बनेपा/एमालेलाई हराउन गठबन्धन गरेका राजनीतिक दलहरुले गठबन्धन भित्रको एउटा घटक नेकपा एकीकृत समाजवादीलाई धोका दिएको छ । धुलिखेलमा गठबन्धन गरेर समाजवादीले प्रमुख पाएको थियो । काँग्रेसका नगर सभापति विदुर बस्नेतले बागी उम्मेदवारी दिएका थिए । काँग्रेसका सबै कार्यकर्ताहरुले बागि उम्मेदवारलाई मत खसाल्न उर्दी लगाएका थिए भने माओवादी लगयातका अन्य दलहरुले समेत बागी उम्मेदवारीलाई मत खसालेका थिए ।
एमालेका उम्मेदवार अशोक ब्याञ्जुलाई चौतर्फी घेराबन्दी गरेर गरिएको गठबन्धनले उल्टै बागी उम्मेदवारलाई सहयोग गरेको थियो बागी उम्मेदवारले सहकारीबाट निकालेको ३ करोड रकमबाट सबै वडामा मत खरिद गरिएको थियो । त्यहि रकमबाट काँग्रेसका अन्य वडाहरुमा निर्वाचन खर्च परिचालन गरिएको थियो । एमालेले जिल्लाभर एक्लै प्रतिस्पर्धा ग¥यो । गठबन्धनका बाबजुत एमालेले धेरै वडाहरुमा विजयी हासिल गरेको छ । केहि वडाहरुमा एमालेले विरासत जोगाएको छ भने केहि वडाहरुमा काँग्रेसले विरासत गुमाएको छ । माओवादीले विगतमा जितेका वडाहरु गुमाएको छ भने नयाँ केहि वडाहरुमा थप गरेको छ । एमालेले धुलिखेल नगरपालिकामा अग्रता कायम राखेको छ । अन्य केहि पालिकामा थोरै मतान्तरले गठबन्धनका उम्मेदवाहरुलाई पछि पारिरहेका छ ।
केहि बाहेक अन्यमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाहरुले अग्रता लिएका छन् । हिजो रातिसम्मको मतगणना अनुसार काँग्रेसले धेरै वडामा जितेर पहिलो दल बनेको छ भने एमाले दोश्रो भएको छ । २०७४ मा एमाले पहिलो दल बनेको थियो ।
७३ प्रतिशत मतदान
कतै झडप, कतै स्थगित
धुलिखेल/स्थानीय तहको निर्वाचनमा सामान्य झडप बाहेक ठुलो क्षति हुने गरी कुनै घटना भएनन् । निर्वाचनको दिन कतै कतै झडप भए भने झडपका कारण केहि स्थानमा केहि घण्टा मतदान रोकियो । पाँचखाल १३ मा जेष्ठ ३ गते दोश्रो चरणमा मात्रै निर्वाचन सम्पन्न भयो ।
जिल्लामा रहेका १३ वटा पालिकामा ३ लाख ३ हजार ५ सय ६० मतदाता रहेका छन् । जसमा महिला १ लाख ४९ हजार ३ सय ७५ जना पुरुष १ लाख ५४ हजार १ सय ८३ जना र अन्य २ जना मतदाता रहेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा ७२ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले १३ वटा पालिकाको ३८० मतदान केन्द्रमा मतदान सम्पन्न भएको बताएको छ । पाँचखाल १३ श्रीराम मावी कोशिदेखि मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदाताहरु केहि मात्रै सचेत र मतदानका लागि प्रस्ट देखिए । अधिकांश मतदाता अलमलमा परेका थिए । महिला र पुरुषहरु चेतना स्तरमा उस्तै उस्तै देखिएको पर्यवेक्षकहरुले बताएका छन् ।
मतदान केन्द्रहरु अधिकांश शान्त रहे । केहि केहि स्थानमा झडपका घटना भए । काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ प्रभा माविमा गठवन्धन र नेकपा एमालेका कार्यकर्ता बीच मतदान केन्द्र भित्र नै झडप भयो । जसका कारण दुईवटा खालि रहेका मतपेटिका फुटेका छन् । पाँच घण्टा पछि शुरु भएको मतदान राति ११ बजे मतदान सकिएको छ । दिउँसो पानीका कारण केहि बेर मतदान प्रभावित भएको थियो । विहान १० बजेबाट दिउँसो ३ बजे मात्रै मतदान प्रारम्भ भएको थियो । राति १ बजेसम्म मतदाताहरुले मतदान गरिरहेका थिए । प्रहरीले घटनामा संलग्न कसैलाई पनि नियन्त्रणमा लिएन ।
