पनौती/स्थानीय तहको पहिलो पाँच वर्षको कार्यकाल सकिएको छ । दोश्रो पाँच वर्षका लागि हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता भईसकेको छ । पहिलो वर्ष निर्वाचित जनप्रतिनिधिहरुले महत्वपूर्ण उपलब्धी हासिल गरेका छन् । त्यहि उपलब्धीलाई निरन्तरता दिन पनौतीमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु प्रमुख भिम न्यौपाने र उपप्रमुख गिता बञ्जाराको उम्मेदवारी दर्ता भएको छ ।
यस अघिको कार्यकालमा पनौती नगरपालिकाले बालमैत्री नगर घोषणा, मानव अधिकार तथा न्याय मैत्री नगर घोषणा, पूर्णसाक्षर नगर घोषणा, पूर्ण खोप सुनिश्चित नगर घोषणा, खुल्ला दिशा मुक्त क्षेत्र घोषणा, कृषि पकेट क्षेत्र घोषणा, चरा संरक्षण क्षेत्र घोषणा, स्वास्थ्य बिमाा कार्यक्रम संचालन, जटिल एवं गम्भीर प्रकृतिको रोग लागेका नगरवासिलाई आर्थिक सहयोग, कोरोनाबाट मृत्यु भएका नागरिकलाई काज किरिया खर्चको व्यवस्थाा, नगर अस्पतालको अन्तिम चरणको निर्माण, जग्गा व्यवस्थापन, रंगाशालाको जग्गा व्यवस्थापन, पनौती बनेपा, पनौती कुशादेवि सडकमा पहलकदमी लिई विस्तार सहित कालोपत्रे, खोपासी सडक विस्तार, सुन्थान नमोबुद्ध सडक विस्तार सहित कालोपत्रे गर्न पूर्वाधार तयारी, बाल संरक्षण केन्द्र भवनको निर्माण अन्तिम चरण, २ वटा सहिद पार्कको निर्माण अन्त्य तर्फ, प्याराग्लाईडिंग तालिम र सफल उडान, आवधिक योजना तर्जुमा, नगर सडक यातायात गुरुयोजना निर्माण, बिभिन्न प्रकाशनहरु बैद्धिक सम्पती प्रचार र सामाग्रीहरुको सिर्जना, थप प्रहरी चौकीको स्थापना, २ वटा वडा कार्यालयको जग्गा ब्यवस्था, २ वटा वडा कार्यालय भवन निर्माण, फुल्चोकी पद मार्ग लगायत साइकल ट्रयाक निर्माण गरेको छ ।
रक क्लाईमिङको पूर्वाधार तयारी, स्थानीय पाठ्यक्रम निर्माण, थुप्रै ऐन कानूनहरुको तर्जुमा, वडामा पूर्वाधार सहित अधिकार प्रत्यायोजन, पर्यटन पार्कको पूर्वाधार तयारी, बिभिन्न वडामा कालोपत्रे सडक निर्माणको प्रारम्भ, पशुपंक्षिका क्षेत्रमा उल्लेख्य उपलब्धि आकर्षक र चासो ( भैसी प्रवद्र्धन, पशु वीमा, पाडा पाडी, जन्म दर्ता, भैँसी सत्केरी भत्ता), कोभिड सक्रमणका बिच अपेक्षाकृत रुपमा १२ वर्षे मकर मेला सम्पन्न, ३ वटा वर्थिङ्ग सेण्टर संचालन, थप जनशक्ति ब्यवस्था, ३ वटा ल्याब संचालन, थप जनशक्ति ब्यवस्था, माानसिक स्वास्थ्य सम्बन्धि २ वटा क्लिनिक संचालन, एसओएस बालग्राम पनौती–५ मा प्राविधिक शिक्षा (कृषि) विषय अध्यायनका लागि भवन निर्माण, भुकम्प पीडित लाभग्राहीहरुलाई राष्ट्रिय पूनर्निर्माण प्राधिकरणको सहयोगमा किस्ता निकासा गरेको छ । युनिसेफ मार्फत दलित बालबालिका लगायत अपाङ्गता भएका नागरिकलाई प्रति परिवार १० हजार आर्थिक सहयोग, भुटानबाट तोदेजातको अलैँचीको बिउ ल्याई बिरुवा बितरण, भालेश्वर मा.वि. नमूना भवन निर्माण, बिशेष सामाजिक सुरक्षा भत्ता वितरण, आयूर्वेद सेवा केन्द्र (आरोग्य) संचानलन, शान्ति निकेतन मा.विमा एसओएसको सहयोगमा नयाँ भवन निर्माण, इन्द्रेश्वर क्याम्पस, तेजगंगा क्याम्पस र कुशादेवी क्याम्पस भवन निर्माण, स्वास्थ्य भवन निर्माण, खोपासी नगर अस्पताल भवन निर्माण (पूनः निर्माण, भारतीय सहयोग), दलिञ्चोक÷अन्तेटार शहरी स्वास्थ्य केन्द्र भवन निर्माण ६ र २ मा, खोप केन्द्र भवन निर्माण–२, कोभिड १९ को समयमा वन्दावन्दी हुँदा फुड बैक मार्फत राहत वितरण, मोतीयाविन्दुको शल्यक्रियामा रेयुकाई मासुनागा अस्पतालको सहकार्यमा आर्थिक सहयोग, मठ, मन्दिर, विद्यालयको कृयाकलापको स्थायीत्वका लागी अक्षयकोषको ब्यवस्था गरेको छ ।
