बनेपा /बनेपा नगरपालिकाको निमन्त्रणामा मित्र राष्ट्र डेनमार्कको काठमाडौ स्थित बाणिज्य दुतावासका बाणिज्य दुत हरि धरेलले बनेपा नगरपालिका तथा आदर्श बालविकास केन्द्रको अबलोकन गर्नु भएको छ ।
बाणिज्य दुत तथा उहाँको टोलीलाई नगर प्रमुख शान्ति रत्न शाक्यले स्वागत गर्नु भएको थियो । शाक्यले विगत २५ वर्ष अघि डेनमार्क सगं भएको भगिंनि सम्बन्धलाई निरन्तरता दिनका लागी यो भेटघाट भएको बताउनु भयो ।
डेनमार्क सरकारले २५ वर्ष अघि बनेपा नगरपालिकामा शिक्षामा तथा अपाङ्गता क्षेत्रमा सहयोग गरेको जनाउनु भयो । हामिले विभिन्न मुलकहरु सगं सम्बध राख्न चाहान्छौ नगर प्रमुख शाक्यले भन्नु भयो , सम्बनध राख्ना साथ सहयोग नै माग्ने नभई आपसि समझदारी र अनुभब साटासाट गरिने शाक्यले बताउनु भयो । बाणिज्य दुत हरि धरेलले नेपालमा एमेसी नभए पनि कन्सुलेन्टको कार्यलय मात्र रहेको बताउनु भयो । डेनमार्क सरकारले कोरनाका समयमा नेपाल सरकारलाई १० करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको बताउनु भयो । बनेपा नगरपालिका सगं लामो समय देखी रहेको सम्बधलाई पुन निरन्तरता दिईने बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा नगरपालिकाका पुर्व सल्लाहकार डा. उत्तम कृष्ण कर्मचार्य, प्रमुख प्रसाशकिय अधिकृत प्रकाश आचार्य लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न सघं सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।









