2026 August 22/ 04:27: 04pm

    बनेपा/काभ्रे बनेपा निवासी रामचन्द्र प्रजापतिका जेष्ठ सुपुत्र राकेशचन्द्र प्रजापतिले नेपालमै निर्माण गरिएको स्याटेलाईट सानो स्याट–१ आज बिहिबार प्रक्षेपण गर्नु हुने भएको छ ।    
    स्पेस एक्सको फाल्कोन–९ रकेट मार्फत आज अमेरीकाको केप क्यानिर्भल फ्लोरिडा स्पेस सेन्टरबाट नेपाली समय अनुसार राती ९ बजेर १० मिनेटमा प्रक्षेपण हुन लागेको हो । सानो स्याट–१ भक्तपुरको ओरियन स्पेसले निर्माण गरेको २५० ग्राम तौल भएको उक्त स्याटेलाईट ५ सेन्टिमिटर घनाकारको रहेको छ । खल्तीमा पनि अट्न सक्ने उक्त स्याटेलाईटलाई पकेट क्युब स्याट पनि भनिने ओरियन स्पेसका प्रमुख राकेशचन्द्र प्रजापतिले बताउनु भयो । आज राती प्रक्षेपण भए पछि सोहि दिन उक्त स्याटेलाईटलाई पृथ्वीको कक्षमा छाडिने प्रजापतिले वताउनु भयो । पृथ्वीभन्दा ५ किलोमिटर उचाईमा यसलाई ट्रान्सपोर्टर–३ यानभित्रको फोजा पोडमार्फत अन्तरिक्षमा छाडिने छ । 
    अन्तरिक्षमा हुदाँ या फ्च्छे स्याटेलाईटले ७ किलोमिटर प्रतिसेकेन्ड गतिमा पृथ्वीलाई हरेक ९० मिनेटमा एक फन्को लगाउने निमार्णकर्ताहरुले बताएका छन् । स्विट्जरल्यान्डमा रहेका ओरियन स्पेसका सञ्चालक प्रजापतिले स्याटेलाईटसगै स्पेस स्क्सले लगेका अन्य स साना स्याटेलाईट पनि छाडिने बताउनु भयो । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रभन्दा माथिको उचाईबाट यो स्याटेलाईट छाडिने छ । प्रजापतिका अनुसार यसले मुख्य गरी २ वटा काम गर्ने छ । पहिलो पृथ्वीको कक्षमा हुन गामा रेडिएसनका मात्रा नाप्ने र दोस्रो सर्ट म्यासेज रिले गर्ने छ । फुच्छे स्याटेलाईटको ग्राउण्ड स्टेसन भक्तपुरको सुर्यविनायकमा रहको छ । ओरियन स्पेसले काठमाडौ विश्वविद्यालयमा ग्राउण्ड स्टेसनको निमार्ण गर्ने तयारी गरको प्रजापतिले बताउनु भयो । यो स्याटेलाईटलाई नाष्टको ग्राउण्ड स्टेसनबाट पनि मोनिटरिङ गर्न सकिने छ । 
    स्याटेलाईटको इन्जिनियरिङ मोडुयल नेपालमै तयार भएपछि परिक्षणका लागी स्पेन पठाईएको थियो । स्पेनमा उक्त मोडुयलले अन्तरिक्षमा काम गर्छ कि गर्दैन भनेर कृत्रिम अन्तरिक्ष वातावरणमा परिक्षण गरिएको प्रजापतिले जानकारी दिनु भयो । यो फुच्छे स्याटेलाईटलाई अन्तरिक्ष सम्म पु¥याउनका लागी आरियन स्पेसको करिब ४० लाख रुपैया खर्च र ५ वर्ष समय लागेको प्रजापतिले बताउनु भयो । अन्तरिक्षमा छाड्नका लागी फोसालाई २५ हजार युरो  तिरिएको उहाँले बताउनु भयो । कम्पनिले स्याटलाईट प्रक्षेपण गर्न अघिल्लो वर्ष चन्दा संकलन गरिएको थियोे भने त्यस बाट ६ हजार ८ सय ४१ स्वीस फ्रयांंक संकलन भएको थियो । नेपालको अन्तरिक्ष शिक्षालाई प्रमोसन गर्न आफुले यो काम गरेको प्रजापतिले बताउनु भयो । प्रजापति स्विट्जरल्याण्डको पहिलो स्याटेलाईट मिसनमा सहभागी बैज्ञानिक हुन् । लाखौं खर्च गरेर फुच्छे स्याटेलाईट उडाँउदा कुनै फाईदा नभए पनि कम्पनीमा कार्यरत ईन्जिनियरहरुले विभिन्न तालिम तथा भ्रमणमा जाने अबसर पाएको उहाँले बताउनु भयो ।