६५ वटा कानून निर्माण
धुलिखेल/धुलिखेल नगरपालिकाको सोमबार शुरु गरेको दशौं विधेयक अधिबेशनमा पाँचवटा विधेयक पेश भएका छन् । आईतबार विधेयक सम्बन्धी विषयगत समितिको छलफल सकिएको थियो ।
नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले सोमबारबाट शुरु हुने दशौ अधिबेशनमा विधेयकका बारेमा दफादार छलफल हुनेछ । नगर सभामा स्थानीय सेवा बिधेयक २०७८, धुलिखेल नगरपालिकाको संगठन तथा ब्यवस्थापन सर्भेक्षण प्रतिवेदन २०७८, धुलिखेल नगरपालिकाको स्थानीय राजपत्र प्रकाशन सम्बन्धी विधेयक २०७८, धुलिखेल नगरपालिकाको पशुपंक्षी ब्यवसाय प्रर्वद्धन विधेयक २०७८ र धुलिखेल नगरपालिकाको आमसंचार विधेयक २०७८ विषयगत समितिमा छलफल भई पास भएको छ । स्थानीय सरकारहरुले आमसंचार विधेयक तयार गरेको जिल्लामा पहिलो हो । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले आमसचार विधेयकको मस्यौदा तयार गर्नु भएको थियो ।
‘संविधान प्रदत्त विचार र अभिव्यक्ति स्वतन्त्रता एवं सुचूचित हुन पाउने नागरिक हकलाई सुनिश्चत गर्दै स्वतन्त्र, निष्पक्ष र व्यावसायिक सञ्चार माध्यमको दिगो विकास र प्रर्बद्धन एवम् सञ्चारकर्मीको स्वतन्त्रतालाई सुनिश्चित गर्न बान्छनीय भएकाले धुलिखेल नगरपालिका सभाले नेपालको संविधानको धारा २२६ (१) बमोजिम धुलिखेल नगरपालिका आमसञ्चार ऐन २०७८ जारी गर्ने तयारी गरेको हो’–धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘पत्रकरिता क्षेत्रको संस्थागत विकास र श्रमजीवी पत्रकारको हितका लागि पत्रकार कल्याणकारी कोष स्थापना र सञ्चालन गर्न, उक्त कोषमार्फत् जेष्ठ पत्रकार सम्मानवृत्ति, श्रमजीवी पत्रकार छात्रबृति, तालिम, पत्रकार लेखनवृत्ति तथा पुरस्कार र पत्रकार विमा सञ्चालन गरिने छ ।’ नगर प्रमुख ब्याञ्जुले आमसञ्चार संस्थामा कार्यरत श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरू सम्वन्धी अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ ।
धुलिखेल नगरपालिकाले हालसम्म ६५ वटा भन्दा धेरै नियमावली, कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले जानकारी दिनुभयो । नगरकार्यपालिका कार्यसम्पादन नियमावली २०७४, नगरकार्यपालिका कार्य विभाजन नियमावली २०७४, नगरकार्यपालिका बैठक सञ्चालन सम्बन्धी कार्यविधि २०७४, नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि २०७४, आधारभूत तह कक्षा ८ को परीक्षा व्यवस्थापन कार्यविधि, २०७४, न्यायिक समिति सदस्य निर्वाचन सम्बन्धी कार्यविधि, २०७४, धुलिखेल नगरपालिकाको एफएम रेडियो (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि, २०७४, स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, २०७४, धुलिखेल नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने नियमावली, २०७४, धुलिखेल नगरपालिका विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन तथा नियमन कार्यविधि, २०७४, धुलिखेल नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७४, भिजन पेपर घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि २०७५, धुलिखेल नगरपालिका स्थानीय आधारभूत स्वास्थ्य