2026 August 24/ 09:40: 13am

– मर्यो रेबिजले, उजुरी विषको
– ‘कुकुर’ लिएर विद्यालय
– भिमसेनको ‘बोको’
– सिनो खाँदा १९ परिवारका ५१ जना प्रभावित

मोतीराम तिमल्सिना
भुम्लु

    जिल्लाको भुम्लु गाउँपालिकामा रेबिजको आतंक पछि श्रोतको खोजी गर्दै रोकथामको प्रयास गरिएको छ । ५० वटा भन्दा पशु चौपायाँको निधन पछि सन्त्रासमा रहेको गाउँ ‘सिनो’ ले थप संकटमा पारेको छ । 
    ‘स्वास्थ्यका हिसाबले मरेको पशुको मासु खान हुँदैन’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले भन्नुभयो–‘कुन रोगले पुशपंक्षी म¥यो ? कारण पत्ता नलगाई मासु सेवन गर्दा त्यसमा भएको रोग ब्यक्तिमा फैलने सम्भावना छ ।’ भुम्लुको सापिङको कात्तिकेमा हर्कजित तामाङले मरेको भैंसी ४ हजारमा विक्री गरेका थिए । विक्री भएको भैंसीको मासु १९ परिवारका ५१ जनाले खाएको पुष्टि भएको छ भने थपको खोजी भईरहेको छ । केहि खुल्न सकेका छैनन् । सिनो खाने चलन पुरानै हो । चेतना नहुँदा, मासुको उपयोग कम भएको समयमा पशुपंक्षी मरेको अवस्थामा काटेर खाने चलन थियो । हरेक घरमा स्वस्थ पशुपंक्षी उपलब्ध हुने अवस्थामा पनि थोरै पैसामा धेरै मासु पाउने प्रलोभनमा सापिङको कात्तिकेमा मरेको भंैसी काटेर खाँदा स्थानीयहरु त्रसित भएका हुन् । स्थानीय शिक्षक शंकर उप्रेतीले चेतना अभावले भन्दा पनि लोभका कारण मरेको भैंसीको मासु प्रयोग भएको हुनसक्ने बताउनु भयो । 
    स्वास्थ्य कार्यालय काभ्रे, पालिकाको स्वास्थ्य शाखा, पशु स्वास्थ्य शाखाले रोकथामको प्रयास गरे पनि नियन्त्रण बाहिर गएको छ । ‘भुम्लु गाउँपालिकाको वडा नम्वर १ सापिङको कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से, खोलमबारीमा एक महिनाको बीचमा ५० भन्दा धेरै पशु चौपायाँ मरिसकेका छन्’–स्थानीय दावा लामाले भन्नुभयो–‘मरेको भंैसीको मासु खाए पछि गाउँ त्रसित छ । भैंसीको मासु खानेहरु खुल्न नसक्दा गाउँमा थप सन्त्रास फैलिएको छ ।’ सापिङको कात्तिकेबाट किनेर भुम्लुबेशी पु¥याईएको राँगो पनि रेबिजकै कारण मरे पछि वडा नम्वर १, ७ र ८ रेबिजको संक्रमित क्षेत्र भएको छ । स्वास्थ्य शाखा प्रमुख सुदर्शन भट्टराईले भंैसीको मासु खाने मध्येका १९ परिवारका ५१ जना सहित २ सय ८९ जनालाई रेबिज विरुद्धको खोप लगाईएको छ । भाद्र १६ गते भुम्लुबेशीमा मरेको राँगोमा रेबिज पुष्टि भए पछि थप त्रास फैलिएको हो । 