पाँचखाल नगरपालिका १३ कोशिदेखा श्रीराम मावि मतदान केन्द्रमा झडप भएको छ । मतपत्रका विषयलाई लिएर भएको झडपमा गठवन्धनमा रहेका दलका कार्यकर्ताहरुले कर्मचारी माथी हातपातको प्रयास गरेका थिए भने निर्वाचनमा प्रयोग भएका सामाग्रीहरु फुटाएका थिए । दिउसो १ बजे भएको घटना पछि मतदान स्थगित भएको छ । सुरक्षा निकायले उक्त घटनामा संलग्नलाई अझै पक्राउ गरेको छैन । तेमाल गाउँपालिका वडा नम्वर ७ भुमेस्थान मावि मतदान केन्द्रमा गठवन्धनका कार्यकर्ता बीच झडप भएको थियो । प्रहरीले घटनालाई नियन्त्रणमा लिन हवाई फायर गरेको थियो । एक राउण्ड हवाई फायर पछि स्थिती सामान्य भयो । १ घण्टा पछि मतदान सूचारु भएको थियो । उक्त घटनामा पनि कसैलाई पक्राउ गरिएको छैन । तेमाल ९ मेच्छे कुशेश्वर मावीमा सत्ता गठबन्धनकै दलहरु बीच झडप हुँदा तीन घण्टा मतदान प्रभावित बन्यो । दिउँसो अबेर सुचारु भएको मतदान प्रकृया राति १० बजेसम्म संचालन भयो । मतपेटिका प्राप्त भए लगत्तै बसेको सर्वदलीय बैठकले विहानबाट मतगणना गर्ने निर्णय गरेको छ । भुम्लुको केहि स्थानमा फर्जी मत खसेको भन्दै फरक दलहरुले विरोध जनाएका कारण मतपेटिका शिल गर्ने समयमा विवाद भएको थियो । फलाँटे लगायतका स्थानमा भएको विवाद दलहरुले आपसि सहमतिमै मिलाएका छन् । खानीखोलामा पनि विदेशमा भएका, मरेका ब्यक्तिहरुका नाममा मतदान गरिएको छ ।
महाभारत गाउँपालिकामा मतदानका दिन वडा अध्यक्षका उम्मेदवार रमेश लुङ्गेली सहितलाई स्थानीयहरुले खुकुरी सहित नियन्त्रणमा लिएका थिए । दिउसो समस्या समाधान भए पछि मतदान सूचारु भएको थियो । बेथान्चोक गाउँपालिका वडा नम्वर ४ र ६ को मतदान केन्द्रमा पानीका कारण दुई घण्टा मतदान स्थगित भएको थियो । साँझ ७ बजे दुबै केन्द्रको मतदान सम्पन्न भएको छ । घटना भएका स्थानमा प्रहरीको सक्रियता देखिएन । सुरक्षा ब्यवस्था फितलो देखियो । राजनीतिक दल र उम्मेदवारहरुले मतदानको लाईनमा बसेका ब्यक्तिहरुलाई समेत मत मागिरहेका थिए । मतदान गरिसके पछि मतदाताहरुलाई खाना र खाजा, बेथान्चोक ३ मा रिचार्ज कार्डको समेत ब्यवस्था गरिएको थियो । मतगणना केहि पालिकामा मतदान सकिएको रातिबाटै शुरु भएको थियो । बेथान्चोक, धुलिखेल र बनेपाले रातिबाटै मतगणना शुरु गरेका थिए भने अन्य पालिकाहरुमा विहानबाट मतगणना शुरु भएको छ । मतगणनास्थलमा सुरक्षा ब्यवस्था कडा बनाईएको छ । सिसि क्यामेरा, तार जाली राखिएको छ । सिमित ब्यक्तिलाई मात्रै भित्र पठाईएको छ ।
प्रभावित गर्न नियोजित षड्यन्त्र
पाँचखाल नगरपालिका वडा नम्वर १३ कोशिदेखा स्थित श्रीराम मावि मतदान केन्द्रमा दोश्रो चरणमा निर्वाचन सम्पन्न भएको छ । नेपाली काँग्रेसका बुथ प्रतिनिधिले मतपत्र लुटेर भागे पछि बैशाख ३० गते स्थगित भएको निर्वाचन दोश्रो चरणमा सम्पन्न भएको हो ।
