पत्रकार कार्कीलाई पितृ शोक
बनेपा/आजाद मावि बनेपाका संस्थापक शिक्षक, शिक्षासेवी एवं समाजसेवी राजेन्द्र जोशीको ९९ बर्षको उमेरमा निधन भएको छ । बनेपा तथा आसपासका क्षेत्रमा शिक्षासेवी राजेन्द्र जोशीले पु¥याएको योगदानको स्मरण गरेका छन् । जोशीको निधनले अपूरणीय क्षति पुगेको छ ।
पाटनमा जन्मिएर ५७ वर्षसम्म निरन्तर बनेपामा शिक्षण पेशामा संलग्न जोशीले शिक्षाको सुधार तथा संस्थागत विकासका लागि लामो समय देखि योगदान पु¥याउनु भएको थियो । जोशीका दुई श्रीमती सहित ५ छोरा र ६ छोरी मध्ये कान्छी श्रीमतीको २०७२ सालमा निधन भएको छ । जोशी परिवारलाई परेको शोकमा विभिन्न क्षेत्रका ब्यक्तिहरुले समवेदना ब्यक्त गरेका छन् भने राजेन्द्र जोशी प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरिएको छ ।
त्यस्तै पत्रकार राजाराम कार्की, स्टेशनरी ब्यवसायी तथा कृष्णराम र श्रीराम कार्कीका पूजनिय पिता सिताराम कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ । कार्कीको श्रीमती, ३ छोरा र २ छोरी छन् । पत्रकार महासंघ काभ्रेका का.वा अध्यक्ष विनोद न्यौपाने र पत्रकारसँग सम्बन्धित संघ संस्थाले पत्रकार राजाराम कार्कीको बुबाप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना ब्यक्त गरेका छन् ।