    सापिङ्ग कात्तिकेका दावा लामाका अनुसार पछिल्लो एक महिनामा हर्कजित तामाङको एउटा भैंसी, भक्तबहादुर लामाको एउटा भैंसी र शान्ति लामाको एउटा भंैसी मरेको छ । स्वंय दावा लामाको घरको कुकुर र राँगोलाई रेबिज लागेको बहुला कुकुरले टोक्यो । तत्कालै रेबिज विरुद्धको खोप लगाएकाले केहि भएको छैन । दुईवटा कुकुर कात्तिकेमा मरेका छन् । जफरबहादुर तामाङ र कृष्णबहादुर बम्जनका कुकुर मरेका छन् । गाई, भैंसी, बाख्रा पनि मरेका छन् । स्थानीय रामचन्द्र गिरीका अनुसार आरनगाउँ, भारति गाउँ, गैराटोलमा रेबिजबाट धेरै पशुपंक्षी मरेका छन् । सविन गिरीको एउटा गाई मरेको छ भने हरि गिरीको पनि एउटा गाई मरेको छ । खुसल आरन गिरीको पनि गाई मरेको छ । गाउँभरी कुकुरले पशुपंक्षी टोक्ने, पशुलाई राखेको पानीमा ¥याल चुहाउने गरेको स्थानीयले देखेका थिए । भारतिगाउँ र आरनगाउँका स्थानीयहरुले कुकुरलाई नियन्त्रणमा लिएर मारेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईले पशुहरुको शंकास्पद मृत्यु हुन थालेपछि परिक्षणसँगै रोकथाम शुरु गरिएको बताउनु भयो । ‘रेबिजको पहिचान, परिक्षण र रोकथाम शुरु गरिएको छ’–डा. सेढाईले भन्नुभयो–‘भुम्लुमा रेबिजको आतंक फैलिएको छ, समयमै जनचेतनाका साथ नियन्त्रणका लागि सबै पक्ष सक्रिय हुनु आवश्यक छ ।’ 
    आरनगाउँमा सिता गिरीको भैंसी म¥यो । बाख्रा पनि मरे । कुकुरले बाख्रालाई पनि टोकेको थियो । सिताको परिवार नेपाली सेनामा छ । छिमेकी मिनाकुमारी आरन गिरीको परिवारले विष राखेर खुवाएकोले भैंसी मरेको आरोप लगाउँदै आएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गर्ने बेला सिताले पानी ढलोका कारण असर परेको बताउनु भएको थियो । तर छलफलमा भैंसीलाई विष राखेर मारेको आरोप लगाएकी थिईन् । मरेर गाडेको भैंसीको सिनो निकालेर परिक्षण गरेपछि रेबिजका कारण मरेको पुष्टि भएको थियो । सिताको छिमेकी नमकुमारी गिरीका चारवटा बाख्रा मरेका छन् । एउटा घाईते छ । अर्काे पनि बिरामी छ । शुरुमा तौल कम हुँदै जाने, खोक्ने, सिंगान बगाउने, ¥याल काढ्ने र केहि दिन पछि मर्ने । एउटा बोको भिमसेनलाई सम्झेकाले घिटिघिटी छ । धेरै बाख्रा मर्न थाले पछि बोको जन्मने वितिक्कै नमकुमारीले भिमसेनको बोको भनेर नाम राखिदिएकी थिईन् । नमकुमारीको एउटा बाख्रा चितुवाले पनि खाएको छ । भारती टोलकी भक्ति गिरीको गाई मरेको छ । गोमा आरनका ३ वटा पाठा मरेका छन् । भैंसीले मरेकै पाडो पायो । भैंसी सुत्केरी भएको लामो तीन दिन (आईतबारसम्म) दुध दिएको छैन । घाँसपात खाएको छैन । सापिङका अधिकांश स्थानमा पशुपंक्षी मर्न थालेका छन् । जोडिएको भुम्लुबेशीमा पनि मर्न शुरु गरेका छन् । भुम्लुबेशीका चन्द्रबहादुर तामाङले सापिङबाट खरिद गरेको राँगोमा रेबिज पुष्टी भयो । स्थानीय भन्छन् गाउँ नै सखाप हुन लाग्यो स्थानीय सरकारले समयमै ध्यान दिन आवश्यक छ । 
