2026 August 22/ 02:24: 51pm

    बनेपा/नेकपा एमाले बनेपा नगर स्तरीय  स्थानिय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम नेकपा एमाले केन्द्रीय पोलिटिव्युरो सदस्य, काभ्रे ईन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्य भएको छ ।
    कार्यक्रममा प्रमुख अतिथी बाँस्कोटाले नेकपा एमालेले जितेका स्थानीय तहलाई निरन्तरता दिनु पर्ने बाँकी ठाँउमा जित हसिल गर्नु पर्ने बताउनु भयो । एमालेका पालामा धेरै विकासका कामहरु भएका छन् त्यसकारण पनि जनताले नेकपा एमालेलाई नै जिताउनु पर्ने बास्कोटाले बताउनु भयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष अशोक ब्यान्जु, उपाध्यक्ष चन्द्र लामा, सचिब राजन भुर्तेल, जिल्ला समन्वय प्रमुख उद्धब केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, जिल्ला कमिटी सदस्य तथा नगर ईन्चार्ज हरिशरण दाहाल, जिल्ला कमिटी सदस्य रामशरण दाहाल, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष नवराज मानन्धरले गर्नु भएको थियो भने सभापतित्व नगर अध्यक्ष रत्नकुश रञ्जीतले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन सचिब श्रीधर पराजुलिले गर्नु भएको थियो ।