2026 August 22/ 09:23: 02am

बनेपा/लामो समय देखी बनेपामा सञ्चालनमा आएको केबी पोलिक्लिनिक उच्च प्रविधि र थप ब्यवस्थापन सहित सञ्चालनमा आएको छ । 
क्लिनिकको बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ । बादेले नगरमा स्वास्थ्य क्षेत्रमा थप ईट्टा थपिएको बताउनु भयो । नगरले नगरबासीहरुका लगाी स्वास्थ्य क्षेत्रमा ठुलो राहत प्रदान गरेको बताउनु भयो । आफु निर्वाचित भएपछि नगरबासीहरुका लागी आँखामा भएको मोतिबिन्दुको निःशुल्क अपरेसन गर्दै आएको र अहिले सम्म १० हजार जनाको उपचार भएको, निःशुल्क पाठेघरको अप्रेसन गर्दै आएको, कोभिड माहामारीमा नगरबासीहरुलाई निःशुल्क उपचार गरेको बताउनु भयो । नगरपालिकाले निजी स्वास्थ्य संस्थाहरु सँग सहकार्य गर्दै जाने बादेले बताउनु भयो । 
कार्यक्रममा पोलिक्लिनिकका प्रमुख सुनिल बैद्यका अनुसार प्रविधिको विकाससँगै नयाँ प्रविधिका मेशिन र थप ब्यबस्थापन गरी क्लिनिक सञ्चालन गरिएको बताउनु भयो । बनेपामा पहिलो पटक अत्याधुनिक सुविधा सहित क्लिनिक सञ्चालन भएको यो पहिलो रहेको बताउनु भयो । सरल र सहज रुपमा विरामीहरुलाई सेवा प्रदान गर्ने बैद्यले बताउनु भयो । बनेपा नगरपालिकामा लामो समयदेखी सञ्चालन गर्दै आएको र विरामीहरुको विश्वास जित्न सफल भएको उक्त क्लिनिकले केहि समय पछि अस्पताल सञ्चालन गर्ने बैद्यले बताउनु भयो । क्लिनिकमा बरिष्ठ फिजिसिएन डा.आकाश बैध, बरिष्ठ बाल विशेषज्ञ डा.कबि राई, नाक कान घाँटी रोग विशेषज्ञ डा. रुपक खड्काले सेवा प्रदान गर्ने बताईएको  छ । क्लिनिक सञ्चालनको अवसरमा फागुन १ देखी ७ गते सम्म निःशुल्क स्वास्थ्य परिक्षण गर्ने, औषधीमा १५ प्रतिशत सम्म छुट दिने, ल्याब, एक्सरे, भिडियो एक्सरे, ई.सि.जि परिक्षणमा ३० प्रतिशत छुट दिने, सुगरका विरामीहरुका लागी फास्टिङ्ग, पि.पि र र्याडीम निःशुल्क परिक्षण गर्ने लगायतका सेवाहरु रहेको बताईएको छ ।