    रेबिजको हल्ला फैलिए सँगै स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईको टोलीले भुम्लु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुर्दशन भट्टराई, भुम्लु आधारभुत अस्पतालका मेडिकल अधिकृत डा. विपुल शर्मा, भुम्लु आधारभुत अस्पतालमा कार्यरत अनमी प्रमिला बराल, प्रकाश मावि, भुम्लुटारकी विद्यालय नर्स दिलकुमारी बोहोरा लगायतको टिम बनाएर खोप अभियान संचालन ग¥यो । पशु स्वास्थ्य शाखा भुम्लुटारका प्रमुख विजय थापाको टिमले पशुहरुमा खोप दिने अभियान शुरु गरे । तर पनि स्थानीयहरुको घर घरमा पुगेर तथ्यांक लिने काम अझै भएको छैन । भैंसीको मासु खाने परिवारको टे«सिङ बाहेक अन्य काम हुन नसकेको स्थानीयले बताएका छन् । शनिबार पनि उक्त टोली सापिङका विभिन्न बस्तिमा पुगेर रेबिजको अवस्था र पशुहरुमा देखिएको संक्रमणका बारेमा अनुगमन गरेको थियो । पशु स्वास्थ्य शाखामा रेबिजबाट मर्ने पशुहरुको रेकर्ड ६ वटा मात्रै छ । 
घटना कसरी बाहिरियो ? 
    प्रकाश उच्च माविका सहायक प्रधानाध्यापक नारायणराज उप्रेति, विद्यालय नर्स दिलकुमारी बोहोरा लगायत खाजा खाईरहेको स्थानमा भुम्लु गाउँपालिका १ सापिङ कात्तिकेका हर्कजित तामाङले आफ््नो भैंसी बारीको मकै खाएर मरेको, मरेको भैंसी विक्री गरी मासु पठाएको, स्थानीयहरुले रेबिज हो कि ? भन्ने आशंकाले आफुलाई खोप लगाउन भने पछि पाँचखाल पुगेर रेबिज विरुद्धको दोश्रो पटकको खोप लगाएर आएको बताएका थिए । सोहि स्थानमा काटिएको भैंसीको मासु भुम्लुबेशी, हबेली, टार, बोक्से लगायतका स्थानीयहरुले पनि लगेको सुचनाले शिक्षक र नर्स दुबै झस्किए । तत्कालै विद्यालयमा आएर बालबालिकाहरुलाई सोध्दा कोहि बोल्न मानेनन् । 
    विद्यालय नर्स दिलकुमारी बोहोराले बालबालिकाहरुले भन्न नचाहे पछि रेबिजको असर र त्यसको कारणका बारेमा बताउनु भयो । त्यस लगत्तै ७ जना बालबालिकाहरुले उक्त भैंसीको मासु खाएको बताए । रेबिज विरुद्धको खोप लगाउने बेला १० जना पुगे । मरेको भैंसीको मासु खाएको भनेर बेईज्जत हुने डरले बालबािलकाहरु र अभिभावक खुल्न चाहेका छैनन् । पाकेको मासु खाँदा रेबिज सर्दैन तर मासु ल्याउँदा, मासु पकाउँदा अर्थात काचो मासु खाने चलन भएकाले मरेको भैंसीमा रेबिज रहेछ भने भाईरस सर्ने सम्भावना हुन्छ । विद्यालय नर्स र प्रधानाध्यापकले विद्यालयमा छलफल पछि गाउँपालिकाको स्वास्थ्य शाखा, पशु स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय काभ्रेमा जानकारी गराउनु भयो । साउन ३० गते पहिलो डोज खोप लगाईएको छ । भाद्र १६ गते पुनः भुम्लुबेशीमा चन्द्रबहादुर तामाङको राँगो मरेपछि रेबिज पुष्टि भएको छ । त्यसपछि कात्तिकेबाट मासु ल्याएर खाएका भुम्लुबेशीका स्थानीयहरु त्रसित भएका हुन् । खोप लगाउन सचेतना गराउँदा पनि केहि ब्यक्ति अझै लुकेर बसेको आशंका छ । 
