2026 August 25/ 01:53: 42am

एमालेका रत्नकुशलाई मतदाताको ‘वाहवाही’
प्रतिवद्धतापत्र सार्वजनिक

    बनेपा/हरेक निर्वाचनमा नेपाली काँग्रेसले विजयी हासिल गर्दै आएको बनेपा नगरपालिकामा २०७४ सालको स्थानीय तहमा नेकपा एमालेका उम्मेदवार लक्ष्मीनरसिं बादे र उपप्रमुख रेखा सापकोटा दाहाल लगायत ९ वटा वडा अध्यक्ष सहित बहुमत सदस्यले जित हात पारे । त्यहि विरासत जोगाउन नेकपा एमालेले बनेपाका युवा ब्यवसायी, समाजसेवी र शिक्षा क्षेत्रमा समेत सक्रिय ब्यक्तित्व रत्नकुश रञ्जितलाई उम्मेदवार बनाएको छ । 
    उम्मेदवार दर्ता गरे सँगै मतदाताको घर दैलो अभियानमा पुगेका रत्नकुशलाई युवा देखि जेष्ठ नागरिकसम्मले शुभकामना सहितको आर्शिवाद दिएका छन् । बनेपा नगरपालिका वडा नम्वर १४ र१ मा मतदाता र नागरिकहरुको उत्साहपूर्ण सहभागिता र वाहवाही रत्नकुश रञ्जितले बटुलेका छन् । चाँडै निर्णय गर्ने क्षमताका रत्नकुशसँग स्थानीय भुगोलका साथै विभिन्न देशको अनुभव छ । साविकका गाविस र नगरपालिका बीचको एकिकरणका कारण एमाले बलियो बनेको छ । काँग्रेसको गढ बनेपामा एमालेको बहुमत प्राप्त भए पछि यो पटक एमालेले युवा जोश भएका रत्नकुश रञ्जितलाई टिकट दिएको हो । ‘बनेपामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले शुरु गरेका थुप्रै आवधिक योजनाहरुको निरन्तरताका साथै विविधता बोकेका नगरपालिकालाई थप नयाँ आयाम प्रदान गर्ने पार्टीको एजेण्डालाई मैले कार्यान्वयन गर्नेछु’–उम्मेदवार रत्नकुश रञ्जितले भन्नुभयो । 
    नेपाली काँग्रेसबाट शान्तिरत्न कायश्थले टिकट पाएका छन् । उनी सुन ब्यवसायी हुन् । उनी जेसीज लगायतका सामाजिक संघ संस्थामा समेत कृयाशिल भए पनि रत्नकुशका अघि कमजोर उम्मेदवार हुन् । यस अघि १ हजार ७ सय भन्दा धेरै फरक मतान्तरले एमालेका उम्मेदवार लक्ष्मीनरसिं बादेले विजय हासिल गरेका थिए । काँग्रेसले गठवन्धनका कारण टिम बनाउन, घर दैलो अभियानमा हिड्न समेत सकेको छैन । एमाले बनेपाले शनिबार एक कार्यक्रमका बीच प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।