2026 August 23/ 07:18: 02am

    धुलिखेल/निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले मतदाता नामावलीमा दावि विरोधका लागि उपलब्ध गराएको समयमा स्थानीय तहहरुले आफ्नो पालिकामा मतदाता रहेर निधन भएका १ हजार २ सय ८९ जनाको सूची पठाएका छन् । आयोगले मृत्यु भएका मतदाताहरुको नामावली हटाउदै थप नामावलीहरु अद्यावधिक गरिरहेको छ । 
    त्यस्तै आयोगले दोहोरो नाम परेका १ हजार ३ सय ४ जनाको नाम हटाएको छ । अन्तिम नामावली प्रकाशन अघि आयोगले ३ सय ७० जनाको दोहोरो नाम हटाएको थियो । आयोगले अन्य जिल्लामा फोटो खिचाएका मतदाताहरुको नामावली अद्यावधिक गरिररहेको छ । अन्तिम नामावली केहि दिनमा प्रकाशन गरेको आयोगले उपलब्ध गराएको समय मित्र त्रुटी भएको नामावली सच्याउन ३२ जनाले आबेदन दिएका छन् । मतदाता नामावली उपर कसैको पनि दावि विरोधको उजुरी परेन । यस अघि आयोगले ३ लाख १३ हजार १ सय ७७ जनाको मतदाता सूचीमा नामावली रहेको सार्वजनिक गरेको छ ।