2026 August 22/ 08:15: 38pm

बिष्णु घिमिरे/साउदी
          राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास भातृ संगठन, प्रवासी नेपाली एकता समाज साउदी अरेबियाको अध्यक्षमा काभ्रे पनौतीका कुवेर हुमागाईं चयन भएका छन ।
साउदी अरेबियाको दम्माम शहरमा सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशनबाट निर्विरोध अध्यक्षमा  निर्वाचित  हुनु भएको छ । संगठनमा उपाध्यक्षहरु धिरज साउद, मनोज धिमाल, मौला इस्माईल, लोकेश कामी, प्रमिला सापकोटा महामन्त्री नविन मुडभरी सह–महामन्त्री जनक थापा मगर, सचिब  लाल बहादुर बोगटी, सह–सचिव विक्रम न्यौपाने, प्रबक्ता राजन ओझा सह–प्रबक्ता धन बहादुर नाथ, कोषाध्यक्ष मनिस थापा, सह–कोषाध्यक्ष संजय थपलिया र सदस्यहरु पूर्ण बहादुर जिम्मी, नगेन्द्र थापा मगर, सबिन घिमिरे, दिपक उपाध्याय, रमेश श्रेष्ठ, दधिराम पौडेल, अमृत रामधाम, अमन बि.क., बिनोद भट्टराई, सिला चाम्लिङ राई, शिव वाग्ले, बेग श्रेष्ठ, सन्त कुमार भण्डारी, ईश्वर श्रेष्ठ, टंक चापागाईं, विमला राई, भोज कुमार कार्की गरी ३१ जनाको कार्यसमिति चयन गरेको छ ।
कार्यक्रमका सभापति सिद्धार्थ कन्दङवा सुब्बाले पानस संगठन अति आवश्यक रहेको र साउदीमा सामाजिक संजाल गु्रपमा मात्र २१ हजार भन्दा बढी सदस्यहरु रहेका र सांगठनिक रूपमा सदस्य बढ्दै गरेको जानकारी दिनु भएको छ भने नवनिर्वाचित अध्यक्ष हुमागाईंले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा राप्रपाप्रति आस्था राख्ने सबैलाई  समेटेर संगठन बलियो बनाउने, पार्टीको विधी विधान पालना गरी राष्ट्रको सेवा गर्ने र साउदीमा रहेका सम्पूर्ण सामाजिक संघसंस्थाहरू आवश्यक कार्यको लागि सहकार्य गर्दै जाने जानकारी दिनु भयो । 
कार्यक्रममा नेपाली दूतावास, एनआरएन, सामाजिक संघसंस्थाहरू, मिडियाकर्मीहरु, स्थानीय कलाकार लगायत अन्य व्यक्तिहरूको वाक्लो उपस्थित रहेको थियो । नव निर्वाचित अध्यक्ष विगत १८ बर्षदेखि साउदी अरबमा आफ्नो व्यवसाय गदै आइरहेका छन् ।