पुराना नियमित हुन नसकेका घर नक्सा पास नियमित, सडक मापदण्ड अद्यावधिक, पुरातत्व विभाग संगको सहकार्यबाट कुशादेवी र कार्य विनायक मन्दिरको पुनर्निर्माण, जात्रा पर्व पुजाको स्थायी संचालन ब्यवस्थापनका लागी संरचनागत ब्यवस्था, समिति गठन र बजेट ब्यवस्था, जेष्ठ नागरिक चौतारी निर्माण, खोपासी–बल्थली–कामीडाँडा सडक निर्माण, ढडिन पक्की पुल निर्माण प्रारम्भ, बुढापोखरी सडक पिन प्रारम्भ, पंचेको बगैँचा पक्की पुल (५) निर्माण प्रारम्भ गरेको छ । जनप्रतिनिधिले शुरु गरी सम्पन्न भएका महत्वपूर्ण कार्यहरु मध्ये काभ्रे उपत्यका खानेपानी परियोजना मार्फत खानेपानी वितरण गरि सक्ने लक्ष्य, फिल्म सिटी बनाउने योजना, जीवन विज्ञानको योग साधना केन्द्र बनाउने सपना, पनौती नमोबुद्ध, पनौती बनेपा, पनौती खोपासी पिच गरिसक्ने विश्वास, रंगशालामा पर्याप्त पूर्वाधार सहित राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य, आवश्यक जग्गा ब्यवस्थापन गरी आधुनिक बसपार्क बनाउने प्रतिबद्धता, यस अवधिमा पनौतीको प्राचिन पनौती बजारलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराईसक्ने सपना, पुण्यमाता कोरीडोर पूर्णरुपमा सम्पन्न गरिसक्ने प्रतिबद्धता, सबै वडा कार्यालयमा पर्याप्त जनशक्ति ब्यवस्था, कर्मचारीको वृत्ति विकास र अस्थायी करारको सुरक्षा प्रबन्ध, नगर प्रहरी र बारुणयन्त्रको बन्दोबस्त, भेटेनरी अस्पतालको विकास, नगरपालिका संगको सहकार्यमा जनसहभागीताबाट मुक्तिनाथ मन्दिर र आकास बिनायकको स्थापना, २ वटा जग्गा विकास कार्यक्रमलाई अनुमति, पनौती संगा्रहलायको संचालनका लागी नीतिगत तथा संरचनागत ब्यवस्था र समिती गठन, पर्या–पर्यटनको पद मार्ग तय, सम्पदा क्षेत्र भित्र संपदा मैत्री घर बनाउनेलाई प्रोत्साहनको ब्यवस्था, शारदा मा .वि. को आधुनिक सुविधा युक्त भवन निर्माण, बालोद्धार मा.वि. को नयाँ भवन निर्माण, श्वेत गणेश आधारभूत विद्यालयको नयाँ भवन निर्माण, बिहावर आधारभूत विद्यालयको आधुनिक भवन निर्माण सम्पन्न, धनेश्वर महादेव आधारभूत विद्यालय पूनः संचालन एवं नयाँ भवन निर्माण, गोरखनाथ आधारभूत विद्यालय भवन निर्माण सम्पन्न, पुरातात्विक शैलीमा पुण्य मा.वि. पनौतीको भवन निर्माण सम्पन्न, लड्केश्वर आधारभूत विद्यालय पनौती–११ नेपानेको आधुनिक भवन निर्माण सम्पन्न, बालप्रकाश मा.वि.भालेश्वरको भवन निर्माण सम्पन्न, ज्वालामुखि आधाुभुत विद्यालय भवन निर्माण सम्पन्न, जनज्योति आधारभुत विद्यालय भवन निर्माण सम्पन्न, २ वटा नयाँ एम्बुलेन्सको ब्यवस्था, कृषि बजार केन्द्रको स्थापना, स्थायी फोहोर मैला ब्यवस्थापन केन्द्रको ब्यवस्था, केही वडा कार्यालयको भवन निर्माण गरेको छ ।
मदन भण्डारी प्राद्यौगीक विश्वबिद्यालय स्थापना, काठमाण्डौँ बिश्वबिद्यालय स्कुल अफ ल र स्कुल अफ इन्जिनियरिङ्ग संचालन, त्रिवेणीघाट क्षेत्र संरक्षणका लागी नीतिगत, संरचनागत,समितीगत र कार्यक्रम गत ब्यवस्था, बहुउद्देश्यीय रुपमा रहेका भवन संरचना, मठ मन्दिर, पाटी, पार्क लगायत स्थानीय खेल उपभोगका लागी नीतिगत, कार्यक्रमगत, समितिगत ब्यवस्था, डिजिटल नापी नक्सा, सार्वजनिक जग्गा यकिन गरी संरक्षण सम्बन्धि कार्य र वारुयन्त्र, जेटिंग मेशीन र नगर प्रहरीको ब्यवस्था गरेको छ ।









