2026 August 23/ 03:34: 55pm

    काठमाडौ/काभ्रेपलाञ्चोक जिल्लाको संघीय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ अन्र्तगत ‘क’ निर्वाचन क्षेत्रबाट तत्कालिन नेकपा एमालेको सुर्य चिन्हबाट विजयी लक्ष्मण लम्साल गठवन्धनको कन्र्फरटेबल सरकारको योजना अनुसार सरकारलाई तिर्नु पर्ने भाडा तिर्नु भएको छैन । नैतिकताको कुरा उठाएर नथाक्ने सांसद लम्सालको क्याफेले वर्षाै रकम नतिर्दा समेत विभागिय मन्त्री मौन छन् । सांसद लम्साको प्राणनाथ क्याफेमा शेयर छ । उनि सांसद हुनु अघि देखि नै उक्त होटल संचालनमा लगानी थियो ।
    नेकपा एकीकृत समाजवादीका नेता तथा बागमति प्रदेशका सांसदसमेत रहनुभएका लक्ष्मण लम्साल सहितका ब्यक्तिहरुले सञ्चालन गरेको प्राणनाथ क्याफेले तिर्न बाँकी रकम मिनाहाका लागि पर्यटनमन्त्री प्रेम आलेले प्रकृया शुरु गरेको रहस्य बाहिरिएको छ । कोषका अनुसार सो क्याफेले पौष मसान्तसम्मको ८६ लाख ८१ हजार ८७ रुपैयाँ भाडाबापतको रकम बुझाउन बाँकी छ । पर्यटनमन्त्री आले भने ब्यवसाय गरेर कमाउने आफ्नो पार्टीका सांसदलाई छुट गराउन र पशुपति क्षेत्र बिकाश कोषलाई टाट पल्टाउने योजनामा लाग्नुभएको छ ।
    पशुपति क्षेत्र बिकाष कोषसँग सांसद लम्साल र कृष्णप्रसाद रिजालसहितका ब्यक्तिहरुले २०७२ साल साउन ३२ गते प्राणनाथ क्याफे सञ्चालनको सम्झौता गरेका थिए । पशुपति क्षेत्र बिकास कोषको स्वीकृत गुरुयोजना अन्तर्गत तीलगंगास्थित पर्यटन सूचना केन्द्रमा पर्यटकहरुका लागि प्रवेश टिकट बिक्रि काउण्टरसहित सेवा सुविधा पु¥याउने उदेश्यले निर्माण गरिएको भवनमा चिया कफीको सुविधा सहितको शुद्ध शाकाहारी चमेना गृह एवं सोभिनियर पसल सञ्चालनका लागि लम्सालसहितका सञ्चालकले सम्झौता गर्नु भएको थियो । सम्झौता अनुसार कोषलाई मासिक ७१ हजार ५ सय रुपैयाँको दरले भाडा बुझाउने पर्नेमा लम्सालसहितका नेताहरुले कोषलाई भाडा नतिरी अटेर गरेका हुन । संझौंतामा ३० बुँदे शर्त राखिएको छ । जसको २२औं बुँदामा भाडा सम्बन्धी ब्यवस्था रहेको छ ।
    प्राणनाथ क्याफे सञ्चालकले भवनमा चिया कफीको सुविधा सहितको शुद्ध शाकाहारी चमेना गृह (भेजिटेरियन क्याफे) एवं सोभिनियर पसल (पर्यटन सेवा केन्द्र) तिलगंगाको भवनमा सञ्चालन गरे बापत पहिलो पक्ष (कोष) लाई मासिक ७१,५०० (एकहत्तर हजार पाँच सय रुपैया मात्र) प्रत्येक महिनाको ७ गतेभित्र बुझाउनु पर्नेछ । १० प्रतिशत बिलम्ब शुल्क सहित सोही महिनाको मसान्तभित्र शुल्क बुझाउन सकिने छ । प्रत्येक बर्ष सम्झौताको भाडादरमा १० प्रतिशतका दरले बृद्धि गरिने उल्लेख छ । बृद्धि भएको भाडादर समेत समावेश हुने गरी तोकिएको समय भित्र भाडा बुझाउनु पर्नेछ । भाडा बुझाउन नसकेमा संझौता रद्ध गरी धरौटी जफत गरिने छ । साथै सो स्थानबाट सञ्चालकले चल–अचल सामान निकाल्न नपाउने गरी भएको क्षतीको क्षतीपूर्ति सञ्चालकबाट असुल उपर गरिने सम्झौताको २२ औं बुँदामा भनिएको छ । सम्झौताको २३ औं बुँदामा प्रचलित कानून बमोजिम नेपाल सरकारलाई बुझाउनु पर्ने सम्पुर्ण कर (सेवा शुल्क, मूल्य अभिबृद्धि कर, तथा आयकर सञ्चालक स्वयंले बेहोर्नुपर्ने उल्लेख छ ।
    मन्त्री प्रेम आलेले माधव नेपाल निकट नेकपा एसका नेता भएका लक्ष्मण लम्साल सहितको उक्त होटलको भाडा मिनाहाको प्रकृया शुरु गरेका हुन् । लम्साल समुहकै योजना अनुसार धर्मशालादेखि अन्य क्षेत्रसमेत हडपने योजना मन्त्री आलेले बनाउनु भएको मन्त्रालयका अधिकारीले बताएका छन । अरुलाई नैतिकताको प्रश्न उठाउँदै जिल्लाका विभिन्न कार्यक्रममा कुर्लने नेता लम्साल ८७ लाखको भाडा काण्ड पछि मौन देखिएका छन् । पैसा तिर्ने भन्दा पनि नतिर्ने योजनामा रहेका लम्साल जिल्लाका सबै प्रदेश सांसदहरु मन्त्री हुँदा पनि आफु मन्त्री बन्न नपाए पछि नेतृत्वसँग रुष्ट छन् ।