आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरु भित्र उम्मेदवारको लर्काे लाग्न थालेको छ । दलहरुले तल्ला कमिटीहरुबाट उम्मेदवार हुन चाहने कार्यकर्ताहरुलाई विधिवत् नाम दर्ता गर्न आब्हान गर्न थालेका छन् । जिल्लामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजबादी, राप्रपा लगायतका दलहरु आन्तरिक तयारीमा जुटेका छन् ।
नेकपा एमाले भाद्र १८ र १९ गते प्रदेश र प्रतिनिधि सभा दुबैबाट नामावली छनौट गर्नेछ । सकेसम्म सर्वसम्मत नभए तीनजना र नभए आकांक्षी जतिको नामावली पठाउन एमालेले सर्कुलर गरेको छ भने नेपाली काँग्रेसले पनि धमाधम नामावली संकलन गरिरहेको छ । समानुपातिक र प्रत्यक्ष तर्फ सिफारिसमा मात्रै भए पनि पर्न कार्यकर्ताहरुको लर्काे छ । केहि राजनीतिक दलहरुले सिफारिस गरेको भए पनि सत्ता निकट दलहरुको गठवन्धनका कारण सिफारिस देखावटी हुने बताईएको छ । एक साता भित्र जिल्लामा सबै दलले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको सूची सार्वजनिक हुनेछ ।









