धुलिखेल/धुलिखेल मेयर कप फुटबलको उपाधी पाँचखाल स्पोर्टस् एकेडेमीले जितेको छ । शुक्रवार भएको फाइनल खेलमा काभ्रे बोर्डर युथ क्लबलाई २–० ले हराउदै पाचखालले उपाधी जितेको हो ।
धुलिखेल स्थित आकाश भैरब क्लवको आयोजनामा मंसिर २६ गते देखि शुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका १९ टिम सहभागिता रहेको कार्यक्रम संयोजक जयोज नरसिं श्रेष्ठले जानकारी दिनुभयो । क्लवले २०७४ सालदेखि मेयर कप प्रतियोगिता गर्दै आएको छ । विजेता टिम पा“चखालका लागि २५ मिनेटमा उर्गेन शेर्पाले पहिलो र युवराज ढकालले पहिलो हाफको अतिरिक्त १ मिनेटमा गोल गरेका थिए । उर्गेन नै म्यान अफ द म्याच घोषित भए । विभागीय नेपाल आर्मीको ‘बी’ टिमलाई हराएर पा“चखाल र काठमाडौं विश्वविद्यालयको टिमलाई सेमिफाइनलमा हराएर काभ्रे बोर्डर फाईनल प्रवेश गरेका थिए । विजयी टिमले नगद २ लाख र उपविजेताले १ लाख सहित ट्रफी र मेडल पाएका थिए । धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले विजेतालाई पुरस्कार प्रदान गर्नुभयो । पा“चखाल स्पोर्टस् एकेडेमीका अनिल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । पा“चखालकै अनिल खड्का उत्कृष्ट मिडफिल्ड, चन्दन दास सर्वाधिक गोलकर्ता, विष्णु केसी उत्कृष्ट गोलरक्षक र काभ्रे बोर्डरका सतिस सुवाल उत्कृष्ट डिफेन्स घोषित भए ।
धुलिखेल नगरपालिकाको सहकार्यमा आयोजना भएको प्रतियोगिताको मुख्य प्रायोजक सिजि ब्रुअरी प्रा.लि. नेपाल रहेको थियो भने टाईटल प्रायोजक योङ्ग ट्यालेन्ट टिम रहेको थियो । सह–प्रायोजक म्याक्स टाईगर इनर्जी ड्रिंक, काभ्रे जिल्ला निर्माण ब्यवसायी संघ, क्षेत्रिय होटल एशोसिएसन, मनविनायक साकोस काठमाडौ, अर्थभूमी साकोस काठमाडौ, लेखापढी ब्यवसायी संघ काभ्रे रहेका थिए । काभ्रे जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने उक्त प्रतियोगितामा विभिन्न संघ संस्थाहरुको सहयोग रहेको थियो । धुलिखेलका १२ वटै वडाले विद्यागत पुरस्कार सौजन्य रहेको थियो । फुटबल खेलको विकास, ब्यवसायीक खेलाडीको उत्पादन र काभ्रे जिल्लाको खेलकूद गतिविधिलाई गतिशिल बनाउन प्रतियोगिता हरेक वर्ष आयोजना गरिएको अध्यक्ष सुबल चोच्छेले बताउनु भयो । क्लबले यसअघि फुटबल र रग्बी प्रतियोगितामा राष्ट्रिय स्तरसम्ममा सहभागिता जनाएको छ ।









