2026 August 22/ 09:24: 48am

बनेपा/नेकपा एमाले काभ्र्रेको १० औ जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सोमबार सपथ खुवाईएको छ । निर्वाचन समितिका संयोजक इश्वर शर्मा बञ्जाराले अध्यक्ष अशोक ब्याञ्जुलाई सपथ गराएसँगै अध्यक्ष ब्याञ्जुले अन्य पदाधिकारी र सदस्यहरुलाई सपथ गराउनु भएको थियो । एमाले काभ्रेको अधिबेशन पौष २३ गते शुरु भई २६ गते समापन भएको थियो । 
    सपथ कार्यक्रमसँगै एमाले काभ्रेको पहिलो बैठक बसी विभिन्न निर्णयहरु गरेको एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनु भयो । ‘पहिलो बैठकले अधिबेशन सम्पन्न गर्नेहरुलाई धन्यवाद दिनुका साथै विभागहरुको गठन, इन्चार्ज तथा सह इन्चार्जहरु र अन्य जिम्मेवारी तोक्ने निर्णय गरेको छ’–अध्यक्ष ब्याञ्जुले भन्नुभयो–‘एमालेको समग्र ध्यान आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि केन्द्रित गर्ने निर्णय भएको छ ।’ एमाले काभ्रेको अध्यक्षमा ब्याञ्जु, उपाध्यक्ष प्रदेश सभा पुर्व मन्त्री चन्द्र लामा, सचिव राजन भुर्तेल र उपसचिवमा राजकुमार सापकोटा र रिता ढकाल निर्वाचित भएका थिए । पहिलो पटक एमालेले काभ्रेमा विद्युत्तिय मेशिन मार्फत लोकतान्त्रिक विद्यी मार्फत मतदान गराएको थियो । सपथ कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश कमिटी इन्चार्ज काशिनाथ अधिकारी, पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटा, केन्द्रीय कमिटी सदस्य रेशम लामा, प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियो । 
    सत्ता गठवन्धनका कारण मुलुकमा सिर्जित समस्या तथा नागरिकहरुका अधिकार प्रति भईरहेको कुठाराघात, मुल्यबृद्धी, अराजकताको अन्त्यका लागि एमालेले तीनै तहका निर्वाचनमा विजयी हासिल गर्नु पर्ने नेताहरुले बताएका छन् । बैठकले एमालेको जिल्ला अधिबेशनमा निर्वाचित भई सपथ नै गर्न नपाई निधन भएका एमाले नेता जगन्नाथ अधिकारीको निधन प्रति शोक ब्यक्त गरेको थियो । एमालेको जिल्ला अधिबेशन अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको थियो । उद्घाटनमा एमालेले जिल्लाकै सबै भन्दा ठुलो उपस्थिती गराएको थियो ।