पाँचखाल नगरपालिका १३ श्रीराम मावि ठाँटीडाँडा कोशिदेखामा २ वटा मतदान केन्द्र रहेका थिए । ८ सय ८३ पुरुष र ८ सय ९५ महिला मतदाता गरी कुल १ हजार ७ सय ७८ मतदाता रहेका थिए । मतदाता मध्ये १ हजार ३ सय ७८ मतदाता मतदानमा सहभागि भएका थिए । जसमध्ये ६ सय ८८ महिला र ६ सय ९० पुरुष रहेका छन् । मतदान गराउन सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार र कोष तथा लेखा नियन्त्रक हेमन्त निरौलाको टिम कृयाशिल भएको थियो । सुरक्षाका लागि जिल्लाका चारवटै सुरक्षा निकाय खटिएका थिए ।
निर्वाचनको दिन लाईनमा मतपत्र लिन बसेका मतदातालाई कर्मचारीले धेरै मतपत्र दिन खोजेको आरोप लगाउँदै प्रतिनिधि आफैले मतपत्र लिएर फरार भएका थिए । उनि फरार भए लगत्तै निर्वाचनमा प्रयोग भएका फर्निचरहरु तोडफोड गरिएको थियो । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेको छैन । जेष्ठ ३ गते तोकिएको निर्वाचनमा दलका कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो भने मतदाताहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । ‘दोश्रो पटक राखेको भोट त खेर जाँदैन कि ?’– ९६ बर्षिय निरबहादुर मगरले भन्नुभयो–‘३० गते मतदान गरेर घर फर्किएको थिएँ आज फेरी मतदान गर्नु प¥यो ।’
दलका प्रतिनिधिहरुले मत दायाँबाँया नजाओस भन्ने उदेश्यले सहयोगी राखेर मतदान गराएका छन् । अशक्त भनिने तर नभएका, जेष्ठ नागरिक भएर पनि मतदान गर्न सक्ने ब्यक्तिहरुको हकमा पनि एकाघरका ब्यक्तिहरु गएर मतदान गरिरहेका छन् । पाँचखाल नगरपालिकाको समग्र मतपरिणामलाई प्रभावित गर्ने गरी स्थगित निर्वाचन पुनः संचालन गर्न नगर प्रमुख पदका उम्मेदवार महेश खरेलले मानेका थिएनन । सोहि दिन चौरीदेउरालीको प्रभामा, तेमालको कुशेश्वर र चापाँखोरीमा पनि स्थगित निर्वाचन पाँच घण्टा पछि शुरु गरेर मध्यरातसम्म संचालन गरिएको थियो । तर कोशिदेखालाई राजनीतिक दाउपेच र योजनाबद्ध ढंगबाट विथोल्न खोजिएकाले पुनः मतदान शुरु हुन नदिएको स्थानियहरुले बताएका छन् । पाँचखालमा निवर्तमान प्रमुख महेश खरेल गठवन्धनको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार छन् भने एमालेका तर्फबाट कञ्चन अधिकारी प्रमुख पदका उम्मेदवार छन् ।
साँझबाट मतगणना
कोशिदेखाको मतपेटिका पाँचखाल नगरपालिकाको निर्वाचन कार्यालयमा प्राप्त भएको केहि घण्टामै मतगाणना शुरु हुने भएको छ । मतगणनाको तयारी भईसकेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । अन्य पालिकाहरुमा मतगणनाको कार्य अन्तिम हुन लाग्दा पाँचखालमा निर्वाचन स्थगित भएका कारण हुन सकेको थिए । भुम्लु गाउँपालिकाले मतगणना सम्पन्न गरेको छ । पालिकामा गठवन्धनका तर्फबाट माओवादीका प्रेमबहादुर भुजेल र नेपाली काँग्रेसका दावा लामा विजयी भएका छन् । सोहि पालिकामा एमालेले ५ वटा, नेपाली काँग्रेस ३, नेकपा माओवादी १ र नेकपा एकिकृत समाजबादी १ वटा वडामा विजयी हासिल गरेको छ ।









