2026 August 23/ 02:56: 16pm

संस्थाद्धारा सम्मान तथा पुरस्कार वितरण
    धुलिखेल/श्री जनजागृति तरकारी तथा फलफूल सहकारी संस्था लि.को २४ औं स्थापना दिवस संस्था लि.का पूर्व अध्यक्ष एवं सल्लाहकार प्रतापसिंह लामाको प्रमुख आतिथ्यतामा सम्पन्न गत शनिवार सम्पन्न भएको छ ।
    कार्यक्रममा संस्था लि.का सचिव नानीराम धितालले स्वागत मन्तव्य दिनुभएको थियो भने संस्था लि.को विगत देखि वर्तमान सम्मको अवस्था तथा संस्था लि.को गतिविधि संस्था लि.का उपाध्यक्ष नवराज पराजुलीले बताउनुभएको थियो ।
    संस्था लि.ले स्थापना दिवसको अवसर पारेर आफ्नो शेयर सदस्यहरुलाई सम्मान समेत गरेको थियो । संस्थाले जेष्ठ सदस्यहरुलाई नगद सहित सम्मान, कृषि व्यवसायीलाई कृषि सामग्री सहित सम्मान, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट आवधिक बचतकर्ता, उत्कृष्ट दैनिक बचतकर्तालाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रताप सिंह लामाले संस्था लि.ले विगतमा धेरै कठिनाईहरु भोगेर यो अवस्थामा आईपुगेको यस यसलाई थप अगाडि बढाउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । यसैगरी संस्था लि.मा रहेका सम्पूर्ण बचतकर्ताहरुलाई बचत गर्न प्रोत्साहन गर्नुभएको थियो । कार्यक्रममा संस्था लि.मा आबद्ध बाल शैक्षिक सदस्यहरुलाई शैक्षिक सामग्री सहित पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा संस्था लि.का सल्लाहकार, संचालक समितिका पदाधिकारीहरु, विभिन्न उपसमितिका पदाधिकारीहरु, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्था लि.का अध्यक्ष पृथ्वीमान तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।
    कार्यक्रम संस्था लि.का प्रबन्धक श्याम रानाले संचालन गरेको थियो ।