बल्थली, पनौती/पनौती नगरपालिका वडा नम्वर ११ ख्याकु स्थित सिर्जना फर्निचर र शिवाक्षी राईस मिलमा विद्युत्त सर्ट भई अचानक लागेको आगलागीका कारण सोहि फर्निचर तथा राईसमिल सँगै रहेको रुद्र थापाको पक्कि ढलान घर समेत अगालागीका कारण जलेर पूर्ण रुपमा क्षति पुगेको छ ।
पक्कि घरमा आगलागी हुँदा घर भित्र रहेका सबै लत्ताकपडा, भाँडाकुँडाका सातै नगद ५ लाख जलेको बतााईएको छ । किराना पसल तथा आईसक्रिमका संरचना, दुध तताउने फ्रिज, सुन ५ तोला जलेर नष्ट हुँदा रुद्र थापाको परिवार संकटमा परेको छ । २०७८ पौष १३ गते भएको उक्त आगलागी पछि स्थानीय सरकार वडा तथा नगरपालिका, रेडक्रस र जिल्ला प्रशासन कार्यालयबाट सहयोग उपलब्ध भएको भए पनि आवश्यक सहयोग जु्टन सकेको छैन । आगलागीमा साढे तीन तल्ले पक्कि घर, आईसक्रिम मेशिन, दुध तताउने मेशिन, फ्रिज २ वटा, नौनी तयारी २ सय केजी, २० बोरा दुध, आईसक्रिम केमिकल, तयारी आईसक्रिम, किराना पसल, नगद ५ लाख, डेरी, सुन ५ तोल्ला, धान, चामल, मकै, पलङ्ग, कम्प्युटर, ल्यावटप, टिभी, सोफा, अफिस फर्निचर लगायतका सामाग्री जलेको प्रहरीले बताएको छ ।
स्थानीयहरुले उक्त घरमा लागेको आगलागीले धेरै क्षति पुगेकाले सहयोगका लागि अपिल गरेका छन् ।









