बनेपा/राप्रपाका नेता, जिल्ला विकास समितिका पूर्वसभापति एवं समाजसेवी बनेपा निवासी गोपाल सिं मुस्याजूको उपचारका क्रममा हिजो बुधबार निधन भएको छ । ९५ बर्षीय मुस्याजू ४५ दिन देखि नर्भिक अस्पतालमा उपचारार्थ हुनुहुन्थ्यो ।
गोपाल सिं मुस्याजुका दुई छोरा र चार छोरी छन् । माघ १२ गते कोभिड संक्रमण भए पछि मुस्याजुलाई अस्पताल भर्ना गरिएको थियो । फोक्सोमा संक्रमण भई निमोनिया भएका कारण लामो समयसम्म उपचारार्थ भर्ना गरिएको छोरा उदय सिं मुस्याजुले बताउनु भएको छ । बुधबार अस्पतालमा गोपाल सिंको निधन भए पछि बनेपामा ल्याईएको थियो । मुस्याजूको अन्त्येष्टी आज विहिबार बनेपाको उग्रतिर्थमा हुने छ । उहाँ राप्रपा काभ्रेको संस्थापक नेता हुनुहुन्छ । चेष्टा साप्ताहिक परिवार उहाँको निधन प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गर्दछ ।









