2026 August 22/ 04:27: 11pm

बनेपा नगर बाल संजालमा सन्ध्या भट्टराई
    बनेपा/बनेपा नगरपालिकामा बाल सञ्जालको पुर्नगठन गरिएको छ । बाल सञ्जाल पुर्नगठन पछि सन्ध्या भट्टराईको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको छ ।
    कमिटीको उपाध्यक्ष बिमल श्रेष्ठ, सचिब श्रेया प्रजापति, सह–सचिब हिमसिखा तिमल्सिना, कोषाध्यक्ष सक्षम पराजुली रहेका छन् । सदस्यहरुमा स्मरण लामिछाने, रन्जना बजगाई, राजन रेग्मी, मेधा खरेल, अप्सन खड्का रहनु भएको छ । कमिटीमा चयन भएका पदाधिकारीहरुलाई बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठले शुभकामना बधाई दिनु भएको थियो । नगर प्रमुख बादेले समिती बने पछि बालबालबालिका सम्बन्धी कार्यक्रम गर्न र नियमित बैठक बस्न तथा एक आपसमा छलफल गर्ने, समस्या भएमा सम्बन्धीत ठाँउमा खबर गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा अधिकृत बिजया सुबेदी, निरिक्षक निर्मला कार्की, सिर्जनशिल संस्थाका कार्यक्रम संयोजक हरिशचन्द्र घिमिरे, जिल्ला बाल सञ्जालका अध्यक्ष सुवोध धिमाल लगाएतको सहभागिता रहेको थियो ।

किशोरीहरुलाई आइरन तथा फोलिक एसिड चक्की
    बनेपा/बनेपा नगरपालिकाको आयोजनामा पोषण कार्यक्रम अन्तर्गत नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १०–१९ वर्ष सम्मका सबै किशोरीहरूलाई आइरन तथा फोलिक एसिड चक्की खुवाइएको छ ।
    चैत्र महिना भरी हप्ताको १ पटक प्रत्येक  आइतवार  आइरन तथा फोलिक एसिड चक्की खुवाउने कार्यक्रम रहेको बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतोले बताउनु भयो । उक्त कार्यक्रमको शुभारम्भ उप प्रमुख रेखा सापकोटा दाहालले गर्नु भएको थियो । किशोरीहरुलाई शारिरिक परिर्वतन सगै शारिरिक क्षमता बढाउन आईरन चक्की खुवाईएको बताउनु भयो । रक्तअल्पताको उच्च दर र यस बाट किशोरीहरुको जिवनचक्रका साथै उनिहरुको अन्तर पुस्ता सम्मलाई पर्न सक्ने स्वास्थ्य तथा पोषण सम्बन्धी असरलाई न्युनिकरण गर्न आईरन तथा फोलिक एसिड चक्की खुवाईएको सापकोटाले बताउनु भयो । कार्यक्रम बनेपा नगरपालिका वडा नम्वर १० को जनज्योती मावि र वडा नं. १३ को चक्रज्योती माविका किशोरीहरूलाई चक्की खुवाएर उप प्रमुख दाहालले शुभारम्भ गर्नु भएको थियो  । कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, १३ का वडाध्यक्ष सुर्य नारायण नापित, शिक्षा शाखाका प्रमुख श्याम सिंह धामी, स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महतो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगाएतको उपस्थिति रहेको थियो ।

ल्यान्डफिल क्षेत्रको अवलोकन
    बनेपा/बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेको नेतृत्वमा धनकुटा नगरपालिकामा नमुना रहेको ल्याण्डफिल्ड क्षेत्रको अबलोकन गरेको छ ।
    बनेपामा लामो समयदेखी फोहोरको दीर्घकालिन समस्या हुन नसकेका कारण फोहोर ब्यबस्थापन गर्न धनकुटा नगरापलिकाले गरेको ब्यबस्थापनका बारेमा अवलोकन गरेको हो । बनेपा नगरपालिकाले वडा नम्बर १४ को चतुरेमा ल्याण्डफिल्ड साईड निमार्णका लागी जग्गा खरिद गरिसेकेको र उक्त स्थानमा जानका लागी पहुँचमार्ग निमार्ण शुरु गरिएको नगर प्रमुख लक्ष्मी नरसिं बादेले बताउनु भयो । धनकुटा नगरपालिकामा कस्तो प्रकारको ल्याण्डफिल्ड साईड निमार्ण गरिएको रहेछ भनेर अबलोकन गरिएको र उक्त अबलोकन पश्चात बनेपामा समेत शुरु गरिने बताउनु भयो । नगर प्रमुख बादेले धनकुटामा बस्ती नजिकै रहेको, तर नगरबासीहरुमा चेतना र सहयोग गर्नु पर्ने बताउनु भयो । सबै नगरबासीहरुको मानसिकता परिर्वतन गरी फोहोरलाई मोहोर बनाउन सकिने र घरबाटै कुहिने र नकुहिने छुट्टाई संकलन गर्नु पर्ने बताउनु भयो । बनेपामा फोहोर ब्यबस्थापन गर्न नगरबासीले सहयोग गरी नगरका वडा नम्बर १,२,३,४,५,६,९,१०,११,१२,१३ र १४ मा ल्याण्डफिडको सम्भावान रहेको तर स्थानीयबासीलाई नगरपालिकाले बुझाउन नसकेको बताउनु भयो । धनकुटा नगरपालिकामा मुख्य बजारबाट १ किलो मिटर, बस्ती बाट १५०–देखी ४०० मिटर मात्र ढाडा राखी ल्याण्डफिल्ड साईड बनाएको, २०७० साल देखी शुरु गरिएको, २५ जनाले रोजगार पाएको, कुहिने नकुहिने फोहोरलाई घरबाटै छुट्टाईने गरिएको, कुहिनेलाई घर घरमै मल बनाएको र नकुहिने फोहोरलाई सेग्रिगेसन गरी विक्रिवितरण गर्ने गरिएको धनकुटा नगरपालिकाका बाताबरण शाखा प्रमुख उपेन्द्र खनालले बताउनु भयो । धनकुटा नगरपालिकामा ६ हजार ५ सय घरधुरी रहेको र दैनिक १२ टन फोहोर उठ्ने गरेको खनालले बताउनु भयो । अवलोकनमा प्रमुख प्रशासकिय कविराज उप्रेती, प्रशासन प्रमुख जुजुभाई मानन्धर, ईन्जिीनियर चन्दन ह्योजु लगाएतको सहभागिता रहेको थियो ।