चैत्र २५ देखि ३० गतेसम्म अभियान
धुलिखेल/नेपालमा खोपबाट बचाउन सकिने रोगहरूलाई शुन्य अवस्थामा पु¥याउने उद्देश्यले टाईफाईड खोप अभियान शुरु भएको छ । चैत्र २५ देखि ३० गतेसम्म उक्त अभियान काभ्रेपलाञ्चोक जिल्लामा शुरु हुने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम सेढाँईले बताउनु भयो ।
‘नेपालमा वर्षेनि ४ लाख ५० हजार ब्यक्ति टाईफाईडबाट संक्रमित भएको तथ्याङ्क छ’– बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम सेढाँईले भन्नुभयो–‘जिल्लामा ४ हजार १ सय ४९ जना संक्रमित भएका छन् ।’ संक्रमित मध्ये २ हजार २ सय ६१ महिला र १ हजार ८ सय ८८ जना पुरुष छन् । यो संख्या अस्पतालमा भर्ना हुनेहरुको मात्रै हो । संक्रमण भएको रेकर्ड नभएका विरामीहरुको संख्या यो भन्दा धेरै हुन सक्ने डा. सेढाईले बताउनु भयो । टाईफाईड रोग १५ वर्ष मुनिका बालबालिकाहरुमा वर्षेनि १० हजार ९ सय ६० जनामा देखा पर्ने गरेको छ । टाईफाईडका कारण धेरै ब्यक्तिहरुको अकालमा ज्यान जाने गरेको छ । सरकारले पहिलो चरणमा १५ वर्ष मुनिका सबै बालबाकिलाहरुलाई उक्त अभियानको खोप लगाउने तयारी गरेको हो । जिल्लामा यो समुह ९० हजारको हाराहारीमा छ ।
झाडापखाला, टाईफाईड, हैजा जस्ता रोगहरुबाट बाबाबालिकाहरुलाई बचाउन नियमित खोप जरुरी रहेको डब्लुएचओका प्रतिनिधि डा. पवन उपाध्यायले बताउनु भयो । अभियान सम्पन्न भए लगत्तै टाईफाईड विरुद्धको खोपलाई नियमित खोपमा समावेश गर्ने सरकारको तयारी रहेको छ । विश्वमै नेपाल टाईफाईड रोगको उच्च जोखिममा रहेको डा. उपाध्यायले बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्ला पनि उच्च जोखिममा रहेको छ । ज्यानै जोखिममा पार्न नसक्ने रोगहरु न्युनीकरण गर्न खोप अभियानलाई प्रभावकारी बनाउनु पर्ने डा.सेढाईले बताउनु भयो ।
कार्यक्रममा जिल्लामा अभियान संचालनका लागि आवश्यक पूर्व तयारी, जनशक्ति परिचालन तथा ब्यवस्थापन र तालिम, खोपको भण्डारण र खोप लगाउनु अघि तथा खोप लगाई सके पछिको अवस्थालाई तयारी गरिएको सेढाँईले बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका कार्यवाहक अध्यक्ष विनोद न्यौपाने लगायतले बालबालिकाहरुलाई लगाउने टाईफाईड विरुद्धको खोप अभियानलाई सफल बनाउन सबै पक्षको भूमिका सकारात्मक हुनुपर्ने बताउनु भयो । राष्ट्रिय खोप कार्यक्रम मार्पmत तोकिएका सबै खोपहरू समतामुलक रुपमा सबैको पहुँचमा हुने गरी प्रत्येक बालबालिका र गर्भवती महिलालाई गुणस्तरीय, सुरक्षित र सर्वसुलभ खोप सेवा निरन्तर रुपमा प्रदान गर्न तथा खोपबाट बचाउन सकिने रोग, अपाङ्गता र मृत्युदरलाई कम गर्ने रहेको छ । कार्यक्रममा जनस्वास्थ्य निरीक्षक दिपेन्द्र श्रेष्ठले स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान भईरहेको बताउनु भयो ।