    भुम्लु ५ सल्ले घर भएका दुधगाउँका ८४ बर्षिय सिमान तामाङ २०७८ कार्तिक ७ गते भुम्लु आधारभुत अस्पतालमा भर्ना भएका थिए । घरमा पालेको कुकुरले भाद्र महिनामा टोकेर असहज भए पछि कार्तिक महिनामा अस्पताल पुगेका सिमान तामाङलाई रेबिजको लक्षण देखिए पछि भुम्लु आधारभुत अस्पतालले काठमाडौ रिफर गरेको थियो । उहाँको कार्तिक ८ गते नै काठमाडौमा उपचारका क्रममा रेबिजबाट निधन भएको अस्पतालले पुष्टि गरेको थियो । जिल्लामा पछिल्ला तीन वर्षमा रेबिजबाट मर्नेको संख्या ५ पुगेको छ । अघिल्लो वर्ष चौरीदेउराली गाउँपालिका रेबिजको महामारीमा थियो । यो वर्ष भुम्लु गाउँपालिकामा महामारी फैलिएको छ । आमा समुह, स्वास्थ्य चौकी, विद्यालय, सर्वसाधारण तथा विभिन्न संघ संस्थाहरुले रेबिज विरुद्धको सचेतना फैलाउन अभियान शुरु गरेका छन् । 
    सापिङबाट आउने केहि विद्यार्थीहरु कक्षा १० को अतिरिक्त कक्षा लिन विहान कुकुर साथमा लिएर आउँछन् । दिनभर विद्यालयमा कुकुर बस्छन् । घर फर्कदाँ सँगै जान्छन् । विद्यालय नर्स दिलकुमारी बोहोरा कुकुरहरुको आतंकबाट थप त्रसित बनेको बताउनु हुन्छ । विद्यालय क्षेत्र भित्र सामुदायिक कुकुरहरुलाई खोप लगाउने तथा ब्यवस्थित गर्ने कुरामा सरोकारवालाहरुले ध्यान दिनु पर्ने छ । भुम्लु आधारभुत अस्पतालमा दैनिक विरामीहरु भर्ना हुने गरेका छन् । चिकित्सक सहितको थोरै जनशक्तिको ब्यवस्थापन गरिएको छ । एम्बुलेन्सको ब्यवस्थापन गरिएको छ । १५ शैयाको उक्त अस्पताल वरपर फैलिएको रेबिज महामारीले स्वास्थ्यकर्मी समेत त्रसित छन् । स्वास्थ्य शाखा प्रमुख सुर्दशन भट्टराईले अस्पताललाई पूर्वाधार र जनशक्ति सम्पन्न बनाउँदै लगिएको बताउनु भयो ।     राम्रो सँग पकाएर खाएको मासु, उमालेर खाएको दुधबाट रेबिज सर्दैन । काँचो दुध, मासु खाँदा रेबिज सर्छ । ९९ प्रतिशत संक्रमण कुकुरबाट सर्छ । कुकुरलाई रेबिज बिरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे, पशुपंक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ । त्यस्ता पशुपंक्षीहरुबाट मान्छेलाई सर्न सक्ने रेबिज नियन्त्रणमा गम्भिर हुनु पर्छ । 
