धुलिखेल/अपाङ्गता भएका महिला तथा बालबालिकाहरु असुरक्षित हुने क्रम बढेको छ । विशेषगरी आफन्त, छिमेकी र प्रलोभनका आधारमा महिला र बालबालिकाहरुलाई जर्बजस्ति करणी गर्ने क्रम बढेको हो । पछिल्ला केहि घटनाहरुले अपाङ्गता भएका महिला र बालबालिकाहरु असुरक्षित देखाएको प्रहरीले बताएको छ ।
२०७८ फागुन २३ गते १७ बर्षिया सुस्त मनस्थितीकी बालिकालाई उपचार गराउने प्रलोभन देखाई अपहरण गरी जर्बजस्ति करणी गरेको अवस्थामा परिवारले फेला पारेको छ । आफन्तले उक्त अवस्थामा फेला पारे लगत्तै चैत्र ८ गते जिल्ला प्रहरी कार्यालयमा आफन्तले अपहरण पछि शरिर बन्धक बनाएको अभियोगमा जाहेरी दिएका छन् । बालिका घर परिवारको सम्पर्कमा नरही हराई बेपत्ता भएको भन्ने व्यहोराको उजुरी प्रहरी कार्यालयमा दर्ता गराएका थिए । बालिकाको आफन्त, साथीभाई, लगायत अन्य परिवारका सदस्यहरुसंँगको सोधपुछ पश्चात काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्वर १३ स्थित अनैकोट बस्ने ३३ बर्षिय आफुलाई गित संगित क्षेत्रको कलाकार हुँ भनि परिचय दिने काठमाण्डौ जिल्ला जडिबुटीमा बसी विभिन्न आयुर्वेदिक औषधीहरु बनाई बेच्ने बैद्य समेत हुँ र विभिन्न रोगहरुको निराकरण गर्न धामी झाँक्रीको कार्य समेत गर्ने मंगल कृष्ण भन्ने मंगले तामाङलाई पक्राउ गरेको हो ।
नेपाल भारतको सिमाना ईलाम जिल्लाको पशुपतीनगर क्षेत्रबाट भारततर्फ रहेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आए लगत्तै प्रहरी परिचालन गरिएको थियो । प्रहरी अधिकृत सहितको बिशेष प्रहरी टोलील विभिन्न प्रहरी कार्यालयको सहयोगमा बालिकालाई चैत्र ६ गते ईलाम जिल्लाको पशुपतीनगर क्षेत्रबाट शकुशल उद्दार गरी काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका क्षेत्र हुँदै छिमेकी राष्ट्र भारतको दार्जलिङ्ग सम्म लगी शारिरिक तथा मानसिक रुपमा कमजोर सुस्त मनस्थितिकी बालिकालाई अपहरण गरी शरीर बन्धकमा लिई जबरजस्ती करणी गर्ने मंगलकृष्ण भन्ने मंगले तामाङलाई कानून बमोजिम पक्राउ गरी अपहरण वा शरीर बन्धक सम्बन्धी कसूर र करणी सम्बन्धी कसुर अपराध शिर्षकमा मुद्दा दर्ता गरेको हो । प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले अपहरण गर्ने तामाङका बारेमा थप अनुसन्धान भईरहेको बताउनु भएको छ ।









