2026 August 23/ 11:07: 27pm

मण्डनदेउर/मण्डनदेउपुर नगरपालिका न्यायिक समितिको आयोजनामा आ.व.२०७८÷०७९ मा गरेको कार्य प्रगती तथा सम्पन्न भएका गतिविधिहरुका बारेमा सरोकारवालाहरुसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
जिल्ला समन्वय समिती काभ्रेका उपप्रमुख मन्जु गौतमको प्रमखु आतिथ्यतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा न्यायिक समितीले जनतालाई धेरै राहत प्रदान गरेको बताउनु भयो । आफुले १३ वटै स्थानिय तहहरुमा समन्वय गरेको र सामन्य विवादहरुलाई अदालत वा प्रहरीको नपु¥याई सम्स्या समाधान गरेको बताउनु भयो । न्यायिक समितिले हेर्न मिल्ने मुद्धाहरुलाई निष्पक्ष रुपमा छलफल गराई न्याय सम्पादन गरेको आफुले अनुभव गरेको बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले घरेलु हिंसा, बलत्कार, लैङ्किम हिंसालाई न्युनिकरण गर्न सबैजना सचेतना हुनु पर्ने बताउनु भयो । स्थानिय तहहरुले पनि न्यायिक समितिले के के काम गर्छ भन्ने बुझाउनु पर्ने पाण्डेले बताउनु भयो । त्यसैगरी जिल्ला प्रहरी प्रमुख चक्रराज जोशीले प्रहरीको समेत ल्याउनु नपर्ने मुद्दाहरु जनतालाई थाहा नपाएर आउने गरेको बताउनु भयो । सबै स्थानिय तहका न्यायिक समितीले जनतालाई सचेतना गराएर प्रहरीको न्यायिक समितीले हेर्ने र प्रहरीले हेर्ने छुट्टाई सहजीकरण गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा मण्डनदेउपुर नगरपालिका उप प्रमुख तथा न्यायिक समिति संयोजक निर्मला शाहिले ५ वर्षमा र आर्थिक वर्ष २०७७÷७८ चैत्र सम्म गरेका कामको प्रस्तुतिकरण गर्नु भएको थियो ।  
    शाहिले नेपालको संविधान र स्थानिय सरकार संचालन ऐन,२०७४ ले तोकिए बमोजिम मण्डनदेउपुर नगरपालिकामा न्यायिक समिति गठन भएदेखि नै कानुनले तोकेको अधिकार क्षेत्र र प्रक्रिया भित्र रहेर न्यायीक समितिले विभिन्न विषयमा न्याय निरुपण गर्दै आएको बताउनु भयो । शाहिले सबै वडाबाट मेलमिलापकर्ता सुचिकृतको आवेदन संकलन गरी कार्यपालिकाको निर्णयानुसार सुचिकृतको कार्य सम्पन्न गरेको, सबै मेलमिलाप केन्द्रहरुमा उपलब्ध गराईएको कानूनी किताबको अध्ययन तथा विवाद समाधानमा कानूनी ज्ञानको प्रयोगका साथ विवाद समाधान गर्ने गरिएको, न्यायिक कार्यविधि ऐन संशोधन गरी नगरस्तरीय मेलमिलाप समिति गठन तथा कार्यसञ्चालन प्रक्रियाको वारेमा व्यबस्थित गर्दै मेलमिलाप प्रक्रियालाई चुस्त पारिएको, गत आ. व.मा ६१ विवाद र यस आ.व. मा अहिले सम्म ३१ विवादको समाधान प्रक्रियामा काम गरिएको, सम्पूर्ण विवादहरु छलफलको माध्यमबाटै मिलापत्र भएको बताउनु भयो । त्यसैगरी  आ. व. २०७८÷०७९ को अहिले सम्म दर्ता भएका विवाद संख्या ३१, न्यायिक समितिले प्रत्येक महिना कम्तिमा दुई पटक बैठक बस्ने गरेको र आवश्यक बमोजिमको ईजलास राख्ने गरिएको बताउनु भयो । न्यायिक समितिले न्यायिक समिति र मेलमिलापकर्ता विचमा चौमासीक समिक्षा वैठक सञ्चालन गरिएको नगरस्तरिय मेलमिलाप समितिको मासिक नियमित वैठक संचालन, लैंगिक हिंसा सम्बन्धि १६ दिने सचेतना कार्यक्रम र महिला कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको, सवै वडाहरुबाट सामुदायिक मेलमिलापकर्ताहरुको सुचिकृतको आवेदन संकलन गरी आ. ब. २०७८÷०७९ को लागी सुचीकृत गरेको, मेलमिलापकर्ताहरुका लागी २ दीने अध्ययन तथा अवलोकन भ्रमण ५९ जना सहभागी भई भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकामा सम्पन्न, न्यायिक समिति र नगरस्तरीय मेलमिलाप समिति विच अध्ययन तथा अवलोकन भ्रमणमा सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका र पाल्पा जिल्लाको तानसेन नगरपालिकाको न्यायिक समितिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बताउनु भयो । 
समितिले मेलमिलापकर्ताहरुमा पुर्नताजगी तालिम प्रदान गरि थप सकृय बनाउनु पर्ने, स्थानिय कानुनको कानुनी साक्षरता कार्यक्रम, मिलाप वैठक, म्हिला सचेतना कार्यक्रम, न्यायिक समिति बैठक र मेलमिलाप केन्द्र अनुगमन गर्नु पर्ने बताउनु भयो । समितीमा मुद्धा दर्ता २ सय १९, पर्छोट १सय ८० बाकि ३९ रहेको न्यायिक समिती निर्मला शाहिले बताउनु भयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासयिक अधिकृत लोक बहादुर लोप्चन, काभ्रे जिल्ला अदालत बार ईकाईका अध्यक्ष विष्णु सापकोटा, वडा अध्यक्ष डिल्ली आचार्य, झलक प्रसाद पौड्याल, विभिन्न सघं संस्थाका प्रतिनिधी, जनप्रतिनिधी लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक निर्मला शाहिको सभापतित्वमा सम्पन्न भएको थियो ।