तथा व्यवस्थापन कार्यविधि, २०७५, अपांगता भएको व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५, युवा परिषद (गठन तथा सञ्चालन) कार्यविधि, २०७५, महिला परिषद (गठन तथा सञ्चालन) कार्यविधि, २०७५, दलित परिषद (गठन तथा सञ्चालन) कार्यविधि, २०७५, अपाङ्ग परिषद (गठन तथा सञ्चालन) कार्यविधि, २०७५, जनजाति परिषद (गठन तथा सञ्चालन) कार्यविधि, २०७५, बाल संरक्षण नीति तथा आचारसंहिता, २०७५, धुलिखेल नगरपालिकाको संस्था दर्ता सम्बन्धि कार्यबिधि, २०७५, बाल संरक्षण कार्यविधि २०७५, धुलिखेल नगरपालिकाको कृषक समूह गठन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५, धुलिखेल नगरपालिकाको आपतकालिन व्यवस्थापन कार्यसञ्चालन कार्यविधि २०७५, धुलिखेल नगरपालिकाको टोल विकास संस्था कार्यविधि २०७५, धुलिखेल नगरपालिकाको योजना तर्जूमा कार्यान्वयन कार्यविधि २०७५, धुलिखेल नगरपालिकाको सार्वजनिक खरिद नियमावली २०७५, धुलिखेल नगरपालिकाको चौबर्षीय कृषि विकास रणनीतिक योजना २०७५, धुलिखेल नगरपालिकाको नगर विकास योजना क्ष्ग्म्ए प्रतिवेदन २०७५, धुलिखेल नगरपालिकाको कार्य विभाजन नियमावली (पहिलो संशोधन) २०७६, धुलिखेल नगरपालिकाको चाडपर्व तथा जात्रापूजा व्यवस्थापन नियमावली २०७६, धुलिखेल नगरपालिकाको विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन तथा नियमन (प्रथम संशोधन) कार्यविधि २०७६, धुलिखेल नगरपालिकाको नगर योजना परिषद् गठन सम्बन्धी कार्यविधि २०७६, धुलिखेल नगरपालिकाको नमूना विद्यालय प्रधानाध्यापक छनौट सम्बन्धी कार्यविधि, २०७६, धुलिखेल नगरपालिकाको करारमा कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि २०७६, धुलिखेल नगरपालिकाको स्थानीय निर्माण कार्यविधि २०७६, स्थानीय पाठ्यक्रम निर्माण कार्यविधि २०७६ कार्यान्वयनमा आएको छ ।
नगरपालिकाका प्रशासकिय अधिकृत गायत्रीरमण घिमिरेका अनुसार धुलिखेल नगरपालिकाको अल्पकालिन सुरक्षित आश्रय सेवा केन्द्र व्यवस्थापन कार्यविधि २०७६, धुलिखेल नगरपालिकाको विपद राहत सम्बन्धी मापदण्ड २०७६, धुलिखेल नगरपालिकाको दिसाजन्य लेदो व्यवस्थापन नीति २०७७, धुलिखेल नगरपालिकाको होम स्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७, उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७७, धुलिखेल नगरपालिकाको योजना तर्जूमा कार्यान्वयन कार्यविधि (संशोधन) २०७७, धुलिखेल नगरपालिकाको बाल संवेदनशील अभिभावक कक्षा सञ्चालन कार्यविधि २०७७, धुलिखेल नगरपालिकाको उपमेयरसंग महिला कार्यक्रम सञ्चालन कार्यविधि २०७७, धुलिखेल नगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७७, धुलिखेल नगरपालिकाको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि,२०७८, धुलिखेल नगरपालिकाको प्रधानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि,२०७८, धुलिखेल नगरपालिकाको गुनासो व्यवस्थापन कार्यविधि,२०७८, धुलिखेल नगरपालिकाको जलस्रोत उपयोग नियमावली,२०७८, कोभिड १९ को महामारीबाट प्रभावित अति बिपन्न परिवारलाई नगद हस्तान्तरण गर्ने सम्बन्धि कार्यविधि २०७८ कार्यान्वयनमा आईसकेको छ ।









