मूर्तिको प्राण प्रतिष्ठा सहित गुरुकुल स्थापनाको तयारी
पनौती/विन्ध्यवासिनी अध्यात्मिक प्रतिष्ठानले शनिबार देखि चैत्र २७ गते आईतबारसम्म श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ सहित विन्ध्यवासिनी मुर्तिको प्राण प्रतिष्ठाको कार्य प्रारम्भ गरेको छ । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले नवाह ज्ञान महायज्ञको समुद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष तिमल्सिनाले धर्म, सस्कृतिको संरक्षण र प्रर्वद्धनका लागि राज्य सँगै समुदाय सक्रिय हुनु पर्ने बताउनु भयो । स्थानीय स्तरबाट निर्माण भएको विन्ध्यवासिनी मन्दिरको प्राण प्रतिष्ठा तथा गुरुकुल निर्माणका लागि भएको प्रयासको सहना गर्दै अध्यक्ष तिमल्सिनाले अध्यात्मिक ज्ञानको अभाव हुँदै गएको बताउनु भयो । कार्यक्रममा विन्ध्यवासिनी पोखरा तथा शिवशक्ति विद्यापिठ कैलालीका पीठाधिश्वर आचार्य स्वामी नि–शेषतनजी महाराजको संरक्षकत्व रहेको छ । देवी भागवत नवाह ज्ञान महायज्ञको भास्कर ब्रम्चारी नारायण देवकोटाले कथा बाचन गर्नु हुनेछ । नौ दिनसम्म हुने ज्ञानमहायज्ञमा ब्रम्हाणद्वारा बैदिक विधि अनुसार रुद्राभिषेक, श्रीमद्भागवत पाठ पारायण, प्रवचन, बेद पाठ, चण्डी पाठ, ग्रहशान्ति, गायत्री होम, कोटि दिप प्रज्वलन, तुलादान, भूमिदानm अत्रदान र शहिद उद्धारका निमित्त होम, पितृ उद्धारका निमित्त विशेष अनुष्ठान, व्रतवन्ध लगायतका अनुष्ठानहरु हुने आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताउनु भयो ।
संस्थाको माध्यमबाट वैदिक सनातन धर्मसंस्कृतिको रक्षा, आध्यात्मिक जागरण एवं संस्कृत शिक्षाको प्रचारका साथै विश्वशान्ति, मानवकल्याण एवं धार्मिक, आध्यात्मिक चेतनाको विकास गरी समाजलाई नैतिक एवं अनुशासित बनाउनु यस ज्ञानमहायज्ञको प्रमुख उद्देश्य रहेको सचिव हरिकृष्ण तिमल्सिनाले बताउनु भयो । प्रतिष्ठानका लागि श्रीखण्डपुरमा खरिद गरिएको १२ आना जग्गामा विन्ध्यवासिनी मंगलाशैनी मन्दिर, यज्ञ मण्डप निर्माण, गुरुकुल सञ्चालनका साथै भवन र छात्रावास निर्माण, बहु–उद्देश्यीय योग साधना सामुदायिक भवन, सन्त निवास आदि निर्माण कार्यमा महायज्ञबाट आर्थिक सहयोगमा टेवा पुग्ने विश्वास ब्यक्त गरिएको अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले बताउनु भयो । नौ दिनसम्म हुने ज्ञानमहायज्ञमा ब्राह्मणहरुद्वारा वैदिकविधि अनुसार रूद्राभिषेक, श्रीमद्भागवत् पाठ पारायण, प्रवचन, वेद पाठ, चण्डी पाठ, ग्रहशान्ति, गायत्री होम, कोटि दीप प्रज्वलन, तुलादान, भूमिदान, अत्रदान र शहिद उद्धारका निमित्त होम, पितृ उद्धारका निमित्त विशेष अनुष्ठान लगायतका विभित्र अनुष्ठानहरु सम्पत्र गरिने छन् । महायज्ञको शुभारम्भका अवसरमा बाजागाजा र कलश सहित शोभायात्रा भएको छ ।
महायज्ञको मूल यजमान, विशेष कर्ता, भोजन खर्च, जलपान खर्च र यज्ञानुष्ठानका विभिन्न कार्यहरु गर्न गराउन चाहने लगायतका कुनै कार्यमा सहभागी हुनका लागि नगद वा जिन्सी सहयोग उपलब्ध गराउन सकिने छ । महायज्ञ आयोजक मूल समितिको खातामा रकम जम्मा गरेर वा सिधै समितिको कार्यालयमा रकम जम्मा गरी रसिद लिएर दान गर्न सकिनेछ । जिन्सी दानको लागि भूमिदान, अत्रदान, तुलादानको व्यवस्था गरिएको छ । धान्याञ्चलका लागि धान, गहुँ, मास, चामल, चिनी आदि साथै हवनका लागि जौ, तिल, घ्यू, समिधा आदि तथा पूजाका लागि चन्दन, फूलमाला, श्रृङ्गार सामाग्री, धूप–बत्ती जस्ता सामाग्रीहरु उपलब्ध गराई सहयोग पु¥याउन सकिनेछ । महायज्ञ सम्पत्र गरिसकेपछि बचेको यज्ञशेषबाट विन्ध्यावासिनीमंगलशैनी मन्दिर निमार्ण गर्दा भएको सम्पूर्ण हिसावहरुलाई मिलान गर्ने र विन्ध्यावासिनी गुरुकुल सञ्चालन सोको भवन र छात्रावास निर्माण, बहु–उद्देश्यीय सामुदायिक भवन, सत्संग भवन, सन्त निवास आदि निर्माण कार्यहरु सम्पन्न गरिनेछन् । पत्रकार सम्मेलनमा रामप्रसाद तिमल्सिना, उद्धवप्रसाद तिमल्सिना, हरिकृष्ण तिमल्सिना, कृष्णप्रसाद तिमल्सिना, भोला केसी लगायतले मन्तब्य राख्नु भएको थियो । उद्घाटन कार्यक्रममा समावेशी आयोगका सदस्य पुष्पराज तिमल्सिना, शिवशक्ति विद्या पिठका बद्रि लम्साल, तिमल्सिना समाजका अध्यक्ष केन्द्रीय विपुल तिमल्सिना, पुर्व अध्यक्षहरु, विन्ध्यवासिनी प्रतिष्ठानका सदस्य भोला केसी लगायतको सहभागिता रहेको थियो ।









