2026 August 22/ 08:15: 39pm

सम्झना घिमिरे/झापाली समाज साउदी अरेबियाको आयोजनामा  प्रथम बृहत्त सांस्कृतिक कार्यक्रम तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 
 कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव टिकाराम उपाध्याय, एनआरन, भातृसंगठन र साउदीमा रहेका विभिन्न सामाजिक संघसंस्था सामाजिक व्यक्तित्वहरु, व्यवसायीहरु, स्थानीय कलाकार, मिडियाकर्मीहरु लगायत ५ सय भन्दा बढी नेपालीको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन अनुजा बुढाथोकी र रविन गिरीले गर्नुको साथै संस्थाले गरेको गतिविधि र भावी योजना वारे समेत प्रष्ट पारेका थिए । साथै कार्यक्रम अहिलेसम्म साउदी अरबको संस्थाहरुले गरेका भन्दा भिन्न तरिकाले कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेलले संस्थाले गरेका विवरण र संस्थाले गरेको कार्यक्रमप्रति खुलेर प्रशंसा गरेका थिए भने सांस्कृतिक माहोल प्रति उपस्थित सम्पूर्ण कलाकारहरुलाई नियम र अनुशासनमा रहेर कार्यक्रमको मनोरञ्जन लिन अनुरोध गर्दै संस्थाको उन्नती प्रगती कामना समेत व्यक्त गरेका थिए । 
     कार्यक्रममा बोल्दै दूतावासका सचिव टिकाराम उपाध्ययले साउदीमा अहिले सम्म मनोरञ्जनात्मक कार्यक्रम पहिलोचोटि देखिएको र दश साउदीमा कार्यरत नेपाली श्रमिकहरुलाई साउदीको नियम अनुसार रहेर  इमान्दार साथ  काम गर्न अनुरोध समेत गर्दै संस्थाले गरेको सम्मान प्रति आभार प्रकट समेत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा झापाली समाजका अध्यक्षले कार्यक्रममा उपस्थित सम्पूर्ण नेपालीहरुलाई धन्यबाद दिदै समाजले आगामी दिनमा पनि यस्तै माया सद्भाव र सहयोगको आशा राख्दै उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै संस्थाले झापाली समाजको लागि मात्र नभई गैर झापाली तथा साउदीमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरूसँग सहकार्य गर्ने र  कार्यरत सम्पूर्ण श्रमिकको हक हितको लागि काम गर्ने जानकारी दिँदै कार्यक्रमको अन्त्य गरेका थिए भने कार्यक्रम नेपाली समयानुसार साझ ५ बजेदेखि  विहान २ बजे सम्म सञ्चालन गरिएको थियो ।  
कार्यक्रमलाई सभ्य र भव्य बनाउन साउदीमा रहेका संस्थादेखि व्यवसायीहरुले आर्थिक सहयोग गरेका थिए । संस्थाले हालसम्म कोरोना समयमा अक्सिजन सिलीन्डर, अलपत्र परेका नेपाली र स्वास्थ्य क्षेत्रमा गरि एक लाख ५० हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ ।