रतिशत ल्याई उत्कृष्ट भएकी छिन् ।