2026 August 22/ 04:27: 02pm

    बनेपा/बनेपा नगरपालिका वडा नम्बर १३, १४ र बृहत एकीकृत खानेपानीको शिल्यान्यास गरिएको छ । बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले उक्त बृहत एकिकृत खानेपानीको शिल्यान्यास गर्नु भएको छ ।
     प्रमुख बादेले नगरमा विकास निमार्णका काम तिब्र गतिले अगाडी बढेको बताउनु भयो । नगरपालिकाको १ घर १ धारा पु¥याउने लक्ष्य अनुसार उक्त खानेपानी निमार्ण सम्पन्न पशचात नगरका १३ र १४ वडाका सम्पुर्ण घर धुरीलाई खानेपानी पुग्ने बताउनु भयो । वडा नम्बर १ देखी ४ सम्मलाई आन्तरीक स्रोतको ब्यबस्थापन गरिएको, ५,६,७,८ र ९ मा काभ्रे एकिकृत भ्यालीको खानेपानी मार्फत वितरण गरिने र १०, ११ मा डिपबोरिङ्ग मार्फत पानी वितरण गर्ने काम अन्तिम चरणमा पुगेको र वडा नम्बर १२ मा आन्तरिक श्रोत मार्फत वितरण गरी पुरै नगरबासीहरुलाई शुद्ध खानेपानी वितरण गर्न लागीएको प्रमुख वादेले बताउनु भयो । निर्वाचनमा गरिएका प्रतिबद्धताहरु पुरा हुदै गएकाले आगामी निर्वाचनमा समेत एमालेको नेतृत्व आउने वादेले बताउनु भयो ।
    उक्त बृहत खानेपानीका लागी खानेपानी सेवा नियमन तथा पुनस्र्थापना कार्यक्रम अन्र्तगत कुल लागत रकम ८० प्रतिशत रकम नेपाल सरकार र २० प्रतिशत उपभोक्ता संस्थाले ब्यहोर्नु पर्ने गरी कुल रकम अक्षेरुपी ९ करोड ८४ लाख ६९ हजार ९ सय ८ को लागत इष्टिमेटमा आयोजना सम्पन्न हुने आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाबाट बनेपा नगरपालिकाको वडा नम्बर १३, १४ का ८ सय ७८ घरधुरीको जम्मा ५ हजार २ सय १२ जना लाभान्वीत हुने वडा नम्वर १४ का अध्यक्ष गौरी राउतले बताउनु भयो । आयोजना अन्र्तगत ईन्टेक ६ वटा, सेडिमेन्टेसन टैङ्क २ वटा, स्लो स्यान्डफिल्टर, पानी ट्याङ्की विभिन्न साईजका १० वटा, पम्पहाउस २ वटा, कलेक्सन ६ वटा पम्पीङ्ग स्टेज १ स्टेज, ट्रान्समिसन पम्पिङ्ग मेन १.१६ किमि, ट्रान्समिसन मेन १०.०१ किमि, वितरण पाईपलाई १६.९८ किमि र जम्मा पाईप लाईन २८.१५ किमी रहेको जनाएको छ । कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहालले निर्वाचनमा गरिएका प्रतिबद्धता अनुसार नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाको पहलमा संघीय सरकार मार्फात र नगरपालिकाको समन्वयमा उक्त आयोजना शुरु गरीएको बताउनु भयो । एक घर एक धारा अन्र्तगत स्थानीय उपभोक्ताहरुलाई उक्त खानेपानी आयोजनाले सहज गर्ने बताउनु भयो । निर्वाचनमा गरेका प्रतिबद्धता अनुसार खानेपानी, पक्की सडक, विद्यालय, स्वास्थ्य चौकीका भवन, वडा कार्यालयका भवन, विभिन्न तालिम प्रदान गरी आत्मनिर्भर बनाईएको बताउनु भयो । सापकोटाले आयोजनाको काम गुणस्तरीयता गरी समयमा नै सम्पन्न गराउनु पर्ने बताउनु भयो । शिल्यान्यास कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, वडा नम्वर १३ का वडा अध्यक्ष सुर्यनारायण नापीत, १४ का वडा अध्यक्ष गौरी राउत,  उपभोक्ता समितीका पदाधिकारी, स्थानीयको सहभागिता रहेको थियो ।