बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाले स्थापनाको २९ औ स्थापना दिवस मनाएको छ । महासंघले पूर्व अध्यक्षहरुको सम्मान, फोटो पत्रकारिता तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण, सहयोगीहरुलाई प्रशंसा पत्र वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । अध्यक्ष बद्रिराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
२०७४ साल देखि महासंघले स्थापना दिवस मनाउन थालेको हो । २५ औ वर्ष प्रवेशको अवसरमा रजत महोत्सव मनाउँदै महासंघले पिन सार्वजनिक गरेको थियो भने इतिहास समेटिएको स्मारिका सोहि समयमा प्रकाशन भएको थियो । पत्रकार महासंघमा रहेको कल्याण कोषलाई बृद्धि गर्ने गरी कार्यविधि समेत तयार गरी संस्थागत विकास शुरु गरेको महासंघले भवपन निर्माण, सदस्यता शुद्धिकरण लगायतका कार्यहरु गरेको थियो । त्यहि कामलाई निरन्तरता दिन महासंघले स्थापना दिवस मनाएको हो । अहिले महासंघले कोभिड कोषको स्थापना गरेको अध्यक्ष तिमल्सिनाले बताउनु भयो ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना, महासंघका पूर्व अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, प्रेस काउन्सिल सदस्य ठाकुर बेलबासे, पार्टी प्रतिनिधिहरु, पत्रकार सघं संगठनहरुहरुका प्रतिनिधिहरुले महासंघले नियमित रुपमा स्थापना दिवस मनाउँदै पत्रकारिता क्षेत्रको विकास र समृद्धिका लागि शुद्धिकरण आवश्यक रहेको बताएका थिए ।









