2026 August 22/ 12:24: 25pm

    बनेपा/ब्यवसायी, उद्योगी, समाजसेवी सुरकृष्ण बैद्य नेपाली काँग्रेसबाट सक्रिय राजनीतिमा प्रवेश गरेका छन् । बैद्यको पारिवारीक पृष्ठभूमी राजनीति भए पनि राजनीतिमा सक्रिय थिएनन् । बैद्यका बुबा आशाकाजी बैद्य जिल्ला पञ्चायतका सभापति थिए ।
    बनेपामा आयोजित नेपाली काँग्रेसको कार्यक्रममा बैद्यको सक्रिय राजनीति गर्ने घोषणा भएको थियो । बैद्य सँगै केहि उद्योगी, ब्यवसायी र विभिन्न पार्टीमा सक्रिय ब्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । बनेपाका केहि ब्यवसायीहरु पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेशीहरुलाई नेपाली काँग्रेसका महामन्त्री गगन थापा, बागमती प्रदेश सभापति इन्द्र बाँनियाले स्वागत गरेका थिए । कार्यक्रम बनेपा सभापति महेश कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।