2026 August 23/ 02:56: 18pm

    बेथान्चोक, महाकांलस्थान/श्री कृष्ण गोपाल माध्यमिक विद्यालय, बेथान्चोक गाउँपालिका वडा नम्वर ३ महांकाल स्थानमा बुधबार एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति स्वरुप एक÷एक थान स्विटर उपलब्ध गराईएको छ । विद्यालयमा २ सय २६ जना विद्यार्थी अध्ययनरत छन् ।
    स्व.मनहरी,गायत्री एवं सोमकुमारी तिमल्सिना स्मृती अक्षयकोष तथा स्व.कृष्णप्रसाद तिमल्सिनाको स्मृतिमा परिवारका सदस्यहरुले छात्रबृत्ति विद्यालयमा उपलब्ध गराएका हुन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बोधनाथ तिमल्सिना, पूर्व अध्यक्षहरु गणेशप्रसाद तिमल्सिना, बेदप्रसाद तिमल्सिना, पूर्व प्रधानाध्यापकहरु सिताराम तिमल्सिना, चन्द्रप्रसाद तिमल्सिना र प्रधानाध्यापक ओमप्रसाद तिमल्सिनालाई गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले छात्रबृत्ति स्वरुप उपलब्ध गराईएका स्विटरहरु हस्तान्तरण गर्नु भएको थियो ।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ, देवहरी स्मृति प्रतिष्ठानका तर्फबाट रामहरी तिमल्सिना लगायतले छात्रबृत्तिका सम्वन्धमा धारणा राख्नु भएको थियो । अक्षयकोषका अध्यक्ष मेघनाथ तिमल्सिना, आजिवन सदस्य हरिकृष्ण तिमल्सिनाले अक्षयकोष र त्यसका उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो । यसअघि कोषमा १ लाख ५१ हजार रुपैयाँ जम्मा गरिएको थियो । जम्मा गरिएको ब्याजबाट उक्त छात्रबृत्ति उपलब्ध गराईएको हो ।
    २०६६ बैशाखबाट शुरु भएको अक्षयकोषमा शुरुमा १० हजार रुपैयाँ जम्मा भएको थियो । सोहि कोष बृद्धि गर्दै १ लाख ५१ हजार पुगेको हो । हरेक वर्ष अक्षयकोषको तर्फबाट छात्रबृत्ति वितरण हुँदै  आएको छ । कोभिड १९ महामारीका कारण रोकिएको छात्रबृत्ति कार्यक्रम दुई वर्ष पछि वितरण गरिएको हो । अक्षयकोषका लागि परिवारका सदस्य हरिप्रसाद (मिठाराम) तिमल्सिनाले साविकको कोषमा १ लाख ५१ हजारमा ५४ हजार थप गरी २ लाख ५ हजार पु¥याउनु भएको थियो । उक्त कोषबाट प्राप्त ब्याजको रकमबाट सोहि विद्यालयको शिशु कक्षा देखि १० सम्म अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई नगद छात्रबृत्ति उपलब्ध गराउने घोषणा गरिएको थियो ।