बनेपा/नेकपा एमाले काभ्रे चुनावी अभियानमा होमिएको छ । एमालेले विद्यान अनुसार जिल्ला कमिटीको अधिबेशनसँगै टोल कमिटी गठन र प्रशिक्षणलाई जोड दिएको छ । सबै पालिका, विभाग र वडा स्तरको जिम्मेवारी बाँडफाँड गर्दै चुनावी अभियानमा होमिएको जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भयो ।
‘केन्द्रको निर्णय अनुसार एमाले काभ्रेका सबै कमिटीहरु निर्वाचन तयारीमा जुटेका छौं’–एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो–‘हरेक दिन २० वटा भन्दा धेरै टोल कमिटी गठन, प्रशिक्षण, भेला र अन्र्तक्रिया भईरहेका छन् ।’ कार्यविभाजनसँगै एमालेका नेता कार्यकर्ताहरु आगामी स्थानीय तहको निर्वाचनका लागि तयारी गर्न टोल टोल पुगेका हुन् । टोल अभियान सकिए लगत्तै एमालेले घर दैलो अभियानका लागि योजना सहित जाने तयारी गरेको सचिव राजन भुर्तेलले जानकारी दिनु भएको छ । एमालेले स्थानीय निर्वाचन तयारी प्रशिक्षण कार्यक्रमको तालिका समेत सार्वजनिक गरेको छ । चैत्र १० भित्र पहिलो चरणको प्रशिक्षण कार्यक्रम सम्पन्न हुने एमाले अध्यक्ष ब्याञ्जुले बताउनु भयो ।
‘म जिताउँछु मेरो वडा, म जिताउँछु मेरो पालिका’ भन्ने योजनाक ासाथ पार्टीका सबै कमिटीहरु परिचालित हुनेछन् । बैठकले पदाधिकारी सहित ३२ सदस्यीय सचिवालय गठन गरेको छ भने १ सय २२ सदस्यीय जिल्ला कमिटीका सबै सदस्यहरुलाई जिम्मेवारी तोकेको छ । अध्यक्ष अशोक ब्याञ्जुलाई समग्र पार्टीको नेतृत्व तथा पेशागत महासंघको इन्चार्ज तोकिएको छ भने उपाध्यक्ष चन्द्र लामालाई वित्त तथा कोष ब्यवस्थापनको प्रमुखको जिम्मेवारी तोकिएको छ । सचिव राजन भुर्तेललाई संगठन विभागको प्रमुख तोकिएको छ भने उप सचिव राजकुमार सापकोटालाई पार्टी स्कुल विभागको प्रमुख तोकिएको छ । उप सचिव रिता गौतम ढकाललाई प्रचार तथा प्रकाशन विभागको प्रमुख तोकिएको छ ।
इन्द्र तामाङलाई स्थानीय विकास विभागको प्रमुखका साथै प्रतिनिधि सभा क्षेत्र नम्वर १ को क्षेत्रीय समन्वय कमिटीको संयोजक तोकिएको छ । सह संयोजक विदुरप्रसाद हुमागाईलाई तोकिएको छ । सञ्जीव ढकाललाई सचिवको जिम्मेवारी तोकिएको छ । सोहि क्षेत्रको प्रदेश सभा १ क मा दिलिप तामाङलाई क्षेत्रीय समन्वय कमिटीको संयोजक तोकिएको छ । सह संयोजक नरध्वज तामाङलाई तोकिएको छ । सचिव हरिशरण खरेललाई तोकिएको छ । प्रदेश सभा १ ख क्षेत्रीय समन्वय कमिटीमा शान्ता न्यौपानेलाई संयोजक तोकिएको छ । सचिव निरोज पाण्डेलाई तोकिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ क्षेत्रीय समन्वय कमिटी र सामाजिक सेवा विभागको प्रमुख रामशरण दाहाललाई तोकिएको छ । सह संयोजक शिवप्रसाद न्यौपानेलाई तोकिएको छ । टिकाराम लामालाई सचिवको जिम्मेवारी दिईएको छ । त्यस्तै हरि खतिवडालाई प्रदेश सभा २ क क्षेत्रीय समन्वय कमिटीको संयोजकको जिम्मेवारी दिईएको छ ।
त्यस्तै हरिकुमार मैनालीलाई सचिवालय सदस्यका साथै कार्यालय सचिवको जिम्मेवारी दिईएको छ । प्रदेश सभा २ ख र नेपाल राष्ट्रिय भुतपुर्व प्रहरी तथा सैनिक संगठनको जिम्मेवारी भैरव केसीलाई तोकिएको छ । सह संयोजक रेखा सापकोटा दाहाललाई दिईएको छ । त्यस्तै सुन्दर खड्कालाई प्रदेश सभा क्षेत्र नम्वर २ ख को क्षेत्रीय समन्वय कमिटी र कार्यालय उप सचिवको जिम्मेवारी दिईएको छ । बैठकले १ सय १७ जनाको सल्लाहकार कमिटी गठन गरेको छ । बैठकले दशौ जिल्ला अधिबेशनबाट सदस्यमा निर्वाचित जगन्नाथ अधिकारीको माघ १९ गते भएको असामयीक निधन प्रति भावपूर्ण श्रद्धासुमन ब्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको सचिव राजन भुर्तेलले जानकारी दिनुभयो ।









