– दोश्रो बेलर इन्टरनेशनल स्कुल
बनेपा/बनेपा नगर स्तरीय तेस्रो अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ को उपाधि नेपाल पुलिस स्कुल साँगाले हात पारेको छ ।
प्रतियोगिताको उद्घाटन नगर प्रमुख शान्ति रत्न शाक्यले गर्नु भएको थियो भने समापन तथा पुरस्कार वितरण उप प्रमुख विमला सापकोटाले गर्नु भएको थियो । प्रतियोगितामा शाक्यले खेलले नै मानिसलाई अनुशासित, स्वस्थ्य बनाउने भएकाले बनेपा भित्र रहेका सम्पुर्ण विद्यालयमा खेललाई अनिवार्य बनाउनु पर्ने बताउनु भयो । विद्यालयले विद्यार्थीहरुको लागी पढाई सँगसगै खेललाई पनि प्राथमिकतामा राखि सञ्चालन गर्न आग्रह गर्नु भएको थियो । प्रतियोगिताको समापनमा उप प्रमुख विमला सापकोटाले अनुशासित, मर्यादित रुपमा खेल सम्पन्न भएकोमा धन्यबाद दिनु भएको थियो । खेलमा उत्कृष्ट हुनेलाई बधाई दिदै सापकोटाले खेललाई नियमित गर्न, खेलले नै मानिसलाई स्वास्थ्य, अनुशासित बनाउने भएको हुदाँ नियमित खेल खेल्न अनुरोध गर्नु भएको थियो । प्रतियोगितामा जित्ने हार्ने प्रक्रिया भएकाले सबै विद्यार्थिहरुलाई प्रत्येक खेलमा सहभागि हुन आग्रह गर्नु भएको थियो । प्रतियोगितामा नगरका १६ वटा विद्यालयको सहभागिता रहेको थियो भने भलिबल छात्रा तर्फ बेलर ईन्टर नेशनल प्रथम, एभरेष्ट एकेडेमी द्धितिय भएका छन् । त्यसैगरी भलिवल छात्र तर्फ बेलर ईन्टरनेश्नल एकेडमी प्रथम र एविएम स्कुल दोस्रो भएका छन् । कपर्दी तर्फको खेलमा छात्र तर्फ प्रथम बेलर ईन्ट्नेश्नल, द्धितिय शिक्षा सदन मावि भएको छ । छात्रा तर्फ प्रथम चैतन्य मावि र द्धितिय बेलर इन्टरनेशनल एकेडेमी भएको छ । एथलेटिक्स तर्फ प्रथम नेपाल प्रहरी स्कुल सागाँ द्धितिय बेलर ईन्टरनेश्नल एकेडेमी भएको छ ।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य, प्रशासकिय अधिकृत धुर्वराज नेपाल, बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा खेल उपसमिती संयोजक बलराम अधिकारी, वडा नम्बर १ वडा अध्यक्ष कमल प्रसाद घिमिरे, वडा नम्बर ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, शिक्षा शाखा अधिकृत शिबराज त्रिपाठी, सामाजिक विकास शाखा प्रमुख चिरन्जीबी अर्याल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।









