2026 August 25/ 01:54: 17am

एमालेलाई आश, गठबन्धनलाई त्रास
    एमालेलाई जसरी पनि हराउन सत्ता निकट दलहरुले बनाएको गठबन्धन बालुवाको महल जस्तै भएको छ । पहिलो त महिला विरोधी गठवन्धनका रुपमा जिल्लामा पनि चिनिएका काँग्रेस र समाजवादी दल भित्र कार्यकर्ताको विद्रोह जारी छ । धुलिखेलमा उपप्रमुख पदको दावी गर्ने इन्जिनियर दिपा श्रेष्ठ काँग्रेस परित्याग गरी राप्रपामा प्रवेश गरिन् । उनले उपप्रमुख पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । उनि काँग्रेस नेता रञ्जीव श्रेष्ठकी आफ्नै बहिनी हुन् । काँग्रेसले धुलिखेलमा गठबन्धनबाट टिकट पाउँदा पूर्व नगर सभापति जितकृष्ण घिनाङ्गजु अर्थात महिलाहरुको तर्फबाट पनि धेरै योगदान गरेका ब्यक्तिहरुलाई दिनुपर्ने आवाजलाई नव प्रवेशी निराजन जंगम र रामकृष्ण हुमागाई समुहले पैसाकै बलमा ध्वस्त बनाए । उता सभापति विदुर बस्नेत स्वतन्त्र उम्मेदवारका रुपमा जेब्रा चिन्ह लिएर प्रतिस्पर्धामा छन् । निराजन सिफारिसमा कमिसन लिएको अभियोगमा विवादित छन् । 
    गठबन्धनको पक्षमा काभ्रे क्याम्पसका क्याम्पस प्रमुख केजी बयदार मरेर लागेका छन् । उनलाई बनेपामा गठबन्धनका उम्मेदवार जिताउने अभियानमा एमालेका उम्मेदवारहरुको बद्ख्वाई गर्नु बाहेक अरु देखिदैन । उनकै कारण ५० भन्दा धेरै विद्यार्थीको भविश्य खेलवाड भए पछि अदालतमा दर्ता भएको ठगिको मुद्दा विचाराधीन छ । उनी तारेखमा छुटेका छन् । उनलाई त्यसको बदला लिनु छ । सामाजिक सञ्जालमा उनको रोईलोले त्यहि संकेत गरेको छ । उता काभ्रे क्याम्पस नै भएको वडामा पुनः सचितानन्द केसी अध्यक्ष पदका उम्मेदवार छन् । उनले क्याम्पसको भत्काएको पर्खाल अझै बन्न सकेको छैन । त्यसको आलो घाउ विर्सिएका बयदार गठबन्धनको पक्षमा छन् । सचितानन्द केसीले आफ्नै परिवार भित्रका ब्यक्तिहरुलाई किरिया समेत गर्न नदिएर लखेटेको आरोप लागेको छ । 
     समाजवादीका जिल्ला नेता दिपक गौतम जिल्ला सभापति उठ्ने बलमा थिए । जिल्लामा गठबन्धनले जिल्ला समन्वय समितिको प्रमुख पाउने सहमति भएको छ । तर उनै गौतमले दर्ता गराएको उम्मेदवारी समेत फिर्ता लिएका छन् । गठबन्धनले कुनै तहमा जित हासिल ग¥यो भने पनि सभापति पद प्राप्ती नहुने विश्लेषण गरेको छ । महाभारतमा समाजवादीका नेताले उपाध्यक्ष पदमा बागी उम्मेदवारी कायम राखेका छन् । महाभारतमा माओवादी केन्द्रलाई अध्यक्ष र काँग्रेसलाई उपाध्यक्ष परेको थियो । माओवादी केन्द्रका उम्मेदवार कान्छालाल जिम्बाकै योजनामा बागी कायम राखिएको बताईएको छ । उनले काँग्रेसलाई हराउने योजनामा वडा अध्यक्षमा समाजवादीका नेतालाई माओवादी केन्द्रकै चुनाव चिन्ह दिएर उम्मेदवारी दर्ता गराउन लगाएका छन् । समाजवादी र माओवादी मिलेर काँग्रेसलाई हराउने योजना थाहा पाएका काँग्रेस नेताहरु झस्किएका छन् । उता एमालेले गठवन्धनका बाबजूद आफ्नो जित सुनिश्चित भएको बताएको छ । 
