2026 August 24/ 12:16: 19am

नयाँ प्रशासकिय अधिकृत प्रकाशलाई स्वागत  
    बनेपा/बनेपा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेतीको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा  भएको छ ।
 उप्रेती २२ महिना अघि बनेपा नगरपालिकामा सरुवा भई आउनु भएको थियो । प्रमुख कार्यकारी अधिकृत उप्रेतिले बिकास निमार्णका कार्य देखी नगरबासीहरुलाई गुणस्तरीय सेवालाई प्राथमिकता दिनु भएको थियो । जनप्रतिनिधि र कर्मचारीहरुको सहयोग  र समन्वयमा विकासका कामहरुलाई कार्यान्वयन गरेको प्रमुख प्रशासकिय अधिकृत उप्रेतीले बताउनु भयो । बनेपा नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्षहरु, सदस्यहरु, विभिन्न राजनीतिक दलहरु, सञ्चारकर्मी र नगरबासीहरुको सहयोगमा आफुलाई काम गर्न सहज भएको उप्रेतीले बताउनु भयो । कर्मचारीको सरुवा नियमित भएकाले आफु जुन ठाँउमा गए पनि आफुले जनताको सेवा गर्ने उप्रेतीले बताउनु भयो । विदाई कार्यक्रममा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठले प्रमुख प्रशासकिय अधिकृतका कारणले नैे कोरोनाका समयमा होस वा अन्य समयमा विकासका कामहरुलाई कार्यान्वयनमा लान सहज भएको बताउनु भयो । 
जनप्रतिनिधिले कानुन बनाउने, बजेट र योजना बनाउने तर कार्यान्वयन कर्मचारीले गर्ने भएकाले उक्त कार्य गर्न प्रमुख प्रशासकिय अधिकृतको महत्वपुर्ण भुमिका हुने र त्यो कबिराज उप्रेतिले पुरा गरी बनेपा नगरपालिकाको विकासमा फड्को मारेको बताउनु भयो । बनेपाको विकासमा उहाँको ठुलो योगदान रहेकाले उप्रेतीलाई बनेपा नगरपालिकाले जहाँ गए पनि सम्झी रहने नगर प्रमुख बादेले बताउनु भयो । बादेले नयाँ आउनु हुने प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्यलाई स्वागत गर्दै कबिराज उप्रेतीको भन्दा अझै उच्च रुपमा योजना कार्यान्वयन र नगरबासीहरुलाई सेवा दिन आग्रह गर्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कर्मचारीहरुको सरुवा नियमित हुने हुदाँ कर्मचारीहरुले जहाँ जाँदा पनि राम्रो सेवा प्रदान गर्नु पर्ने र सेवाको मुल्याङ्कन हुने बताउनु भयो । 
कार्यक्रममा उप–प्रमुख रेखा सापकोटा दाहालले प्रमुख प्रशासयिक अधिकृत कबिराज उप्रेती नगरपालिकामा रहदाँ ९८ प्रतिशत योजना सम्पन्न गर्न सकिएको बताउनु भयो । उप्रेतीका कारण विकास निर्माण देखी जनतालाई दिने सेवामा सहज भएको दाहालले बताउनु । नयाँ प्रमुख प्रशासकिय अधिकृतले आफुले सकेको सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी भिम भट्टराई, कालीजगं गणका गणपति मिलन थापा, ४ नम्बर वडा अध्यक्ष तथा नगर प्रवक्ता श्याम सुन्दर श्रेष्ठ, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, नपाका शाखा प्रमुख, कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सेवा निवृत कर्मचारी जुजुभाई सुद्धाकार, माया बादे, हरीगोपाल श्रेष्ठ र धन बहादुर बादेलाई बिदाई गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य प्रशासकिय अधिकृत धुब्र्रराज नेपालले राख्नु भएको थियो संचालन सामाजिक शाखा प्रमुख चिरञ्जीवी अर्यालले गर्नु भएको थियो ।