    भुम्लु गाउँपालिका १ सापिङको कात्तिकेमा हर्कजित तामाङको भैंसी साउनको दोश्रो साता म¥यो । भुकम्प पछि भैंसी खुल्ला स्थानमा बाध्ने गरिएको छ । खुल्ला टहरामा बाँधिएको भैंसीले दाम्लो छिनाल्यो । रातभर बारीमा भएको मकै खायो । केहि दिनमा भैंसी म¥यो । हर्कजितले मरेको भैंसी मासुका लागि ४ हजारमा बिक्री गरे । भुम्लुबेशी, टार, कात्तिके तथा अन्य गाउँका स्थानीयहरुले सस्तोमा भएकाले मासु लिएर गए । कतिसम्म भने हबेलीमा एउटा पसलमा सोहि भैंसीको मासुबाट मम पकाएर विक्री भएको थियो । केहि दिन उक्त मासु फ्रिजमा पनि थियो । १९ परिवारका ५१ जनाले मासु खाएको तथ्यांक फेला प¥यो । काँचो दुध खाएका ब्यक्तिले अझै खोप लगाएका छैनन् । काँचो मासु खाएका मान्छे खुल्न सकेका छैनन । 

यस्तो थियो घटना 
    भुम्लु गाउँपालिका १ सापिङको कात्तिकेमा हर्कजित तामाङको भैंसी साउनको दोश्रो साता म¥यो । भुकम्प पछि भैंसी खुल्ला स्थानमा बाध्ने गरिएको छ । खुल्ला टहरामा बाँधिएको भैंसीले दाम्लो छिनाल्यो । रातभर बारीमा भएको मकै खायो । केहि दिनमा भैंसी म¥यो । हर्कजितले मरेको भैंसी मासुका लागि ४ हजारमा बिक्री गरे । भुम्लुबेशी, टार, कात्तिके तथा अन्य गाउँका स्थानीयहरुले सस्तोमा भएकाले मासु लिएर गए । कतिसम्म भने हबेलीमा एउटा पसलमा सोहि भैंसीको मासुबाट मःमः पकाएर विक्री भएको थियो । केहि दिन उक्त मासु फ्रिजमा पनि थियो । १९ परिवारका ५१ जनाले मासु खाएको तथ्यांक फेला प¥यो । काँचो दुध खाएका ब्यक्तिले अझै खोप लगाएका छैनन् । काँचो मासु खाएका मान्छे खुल्न सकेका छैनन् । 
    भैंसी मरेको केहि दिनमा स्थानीय दावा लामाको घरमा बहुला कुकुर आयो । घरमा भएको कुकुरसँग जुध्न थाले पछि दावाको परिवारले लखेट्यो । राति फेरी सोहि कुकुर फर्केर आए पछि गोठमा बाँधेको राँगोको कान खायो । कुकुरलाई आक्रमण ग¥यो । बहुला कुकुर लखेटे लगत्तै दावाले भोलिपल्ट पशु स्वास्थ्य शाखामा सम्पर्क गरेर रेबिज विरुद्धको खोप लगाए । लगत्तै गाउँका अन्य पशुहरु मर्न थाले । कुकुरहरु मर्न थाले । यता हर्कजितलाई रेबिज हुन सक्ने त्रास स्थानीयले देखाए पछि पाँचखाल पुगेर खोप लगाए । दोश्रो खोप लगाए पछि मात्रै उनले हबेलीमा भएको खाजा पसलमा शिक्षक नारायणराज उप्रेतिलाई घटनाको बारेमा जानकारी गराए । तब मात्रै शिक्षक, विद्यार्थी, गाउँपालिका र स्वास्थ्य संस्थामा रेबिज हुन सक्ने आशंका भयो । 
    यता जिल्लामा नेपाली सेनाका क्याप्टेन समेत रहेका सापिङ आरनटोलका राजकुमार गिरीको श्रीमती सिता गिरीले आफ्नो भैंसी छिमेकीले विष राखेर मारेको उजुरी दर्ता गराएकी थिईन् । छलफलका क्रममा मरेको भैंसी गाडिएको स्थानबाट निकालेर परिक्षण गर्ने क्रममा रेबिज पत्ता लागेको थियो । रेबिज पुष्टि भए लगत्तै भटाभट मरेका पशुहरुको परिक्षणमा अधिकांशमा रेबिज पुष्टि भएको हो ।