बनेपा/काठमाडौ १३ बाफल घर भई बनेपा नगरपालिकामा बसाई सराई गरेर जग्गा कारोवार गर्दै आएका दिपक भनिने विनोदप्रसाद अर्याल महिनौ देखि बेपत्ता छन् । बनेपामा एउटी श्रीमती, बच्चा सहितको परिवार छाडेर थुप्रै ब्यक्तिको करोडौ रकम उठाएर बेपत्ता भएका अर्यालको खोजी जारी छ । तर उनकै कारण सर्वसाधारण करोडको सम्पतिबाट रोडमा झरेका छन् ।
‘७ वर्ष देखि सँगै कारोवार ग¥यौं, २०७८ साउन देखि उनको कारोवारमा शंका लागेर साझेदार छाडें तर पुरानै हिसाब ३ करोड १३ लाख लिन बाँकी थियो’–बेनीबहादुर पाण्डेले भन्नुभयो–‘म र श्रीमतीलाई साक्षी राखेर खाली चेक समेत दिएर अर्यालले करोडको मालिकबाट रोडमा पु¥याए ।’ आफु बसिरहेको घर विक्री गरेर पनि १७ लाख रुपैया अझै तिर्न बाँकी रहेको पाण्डेले बताए । त्यो बाहेक अन्यत्र तिर्न थुपै्रै छ तर अर्याल एक्लैले ३ करोड १३ लाख लिएर हिडेपछि पाण्डे लगायत थुप्रै ब्यक्तिहरु अर्यालको खोजीमा छन् । केहि महिना देखि बेपत्ता अर्यालले करिब १३ करोड रकम फिर्ता गर्न बाँकी छ । जग्गा विक्री गराएको स्थानमा सडकको मापदण्ड नपुगेको भन्दै गुनासो गर्नेहरुको संख्या पनि धेरै छ । ३९ बर्षिय पाण्डेको सर्लाही जिल्ला लालबन्दी हो स्थायी घर । बनेपा ६ मा बसाई सराई गरी जग्गा तथा ठेक्कापट्टा शुरु गरेका पाण्डेले नै अर्याललाई जग्गाको कारोवारमा ल्याएका थिए । विभिन्न स्थानको जग्गा प्लटिङ्ग गर्दै विक्री गर्दै आएका अर्याल र पाण्डे एक वर्ष अघि छुटेका थिए । जग्गाको कारोवारकै लागि खाली चेक प्रयोग गरेका कारण अर्यालले धेरैलाई फसाएको पीडित विश्वराज कोईरालाले बताए । कोईरालाले पनि विक्री गरेको घरको केहि पैसा अर्यालकै जग्गाको प्लटिङ्गमा साझेदार गरेका थिए । बनेपा ६ बुडोलमा गरेको ६ रोपनी जमिनको प्लटिङ्गमा लगानी गरेको सबै पैसा अर्याल एक्लैले लिएर फरार भएका छन् । धेरैलाई जग्गाको बैना गरेर छाडेका छन् भने केहिलाई पास गराएर पनि जग्गा पुरा दिएका छैनन ।
पूर्णबहादुर श्रेष्ठ, कृष्णमणी कुईकेल, कमल कुईकेल, भक्तबहादुर थापा, नवराज अधिकारी, किरण मैनाली, जयराम दाहाल, मनिभद्र अर्याल, विश्वराज कोईराला, रोहित कोईराला, सुनिल भुजेल, सुजल खड्का लगायत थुप्रै ब्यक्तिहरुको १३ करोड भन्दा धेरै रकम तिर्नु छ । अरु थुप्रै ब्यक्ति उनी मार्फत पीडित भएका छन् । जग्गाको कारोवारमा मन्दी आए सँगै प्लटिङ्ग गर्नेहरु विस्तारै पलायन हुन थालेका छन् । अर्यालका तीन श्रीमती छन् । एउटी बनेपामा, एउटी दुबई र अर्की काठमाडौमा बस्छन् । अर्यालको खोजी भईरहे पनि फेला परेका छैनन । उनले एक वर्ष यता किलोमिटर ब्याजको रकम चलाउँदै आएका थिए ।









