धुलिखेल/खाद्य, उर्जा सुरक्षा, उर्जा ब्यवस्थापन तथा कार्बन उत्र्सजन न्यूनिकरणका लागि प्राविधिक रूपमा नेपालकै पानी र बिजुली प्रयोग गरी इलेक्ट्रिोलाईसिस बिधिबाट रसायानिक मल उत्पादन सम्भव भएको निश्कर्ष निकालिएको छ ।
काठमाडौ विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुले संस्थागत रुपमै तयार पारेको प्राविधिक प्रतिवेदनमा नेपालमा ग्रिन हाईड्रोजनको माध्यमबाट युरिया रसायनिक मल उत्पादन गर्न सम्भव भएको निश्कर्ष निकालेको हो । ‘नेपालमै विजुलीको प्रयोगबाट र रसायनिक मल उत्पादन सम्भव छ’–काठमाडौ विश्वविद्यालय ग्रिन हाईड्रोजन ल्यावका संयोजक प्रो.डा. विराज सिहं थापाले भन्नुभयो –‘विजुलीको प्रयोग गरेर हाईड्रोजन उत्पादन गरी नेपालमा प्रयोग हुने प्रेट्रोलियम पदार्थ विस्थापन गर्ने, कार्वन उत्र्सजन न्युनिकरण गर्दै रसायनिक मल उत्पादन सम्भव छ ।’ विश्वविद्यालयका तर्फबाट लगानी बोर्ड, उर्जा र कृषि मन्त्रालय तथा विद्युत्त प्राधिकरणलाई नेपालमै विद्युत्त महशुल सहुलियत उपलब्ध हुँदा रसायनिक मल उत्पादन सम्भव भएको कार्यपत्र प्रस्तुत गरिएको थियो । महङ्गो विजुली हुँदासम्म तत्कालका लागि नेचुरल ग्याँस मार्फत सस्तो हुने भए पनि दीर्घकालीन रुपमा नेपालमै भएको जलश्रोत र विद्युत्त उत्पादनको अवस्थाबाट त्यहि प्रविधिमा जानु पर्ने विश्वविद्यालयका प्राध्यापकहरुको सुझवा छ । यो अभियानमा विश्वविद्यालयका उपकुलपति डा. भोला थापा स्वंयमको अग्रसरता छ ।
‘नेपालकै पानी र बिजुलीको प्रयोग गरी हाईड्रोजन ग्याँस उत्पादन गर्ने, सिमेन्ट तथा अन्य उधोगबाट कार्बाइडाईअक्साईड क्यापचर गर्ने, वायुमण्डलबाट नाईट्रोजन क्यापचर गरी रसायनिक मल नेपालमै उत्पादन गर्नु राष्ट्रिय आवश्यकता हो’– काठमाडौ विश्वविद्यालयका प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामाले भन्नुभयो–‘रसायानिक मल जनताको खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको हुँदा यसको उत्पादन नेपाल सरकारले नै गर्नुपर्छ । न्याचुरल ग्याँस अन्य मुलुकबाट आयात गर्नुपर्ने हुँदा इलेक्ट्रोलाइसिस नेपालकै बिजुली र पानी प्रयोग गर्ने बिधिबाट युरिया उत्पादन गर्न सम्भव छ र सकिन्छ ।’ डा. राम लामाले नेपालको बिजुली खपद गर्न, युरिया उत्पादनमा अन्य मुलुकसँग परनिर्भरता नहुन, खर्बौ पैसा बाहिर देशमा पठाउन रोक्न, कार्बन उत्सर्जन घटाउन, रोजगारीको सुनिश्चित्ता गर्न, ईनर्जिमा आत्मनिर्भर हुदै देशको अर्थतन्त्र बलियो बनाउन नेपालमा विद्युतको माध्यमबाट रसायनिक मल उत्पादन गर्न आवश्यक रहेको बताउनु भयो ।
नेपालमा बार्षिक १२ लाख मेट्रिक टन रसायनिक मल आवश्यक रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल सरकारले आवश्यक ठान्दा विश्वद्यिालयको तर्फबाट प्राविधिक सहयोग उपलब्ध हुने स्कुल अफ इन्जिनियरिङ्ग विभागका डिन डा. विजेश अधिकारीले बताउनु भयो । केमिकल इन्जिनियर तर्फका कोअर्डिनेटर डा. विवेक उप्रेतिले वर्षायाममा खेर गएको विजुलीबाट हाईड्रोजन उत्पादन गरी रसायनिक मलका लागि आवश्यक पर्ने कच्चा पदार्थ तयार गर्न सकिने बताउनु भयो । रसायिनक मल उत्पादनका लागि सरकारले बर्षेनी उपलब्ध गराउने अनुदान रकम उद्योग स्थापनामा लगानी गर्ने हो भने पनि नेपालमा दिगो रुपमा रसायनिक मल उत्पादन सम्भव भएको प्राध्यापकहरुले बताएका छन् ।
नेपालबाट विदेशिने पुँजी नेपालमै रहँदा रोजगार तथा नेपालको बार्षिक आय बृद्धी हुँदै सम्भवना नै सम्भावनाको अवसर रहने प्राध्यापकहरुले बताएका छन् । नेपाल सरकार, राजनीतिक दल र सरोकारवाला निकायहरुलाई नेपालमै सम्भव भएको विद्युत्तबाट रसायनिक मल उत्पादन गर्ने प्रविधि प्रयोगमा ल्याउन र त्यस सम्वन्धी थप अध्ययन गर्न अनुरोध गरिएको छ । सरकारले निर्णय गरी कार्यान्वयन शुरु गरेको डेड वर्षमा रसायनिक मल उत्पादन सम्भव भएको डा. विराज सिंह थापाले बताउनु भयो ।









