2026 August 24/ 08:43: 31pm

– फैसला पर्खदै १५२८, दुई वर्ष नाघेका २६३

मोतीराम तिमल्सिना
धुलिखेल
    जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मुद्दाको चाप बढेको छ । २०७८ भदौ देखि एउटा इजलाश खाली छ । दुईवटा इजलाशबाट भईरहेको न्याय सम्पादनमा मुद्दाहरुको चाप बढेको हो । कोरोना भाईरस तथा अन्य कारणले अदालतमा दुई वर्ष भन्दा धेरै अवधीका मुद्दाहरुको अवस्था पनि त्यस्तै रहेको अदालतले बताएको छ ।
    ‘कोभिडको महामारी, मुद्दामा अंग पुग्ने प्रमाणहरु जुटन नसक्नु तथा जनशक्तिको अभावका कारण केहि मुद्दाहरु समयमै फछर्याैट हुन सकेका छैनन्’– श्रेस्तेदार उप–सचिव गोविन्दप्रसाद घिमिरेले भन्नुभयो–‘महामारीका बीचमा पनि नागरिकहरुलाई सेवा दिन अदालत निरन्तर कृयाशिल छ ।’ मुद्दा फछ्र्याैट समयमै हुन नसक्नु अदालतको मात्रै कारण नहुने श्रेस्तेदार घिमिरेले बताउनु भयो । आसन्न २०७९ बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनले पनि मुद्दाको फैसलामा केहि प्रभाव पार्नेछ । जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने ब्यवस्थाका कारण अदालतको काम कारवाहीमा प्रभाव पर्नेछ । २०७८ साउन देखि फागुन मसान्तसम्म १ हजार १ सय ३६ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष दर्ता भई फैसला हुन बाँकी रहेका हजार २ सय २२ थान समेत गरी चालु वर्षका लागि २ हजार ३ सय ५८ थान मुद्दा रहेको अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिनुभयो ।
    अदालतमा सरकारबादी देवानी मुद्दाको फछर्याैट गर्न बाँकी छैन । दुनियाँवादी देवानीमा सबै भन्दा धेरै ९ सय ५५ वटा मुद्दाको फछर्याैट गर्न बाँकी छ । अघिल्लो वर्षका दुनियाँवादी देवानी ७ सय ३२ वटा मुद्दा बाँकी थिए । ८ सय ८ वटा नयाँ दर्ता भएका थिए । दुनियाँवादी देवानी चालु वर्षका लागि १ हजार ५ सय ४० वटा थिए । फागुन महिनामा मात्रै ९५ वटा मुद्दा फछर्याैट भएका छन् । ६ महिना अवधीका १ सय ८८, एक वर्ष अवधीका १ सय ५९, डेड वर्ष अवधीका १ सय २९, २ वर्ष अवधीका २१ वटा र २ वर्ष नाघेका ८८ वटा गरी ५ सय ८५ वटा मुद्दा फछर्याैट भएका छन् । दुनियाँवादी देवानी प्रकृतिका ९ सय ५५ वटामा ३ सय ९० वटा ६ महिना अवधीका, एक वर्ष अवधीका १ सय ४३ वटा, डेढ वर्ष अवधिका २ सय ११, २ वर्ष सम्मका ३९ वटा र २ वर्ष नाघेका १ सय ७२ वटा रहेका छन् । फैसला भएका मध्ये अधिकांश मुद्दा कार्यान्वयनमा गएका छन् । मुद्दा फैसला कार्यान्वयन नहुँदा नागरिकहरुले न्यायको अनुभूति गर्न नपाएको बताएका छन् ।
    अदालतमा सरकारवादी फौजदारी चालु वर्षको ८ महिनामा १ सय ३ वटा दर्ता भएका थिए । अघिल्लो वर्षको जिम्मेवारी सरि आएका १ सय ९७ वटा समेत गरी चालु वर्षका लागि ३ सय मुद्दा थिए । १ सय ६६ वटा मुद्दाको फैसला हुन बाँकी छ । १ सय ३४ वटा मुद्दा चालु वर्षमा फैसला भएका छन् । सरकारवादी फौजदारी मुद्दा १६ वटा दुई वर्ष अवधि नाघेका छन् । दुनियाँबादी फौजदारी मुद्दा अघिल्लो वर्षका २ सय ७९ वटा र चालु वर्ष दर्ता भएका २ सय ८ वटा गरी ४ सय ८७ वटामा १ सय २ वटा मात्रै फैसला भएका छन् । ३ सय ८५ थान मुद्दा अझै फैसला हुन बाँकी छ । ७३ वटा मुद्दा त दुई वर्ष अवधी पुरा गरेका छन् । फौजदारी अभियोगका अघिल्लो वर्षका ४ सय ७६ वटा, चालु वर्ष दर्ता भएका ३ सय ११ वटा गरी ७ सय ८७ वटा मध्ये २ सय ३६ वटा फैसला भई ५ सय ५१ वटा बाँकी रहेको अदालतले जानकारी दिएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा अघिल्लो वर्षको जिम्मेवारी सरि आएका १ हजार २ सय ८ थान मुद्दामा ८ महिनाको अवधीमा १ हजार १ सय १९ थान थप भएका छन् । कुल २ हजार २ सय २७ थान मध्ये फागुन महिनामा १ सय ४१ थान फछ्र्याैट भएको छ । ६ महिना अवधीका २ सय २ थान, १ वर्ष अवधीका २ सय ३ थान, डेढ वर्ष अवधिका २ सय ७ थान, २ वर्ष अवधीका ४५ थान र २ वर्ष नाघेका १ सय ६५ थान समेत गरी ८ सय २१ वटा फैसला भएका छन् । ६ महिना अवधिका ६ सय ४ थान, एक वर्ष अवधीका २ सय २५ थान, डेढ वर्ष अवधिका ३ सय ३५ थान, २ वर्षसम्मका ८१ थान र दुई वर्ष अवधी नाघेका २ सय ६१ थान समेत गरी १ हजार ५ सय ६ थान मुद्दा फैसला गर्न बाँकी रहेको छ ।
    पुनरावेदनमा दर्ता भएका अघिल्लो वर्षको जिम्मेवारी सरी आएका ६ वटा, नयाँ दर्ता ६ वटा गरी १२ थान मुद्दामा २ वटा फैसला भएको छ । १० वटा मुद्दा पुनरावेदनमा फैसला हुन बाँकी छ । २ वर्ष अवधीका दुईवटा छन् । रिटमा अघिल्लो वर्षका ८ वटा जिम्मेवारी सरि आएका थिए भने चालु वर्षमा ११ वटा दर्ता गरी १९ वटा भएका थिए । जसमा ७ वटा फैसला भएका छन् । सबै मुद्दा रिट अन्र्तगतका निषेधाज्ञाका हुन् । १२ वटा निषेधाज्ञाका मुद्दा अझै फैसला हुन बाँकी छ । चालु वर्षमा दुई जना न्यायाधिशले ८ सय ३० वटा मुद्दा फैसला गरेका छन् । भदौ महिना देखि जिल्ला अदालत काभ्रेपलाञ्चोकमा एउटा इजलाश खाली छ ।