– प्रति योजना ५ देखि ३० लाखसम्म
धुलिखेल/संघ सरकारले सांसद्हरुले वितरण गर्ने रकम दुरुपयोग भएको जनाउँदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र आर्थमन्त्री विष्णु पौडेलले खारेज गरेको संसद् विकास कोषको बजेट प्रदेश सरकारले दिने निर्णय गरेसँगै प्रदेशबाट निर्वाचित सांसद्हरुले विनियोजन गरेका योजना खल्तिबाट छनौट भएका छन् । प्रति सांसद् प्रत्यक्षतर्फ १ करोड ५० लाख र समानुपातिक तर्फ ५० लाख रकम खर्च गर्न पाउने ब्यवस्था छ ।
जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा बस्ने बैठकले अनुमोदन गर्ने र बजेट विनियोजनका लागि अलग्गै कार्यविधि तय गरेको भए पनि सांसद्हरुले आफुले प्रभावित बनाउन सक्ने क्षेत्रमा बजेट विनियोजन गरेका छन् । प्रतिनिधि सभा क्षेत्र नम्वर १ अन्र्तगत प्रदेश सभा १ (१) मा रत्न ढकालले १५ वटा योजनाका लागि तेमाल गाउँपालिकामा तीन, रोशी गाउँपालिकामा चार, चौरीदेउरालीमा दुई, महाभारत गाउँपालिकामा पाँच र नमोबुद्ध नगरपालिकामा १ वटा योजना छनौट गर्नु भएको छ । मन्त्री समेत रहेका ढकालले ५ लाख देखि १२ लाख सम्मका योजनामा रकम विनियोजन गरेका छन् । उक्त योजनाहरुको रकम सम्बन्धित पालिकामा जाने छ । सोहि पालिकाबाट सम्झौता गरी रकम खर्च हुनेछ ।
प्रदेश सभा १(२) मा पूर्व मन्त्री समेत रहेका चन्द्र लामाले १३ वटा योजना छनौट गरेका छन् । पनौतीमा १, नमोबुद्धमा ३, धुलिखेलमा ३, रोशीमा २ र खानीखोलामा ४ वटा योजना छनौट भएका छन् । लामाले पनि न्युनतम ५ लाख देखि ३० लाखसम्मका योजनामा रकम विनियोजन गरेका छन् । त्यस्तै प्रदेश निर्वाचन क्षेत्र २(१) मा सांसद लक्ष्मण लम्सालले १४ वटा योजनामा रकम विनियोजन गरेका छन् । मण्डनदेउपुर नगरपालिकामा ३, धुलिखेलमा २, भुम्लुमा २ र पाँचखाल नगरपालिकामा ७ वटा योजनामा रकम विनियोजन भएको छ । यसअघि पनि लम्सालले विनियोजन गरेका योजना विवादित थिए । उपभोक्ता समितिका नाममा अनियमिता गरेको उजुरी अझै फछ्र्यौट हुन सकेको छैन । लम्सालले विनियोजन गरेका योजना ७ लाख देखि २० लाखसम्मका छन् ।
त्यस्तै मन्त्री समेत रहेका प्रदेश निर्वाचन क्षेत्र नम्वर २(२) का सांसद बसुन्धरा हुमागाईले १५ वटा योजनामा रकम विनियोजन गरेका छन् । मण्डनदेउपुर नगरपालिकामा १, पनौती र बनेपा नगरपालिकामा ५÷५ र बेथान्चोक गाउँपालिकामा ४ वटा योजनामा रकम विनियोजन भएको छ । हुमागाईले पनि ५ लाख देखि १५ लाख सम्मका योजनामा रकम विनियोजन गरेका छन् । गाउँपालिकाका वडाहरुले वितरण गर्ने जस्ता योजनामा सांसदहरुले रकम विनियोजन गरेका छन् । समानुपातिक सांसद गोमा भुर्तेलले नमोबुद्धमा ३, तेमाल र रोशी गाउँपालिकामा १÷१ वटा योजनामा रकम वितरण गर्नु भएको छ । उहाँले ५० लाख रकममा ५ लाख देखि १५ लाख रकमसम्ममा रकम विनियोजन गर्नु भएको छ ।