    पाँचखालमा महेश खरेल विरुद्धको जनमत बलियो बन्दै गएको छ । काँग्रेस नेता गणेश अधिकारीले उम्मेदवारी फिर्ता लिए पनि माहोल बन्न सकेको छैन । सामाजिक सञ्जालमा चर्चित नगर प्रमुख खरेलले घाटा बजेट बनाएको, परिषद् र कार्यपालिकाको निर्णय वेगर ब्यक्तिगत तोकका आधारमा करोडौं रकम विनियोजन गरेको, पाँच वर्षमा शिक्षा समिति समेत बन्न नसकेको जस्ता गम्भिर अभियोग लगाईएको छ । सधंै काठमाडौ बसेर पाँचखालका जनताको विकास र समृद्धि सम्भव नभएको स्थानीय मतदाताहरुले बताएका छन् । पनौतीमा काँग्रेसले भने जस्तो उम्मेदवारहरुको चार्मिङ्ग छैन । काँग्रेस भित्रकै विवाद, गठबन्धन भित्रका उम्मेदवारहरुको ठगि प्रकरणले गठबन्धनका उम्मेदवारहरुको होस हवास उडेको छ । समाजवादीका नेता मिरा पौडेललाई राजीनामा दिए पनि टिकट नपाए पछि रन्थनिएकी छिन् । सुशासन र समावेशी समाजवादीको झुटो आश्वासन भएको बताईएको छ । 
    मण्डन देउपुरमा काँग्रेसका नेता गोविन्द पराजुलीले उम्मेदवारी फिर्ता लिएका छन् । तर पनि वर्तमान उम्मेदवार टोकबहादुर वाईवा पदमा हुँदा काँग्रेस शिक्षकहरुलाई दबाईएको, मनलाग्दी योजनामा रकम वितरण गरेर भ्रष्टाचार गरेको, काँग्रेसले पटक–पटक डेलिगेसन गर्दा पनि सुनुवाई नगरेको अहिले तिनै ब्यक्तिलाई भोट मागेर हिड्नु पर्ने परिस्थिति बने पछि असन्तुष्ट बनेका छन् । समाजवादीकै गोकुल गौतमले पाँच वर्षसम्म बोकेको झोला खेर गएको भन्दै उनि एमालेमा आउन आतुर भएका छन् । नगर प्रमुख तँ होस् भन्दै भन्दै अन्तिममा आफै टिकट लिए पछि दुबै तर्फ असन्तुष्टि बढेको छ । फेरी महिला उम्मेदवार नबनएका कारण पनि गठबन्धनलाई संकट छ । एमालेका विदुर सापकोटा र सरिता ढकालले जनताको प्रतिनिधित्व गर्न सक्ने भन्दै मतदाताहरुले शुभकामना दिईरहेका छन् । 
    समाजवादी, माओवादी र नेपाली काँग्रेसका उम्मेदवारहरुले तल्लो तहसम्म गठबन्धन गर्ने गरी उम्मेदवारी फिर्ता लिएका छन् । मतपत्रमा मतदान गर्ने अवस्थामा भने जस्तो सहज नभएकाले उम्मेदवारहरुलाई कठिन बनेको छ । युद्धका क्रममा माओवादी कार्यकर्ताको ज्यादती, हत्या र विस्थापितको आलो घाउ काँग्रेस कार्यकर्ताहरुले विर्सन नसकेकाले मतदान गर्न कठिन हुने काँग्रेस कार्यकर्ताहरुले बताएका छन् ।